Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिजो मनाङे, आज सिलवाल : भूपू डिआइजी ‘फरार’, पक्रन देशभर सर्कुलर

Posted on January 18, 2018 by Salokya


हिजो भूपु डन दीपक मनाङे समाचारमा थिए, आज भने भूपू डिआइजी नवराज सिलवाल। दुवै सांसद निर्वाचित भइसकेका तर शपथ बाँकीवाला। मनाङे प्रदेश सभाका सिलवाल प्रतिनिधि सभाका। हिजो मनाङेलाई १० वर्षअघि नै पाँच वर्ष जेल सजाय भएको र त्यो सदर भएको खबर आएको थियो। आज भने नवराज सिलवाल फरार रहेकोले पक्रन देशभरका सातै वटा प्रदेशका प्रहरी कार्यालयमा भएको सर्कुलर सार्वजनिक भएको छ।


मुद्दा उही हो कीर्ते काण्डको। आफूलाई आइजी बनाई पाउँ भन्दै उनले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा उनले आफ्नो कार्य सम्पादन मूल्याङ्कनको प्रतिलिपि पनि पेश गरेका थिए, जुन उनको हातमा कानुनी रुपमा पर्नै नसक्ने कुरा हो। किनकि यो गोप्य हुन्छ। अझ उनले पेश गरेको कासमू कीर्ते भएको त्यसमा प्रयोग भएका दुई फरक फन्टका कारण नाङ्गै आँखाले समेत देखिन्छ।

सर्वोच्च अदालतले पनि उनैले गैरकानुनी हिसाबले यो फाइल प्राप्त गरी तोडमरोड गरी इजलासलाई भ्रममा पारेको भन्दै आफ्नो फैसलामा लेखिसकेको छ र यस विषयमा छानबिन गर्न आदेश दिएको छ।

छानबिनमा सहयोग गर्नुपर्ने भूपू डिआइजी सिलवाल उल्टै भागी हिँडिरहेका छन्। विदेशमा छु भने पनि उनी नेपालमै रहेको प्रहरीले सुइँको पाइसकेको छ त्यसैले सर्कुलर जारी भएको छ देशभरका प्रहरी कार्यालयमा जहाँ भेटिए पनि पक्रेर काठमाडौँ पठाउन।

के गर्नु, अहिले त सर्वोच्च अदालतमा सुशीला कार्की पनि छैनन् उनी पक्राउ परे बन्दी प्रत्यक्षीकरणको रिट भन्दै मुक्त गर्न आदेश दिन। सांसद निर्वाचित भइसके तर एमाले पनि केही बोल्दैन। बिचरा भूपू डिआइजीको कहाँ कुन ग्रह खराब भएको हो!

7 thoughts on “हिजो मनाङे, आज सिलवाल : भूपू डिआइजी ‘फरार’, पक्रन देशभर सर्कुलर”

  1. simit gauchan says:
    January 19, 2018 at 12:02 pm

    यो सब शेर बहादुरको चाल हो , हिजो आइ जी बन्न न दिएको र अब संसद जिते पछि मन्त्रि भयो भने सब खत्तम पार्छ भनेर ,,, पहिले नै काम फत्ते गर्न खोजेको कोहि बाट लुकेको छैन !

    Reply
  2. टंक प्रसाद बसेल says:
    January 18, 2018 at 9:18 pm

    सुन्य दशमलव चार चार हुनुपर्ने; चौवालिस भएछ!

    Reply
  3. Kebie Ghotane says:
    January 18, 2018 at 3:12 am

    नेपाली कांग्रेस ले खुवै मौका छोप्दै छ, अब धेरै दिन नहोला,फेरि वामपन्थी सरकारले बदला लिदा दंग परनेछ । विनाशेकाले विपरीत बुद्धी ।

    Reply
  4. Prbhkr Bhndri says:
    January 18, 2018 at 1:52 am

    पाप धुरीबाट कराएको हो….

    Reply
  5. Raju Basnet says:
    January 17, 2018 at 10:47 pm

    कसैको कुभलै गर्छु भ्नेर एक जना मात्र पछि लाग्यो भने जिन्दगी तबा हुन्छ । तर एहात एक जना ब्याक्तिको लागि सिङ्गो सरकार लागेको छ भने जतिसुकै निस्टावान भएपनि अपराधी नै बनाउन सकिन्छ

    Reply
  6. Shree Dukhalu says:
    January 17, 2018 at 8:47 pm

    खै के हो कुरो बुझ्नै गारो भो सच्चा देसभक्त पुलिस थिए भने किन गुन्डा शैली मा भागेर लुकिराछन ??

    Reply
    1. Raju Pradhan says:
      January 17, 2018 at 9:04 pm

      Yo desko name nepal ho sachcha ra imandaar lukne des ho yo,,kinaki bro kehi ramro garxu bhannelai bachne adhikaar xaina yaha,,

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme