Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मकालु गाउँपालिकाका अध्यक्षको निधन, अब के हुन्छ? संविधान बनाउँदा भएको गल्तीले अन्यौल

Posted on January 15, 2018 by Salokya

आइतबार संखुवासभाको मकालु गाउँपालिका-३, सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको मृत्यु भयो। खाँदबारीबाट पुननिर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जिप मकालुमा दुर्घटनामा भएको थियो। स्थानीय तह निर्वाचनमा कटवाल नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने गर्छन्। त्यसबाहेक गाउँपालिकाको काम पनि हुन्छ नै। अब उनको मृत्यु भएपछि हुन्छ के त? सामान्य हिसाबले सोच्ने हो भने उपनिर्वाचन हुन्छ र नयाँ अध्यक्ष चुनिन्छन्। तर विश्वकै उत्कृष्ट संविधान भन्नेहरुले बनाएको संविधानमा भएको सिल्ली मिस्टेकले त्यसमा प्राविधिक समस्या छ।

नेपालको संविधानको धारा २१५ को उपधारा ९ मा अध्यक्ष र उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त भएमा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदको पूर्ति हुने उल्लेख छ। यतिसम्म भए त ठीकै थियो। तर संविधान बनाउनेहरुले ध्यान नदिँदा भएको गल्ती कारण यसमा कठिनाई निस्कियो।

उपधारा ९ मा उपधारा ७ बमोजिम पद रिक्त हुन गएमा भनिएको छ। उपधारा ७ मा भने अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन नपाउने उल्लेख छ।

खासमा यो उपधारामा उपधारा ७ बमोजिम हैन कि उपधारा ८ बमोजिम लेखिनु पर्थ्यो। तर त्यत्रा विज्ञहरुसमेत बसेर बनाएको संविधानमा प्रुफ मिस्टेक भइदियो।

यो गल्ती सरकारले थाहा नपाएको हैन। अस्ति नै मधेसवादी दलहरुको माग अनुसार संविधान संशोधन गर्न विधेयक दर्ता गराउने बेलामा यसलाई पनि सच्याउने गरी संशोधन प्रस्ताव गरिएको थियो। तर संशोधन फेल भयो।

संविधान जस्तो कुरा, दुई तिहाई नभई सच्याउन पनि नमिल्ने। अब मकालु गाउँपालिकाका बासिन्दाले संविधान बनाउने ६०१ जनासँग, त्यसका नेतृत्वकर्ता सुवास नेम्वाङसँग सोध्नुपर्ने भएको छ- यस्तो सिल्ली मिस्टेक भएको संविधान बनायौ किन? यो गल्तीको जिम्मेवारी लिने कि नलिने?

2 thoughts on “मकालु गाउँपालिकाका अध्यक्षको निधन, अब के हुन्छ? संविधान बनाउँदा भएको गल्तीले अन्यौल”

  1. madan bajracharya says:
    January 16, 2018 at 7:50 am

    नेपालको यो संबिधानको बारेमा अन्यथा बोल्ने अधिकार आम नेपालीलाई छैन/ मात्र राजनैतिक दल र तिनका नेता र उनीहरुको बलिया पाखुरा भयका कार्यकर्ताले ले यो सम्बिधानको बारेमा जे पनि गर्न बोल्न सक्छन/

    नेपालमा दुई किसिमको सरकार र संबिधान बनेको छ/ यौटा नेपालमा नेपालमा नेपालमै जन्मे हुर्केकाले आफु खुसि दिल्लीलाई बाल पनि नटेरेर बनायको “तानाशाही सरकार र संबिधान र अर्को दिल्ली बात फर्केका र दिल्लीमा सम्झौता गर्नेले संख्या र मत देखाउन सके हिमाल पहाड तराईको नाम, सरकार र सिमाना बदल्न सक्ने जस्तो (भयङ्कर भनू कि महान भनू)अधिकार दिने अहिलेको महालोकतान्त्रिक सरकार र संबिधान/

    “संख्या र मतको ताकत” आफु सिट नभयकोले अहिले मत र संख्या देखायर जे पनि गर्न सक्ने तर आफ्नो प्रदेशको सरकार चलाउन र त्याहाको नेता पाल्न पनि विदेशको दान खोज्नु पर्ने प्रदेश बनाउन पाउने यो “………..” को बारेमा अरु केहि लेख्न सक्दिन/

    Reply
  2. डिबि थुलुङ says:
    January 15, 2018 at 11:24 am

    यो मानेमा भन्नू पर्दा पद कुनै कदङ्कदाचित रिक्त हुन गएको खण्डमा याहा उल्लेख गरिएको जस्तो (७) न बुधामा लेखिएको दुई कार्यकाल पूरा गरेको भन्ने उल्लेख जुन कुरा आफ्नै ठाँउमा सहि छ । कि त्यो भनेको अब रिक्त भएको अध्यक्ष को पदमा उपनिर्बचनमा जादा पुर्ब दुई कार्यकाल बिताइ सकेका ब्याक्तिले उम्मेद्बारी दिन नपाउने भनेर उल्लेख गरिएको भनेर जनाउछ । नयाँ र जल्दाबल्दा समय सान्दर्भिक ब्याक्तीले उनको लागि बाटो खुल्ला छ । जस्तो लाग्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme