Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् महिनाको एक लाख तलब पाउने सात ‘छोटे राष्ट्रपति’हरु

Posted on January 18, 2018 by Salokya

सरकारले सातै वटा प्रदेशका लागि सात जना प्रदेश प्रमुखको सिफारिश गरेको छ। नियुक्ति भने राष्ट्रपतिले गर्ने प्रावधान छ। प्रदेश प्रमुखको काम के हो त? काम खासै केही हुन्न हेर्नुस्। केन्द्रमा राष्ट्रपतिको जस्तो काम हो, त्यस्तै हो प्रदेश प्रमुखको काम। सेरेमोनियल हेड। प्रदेशमा केन्द्रको प्रतिनिधि हुने। प्रदेश सभामा बहुमत भएकोलाई मुख्यमन्त्री बनाउने, प्रदेश सभा विघटन गर्ने, निर्वाचन मिति तोक्ने, मुख्य मन्त्री र प्रदेश मन्त्रीहरुलाई शपथ खुवाउने, प्रदेशको संसदमा सम्बोधन गर्ने, प्रदेशको मन्त्रिपरिषद् नहुँदा कार्यकारिणी अधिकार प्रयोग गर्ने आदि इत्यादी।

को को बन्ने भए त छोटे राष्ट्रपति?

प्रदेश नम्बर १ डा. गोविन्द सुब्बा
धनकुटा स्थायी घर। पाटन क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक। पहिले अखिलको राजनीति गरेका पछि कांग्रेसका।

प्रदेश नम्बर २ रत्नेश्वरलाल कायस्थ
पूर्व सचिव, योजनाका आयोगका पूर्व सदस्य।

प्रदेश नम्बर ३ अनुराधा कोइराला
माइती नेपालकी संस्थापक अध्यक्ष, सिएनएन हिरो, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायक मन्त्री।

प्रदेश नम्बर ४ बाबुराम कुँवर
पूर्व महान्यायाधीवक्ता हुन्। सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता। घर अर्घाखाँची।

प्रदेश नम्बर ५ उमाकान्त झा
पूर्व सचिव। खिलराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री। महन्थ ठाकुरका सम्धी।

प्रदेश नम्बर ६ दुर्गाकेशर खनाल
सुर्खेत कांग्रेसका संस्थापक नेता। जनपब्लिक हाइस्कुलका पूर्व शिक्षक। ०४८ सालमा कांग्रेसबाट राष्ट्रियसभा सदस्य।

प्रदेश नम्बर ७ मोहनराज मल्ल
पूर्व राष्ट्रिय पञ्चायत सदस्य र परराष्ट्र सहायक मन्त्री। घर कैलाली

के छन् सुविधा?

ऐनमा गरिएको व्यवस्था अनुसार प्रदेश प्रमुखले महिनामा रु एक लाख ४ हजार रुपैयाँ पाउनेछ। यति धेरै तलब भनेर आलोचना हुन्छ भनेर होला पारिश्रमिकका रुपमा ६४ हजार रुपैयाँमात्र छुट्याइएको छ। बाँकी ४० हजार चाहिँ अतिथि सत्कार र भैपरी खर्च भनेर दिइनेछ। यसको बिल पेश गरिरहनु नपर्ने भएकोले र मासिक आउने भएकोले यसलाई पनि पारिश्रमिक मै जोडे फरक पर्दैन। अरु पनि छन् सुविधा, सुन्ने हो?

  • वर्षमा १८ हजार रुपैयाँ पोशाक सुविधा
  • स्वदेशमा घुमे प्रति दिन ३ हजार रुपैयाँ भत्ता
  • विदेशमा घुमे प्रति दिन २५० अमेरिकी डलर भत्ता
  • युरोपियन मुलुकहरु, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, युएई, सिंगापुर, लेबनान, बहराइनको भ्रमण गर्दा ३३ प्रतिशत थप रकम
  • स्वदेशमा उपचार गराउँदा वा मेडिकल बोर्डको सिफारिशमा विदेशमा उपचार गराउँदा उपचार खर्च नेपाल सरकारले व्यहोर्ने
  • त्यतिमात्र हैन कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च वापत् एकजनाको मनासिब खर्च पनि नेपाल सरकारले उपलब्ध गराउने
  • प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा नचलाउने
  • प्रदेशको राजधानीमा सरकारी घर आवासको रुपमा सुविधा
  • आवासको सुविधा नभएसम्म घरभाडावापतको रकम
  • सरकारी आवासको मर्मत तथा सम्भार खर्च
  • घरको लागि उपयुक्त फर्निचरको व्यवस्था
  • सवारी साधनको व्यवस्था
  • गाडीको लागि इन्धन, मोबिल र मर्मत सम्भारको व्षवस्था
  • टेलिफोन, कम्प्युटर, इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा
  • एक जना निजी चिकित्सकको व्यवस्था
  • चाडपर्व खर्चको रुपमा प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको रकम।
  • १२ जना कर्मचारी रहेको निजी सचिवालय

सुविधाहरु देखेर तपाईँलाई लोभ लाग्यो होला। प्रदेश प्रमुखको काम चाहिँ के हुन्छ त?

के योग्यता हुनुपर्दो रहेछ त प्रदेश प्रमुख अर्थात् प्रदेशको छोटे राष्ट्रपति हुन?

-संघीय संसदको सदस्य हुन योग्य भएको,
-३५ वर्ष उमेर पूरा भएको र
-कुनै कानुनले अयोग्य नभएको






14 thoughts on “यी हुन् महिनाको एक लाख तलब पाउने सात ‘छोटे राष्ट्रपति’हरु”

  1. madan bajracharya says:
    January 20, 2018 at 1:50 am

    मनिसज्यु
    अंगिकृत नागरिकता लिने ले लिय तर के उनीहरुले आफ्नो पहिलाको देसको नागरिकता त्यागेको प्रमाण कुनै पेस गरेको छ? छैन भने यस्तो को अंगिकृत नागरिकता खोस्नु पर्छ/ फेरी जसरि भयपनी नेपाल पसे बसे जत्तिको बिहारिहरुलाई नेपालको नागरिकता तक्राउन राजा बीरेन्द्र कहा झुठो विधेक समेत पेस गर्नेले दिल्ली सम्झौता पछि तराईमा कसैले हो त्यो नेपाली नागरिक हो मात्रै भनेको आधारमा ४२ लाखलाई नेपालको नागरिकता दिंदा २५ लाख भन्दा बढी भारतीयले नेपालको नागरिका पायको कुरा बारम्बार नेताहरुले नै भन्दै आयकोछ/

    अबसरको लागि मात्रै नेपालको नागरिकता लिने तर नेपाल र नेपालीलाई कहिले पनि आफ्नो नभन्नेलाई जथाभावी नेपालको नागरिकता दिंदै गय यक दिन उनीहरुको बहुमत पुग्छ र तेतिबेला उनीहरुको बहुमत भयको प्रदेश “अर्को सिक्किम” बन्न सक्छ/ तर यस्तो हुन् सक्ने भयता पनि सत्तामा पुगेको कुनै पनि दलले वास्ता समेत गरेको देखिंदैन/

    भारतीय भयर पनि झुक्यायर नेपालको नागरिकता लिनेको हिरो बनेर अहिले प्रदेश नम्बर २को मुख्य मन्त्रि बन्न तम्सेको महतो सिट भयको नेपालको जन्मसिद्ध नागरिकता बिबादास्पस्त छ/ उसले नेपालको नागरिकता लिंदा उसको बाउ त् भारतीय नागरिकता बोकेकै व्यक्ति थियो र तेस्ले आफ्नो छोराले नेपालको जन्मसिद्ध नागरिकता लिय पछि मात्रै नेपालको अंगिकृत नागरिकता लियको थियो/ त् यो कसरि मिल्छ?

    नेपालमा छुट्टै रास्ट्रिय सुरछ्या कानुन बनायर झुठो नागरिकता लिनेलाई सैनिक अदालतमा मुद्दा चलाईनु पर्छ/ तव तराई पसे बसे जत्तिको सबै बिहारी चाहि मधेसी हुने तर तराईमै पुर्खौ देखि बसेका अनन्य नेपालि चाहि पहाडी हुने मधेसी नहुने भन्दै बिहारीलाई तराईमा स्वागत नेपालीलाई तराई बात भगाउन खोज्नेहरु सबै तह लाग्छ/

    Reply
  2. मुकेश यादव says:
    January 19, 2018 at 10:06 pm

    दस गोटा इस्टाफ को तलब / फोटू खिच्ने समेत इस्टाफ
    जनता चाही खैराती अस्पताल जाने इनिहरु विदेश गएर अल्काई र रुघा खोकी को उपचार करने
    खसी काटने समेत खर्च
    असत्ति हरु

    Reply
  3. यलम्बर हांग says:
    January 19, 2018 at 9:56 pm

    डा. गोविन्द बहादुर तुम्बाहाङ – ताङ्खुवा-बन्चरे -“डिस्क्रिप्टिव स्टडी अफ छत्थरे लिम्बु” शीर्षकमा त्रिविबाट भाषाविज्ञानमा पिएचडि“डिस्क्रिप्टिव स्टडी अफ छत्थरे लिम्बु” शीर्षकमा त्रिविबाट भाषाविज्ञानमा पिएचडि ——ओहोतेसो भए त लाख ले पुग्दैन है एसो चार पाँच लाख गर्नु

    Reply
  4. simit gauchan says:
    January 19, 2018 at 11:57 am

    अझ दुइ चार पद थपे हुन्छ , चोरहरुलाई उभो लाउन परेन ,
    तराइमा जाडोले र पहाडमा रोग उत्पत्ति भएर जनता मरेका मरे छन् यिनीहरुलाई कुर्ची पद मोज भोज र शोक सयलमा मस्त !
    माखाको टाउको जत्रो देशमा यत्रो प्रदेश अनि साम्सद मन्त्रि यो सब राज्य कोषको दोहन बाहेक केहि होइन !

    Reply
  5. madan bajracharya says:
    January 19, 2018 at 10:44 am

    दिल्लीमा आफुले माग्दै नमागेको संघियता अपनाउने सम्झौता गरेर दिल्लीको अघोसित माग पुरा गराउने ठुलै नेताले नेपालमा संघीय ब्यबस्था अनुसार प्रदेशहरुको ब्यबस्थापन गर्न बिदेश सिट अनुदान माग्नु पर्ने भनेको थियो/ त्यो नेताले पटक पटक नेपालमा संघियता अपनाउने माग उसको भयको पनि भन्दै आयको छ/ त् उ माथि अब यौटा प्रशं तेर्सिन्छ आफ्नै श्रोतले चलाउन नसकिने संघियत् उसले किन नेपाल लादे?

    शासन ब्यबस्था चलाउने प्रक्रिया महँगो भय राज्यले बिकाश र निर्माणमा खर्चको ब्यबस्था गर्न सक्दैन र राज्यको शासन ब्यबस्था चलाउने राज्यकै नागरिक ब्यापारी र उद्योगीहरु माथि बढी से बढी कर लाद्नु पर्ने हुन्छ/ यतिले पनि नपुगे “उसले” भने जस्तै राज्य चलाउन पनि बिदेशीको दान अनुदान चलाउनु पर्ने हुन्छ/ यस्तो कुराले नेपाल झन् झनै अरु आश्रित मुलुक बनिने र आफ्नो देसमा उपलब्ध श्रोतहरु आफैले उपयोग गर्न नसक्ने भयर बाकि बचेको देसको श्रोत र भूमिलाई पनि अर्को कोशी गण्डकी महाकाली र कालापानी बनाउनु पर्ने हुन्छ/

    के यस्तै गर्न उनीहरुले यस्तो नेपालीको आर्थिक सामाजिक अबस्थाले धान्न नसकिने ब्यबस्था लादेको हो?

    Reply
  6. मुकेश यादव says:
    January 19, 2018 at 8:11 am

    थ्यांक यु हजुर / उहाँको बेलिबिस्तार लगाई हलनु भयो अब लाख खाएको के विरोध करने होइन त् ?

    Reply
  7. मुकेश यादव says:
    January 19, 2018 at 1:24 am

    पहिला धमिजा काण्ड र लौण्डा कांड करेर डुबाए। कहिले कारपेट कांड करे। के भन्छन नी कस लाई के को धंधा घर जमाई को खाने धन्दा ।

    Reply
  8. Bel B. Chand says:
    January 18, 2018 at 8:00 am

    Sabi melee Desh lutnee bhyaaa sathi haru lai @ Badhai cha hami Napali lai

    Reply
  9. Sharmila Pandey says:
    January 18, 2018 at 7:41 am

    sadbuddi kahile aaune hola!!!!!!!!!!!!!!!!!!!!!!!!….

    Reply
  10. Nirajan Rai says:
    January 18, 2018 at 11:54 am

    डा. गोविन्द सुब्बाको खास नाम डा. गोविन्द बहादुर तुम्बाहाङ हो । उहाँ पाटन क्याम्पसको प्राध्यापक नभई त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)का प्राध्यापक हुनुहुन्छ । उहाँको पुर्ख्यौली घर धनकुटाको ताङ्खुवा-बन्चरे हो । उहाँले “डिस्क्रिप्टिव स्टडी अफ छत्थरे लिम्बु” शीर्षकमा त्रिविबाट भाषाविज्ञानमा पिएचडि गर्नुभएको छ । सच्याउनुहोला ।

    Reply
  11. Adhikari Aryan says:
    January 18, 2018 at 5:28 am

    Ghumne pani vatta pani?
    Lut lut desh laai nango bana
    Ani nidayera bas neta ra tinka
    Jhole haru
    Yekdin sabai nillidincha bharat le
    Aaja ta jamma 50 bigha matra nileko cha

    Reply
  12. Hem says:
    January 18, 2018 at 9:56 am

    लुटम लुटम जतिसक्दो लुटम
    देशको दोहन गरे स्वर्गको
    बाटो खुल्छ

    Reply
  13. Manish says:
    January 18, 2018 at 2:38 am

    अंगिकृत नागरिकता भएको व्यक्ति प्रदेश प्रमुख हुन कसरि पाउनु भयो? यो संविधान बिरुद्ध छ!

    Reply
    1. प्रेम नेपाल says:
      January 18, 2018 at 10:13 pm

      को परेछ हामी लाई पनि था होस न हौ

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme