Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बीबीसी साझा सवालमा संकट : नारायणपछि विद्याको विदाइ, कसले गर्ला अब कार्यक्रम सञ्चालन?

Posted on January 1, 2018 by Salokya

बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले नेपालको शान्ति प्रक्रिया सुरु हुँदादेखि नै सुरु गरेको साप्ताहिक बहस कार्यक्रम ‘साझा सवाल’मा यतिबेला संकट उत्पन्न भएको छ। उसै पनि फन्ड सकिन लागेर आज हो कि भोलिको स्थितिमा पुगिसकेको एकताकाको यो लोकप्रिय कार्यक्रम अब कसले सञ्चालन (होस्ट) गर्नेे भन्ने नै अन्यौलमा परेको छ।


नेपालमा चलाइरहेको कार्यक्रम ‘साझा सवाल’की सञ्चालिका विद्या चापागाइँले ‘काठमाडौँ काठमाडौँ’ गुगल ग्रुपमा केही दिनअघि एउटा विज्ञापन पोस्ट गरिन्- सानेपा धोबिघाट एरियामा ५/६ हजार भाडा पर्ने एउटा कोठा खोज्दैछु, सानो अफिस सेटअपका लागि।

के रहेछ भनेर चासो लागी सोधखोज गर्दा थाहा पाइयो, आफैले केही गर्ने सोचका साथ उनले साझा सवाल छाड्ने निर्णय गरिसकेकी रहिछिन्।

साझा सवालको लोकप्रियता नारायण श्रेष्ठले सञ्चालन गर्दा चुलिएको थियो। नम्र भएर कडा प्रश्न सोध्ने उनको शैलि निकै मन पराइएको थियो। सुधीर बस्नेतको अपार्टमेन्ट ठगीमा परी लाखौँ गुमाएपछि नारायण डिभी परेर अमेरिका भासिए। लोकप्रिय कार्यक्रम प्रस्तोताले छाडेपछि मिडिया एक्सनले त्यतिबेला विज्ञप्ति नै प्रकाशित गरी यसबारे जानकारी दिएको थियो।

नारायणको उत्तराधिकारी खोजीका लागि बीबीसी मिडिया एक्सनले खुला प्रतिस्पर्धा गराएको थियो। त्यसबाट छानिएकी थिइन् विद्या चापागाइँ। झण्डै चार वर्ष साझा सवाल चलाएर विद्याले डिसेम्बरको अन्त्यसँगै कार्यक्रमलाई सधैँका लागि बाइबाइ गरेकी छिन्।

उसो त मिडिया एक्सनमा कार्यरत सबैको कन्ट्र्याक्ट डिसेम्बरको अन्त्यमै सकिने र अर्को वर्षका लागि रिन्यु हुने हो। तर विद्या आफैले कन्ट्र्याक्ट थप्न चाहिनन्।

साझा सवालको संकट यतिमा सीमित छैन। विद्याभन्दा अगाडि लामो समयदेखि साझा सवालमा रहेर काम गरी पछिल्लो केही वर्षदेखि सम्पादक रहेका दीपक भट्टराईले पनि बीबीसीलाई बाईबाई गरेका थिए। भट्टराईको बहिर्गमनपछि अहिले किरण भण्डारी साझा सवालका सम्पादक छन्।

अब कसले गर्ला त कार्यक्रम सञ्चालन?
नारायण श्रेष्ठको विदाइ पछि खुला प्रतिस्पर्धा गरेर नयाँ सञ्चालकको खोजी गरिएको थियो। तर फन्ड सकिएर घिटिघिटी अवस्थामा पुगिसकेको भएर अहिले त्यस्तै शैलीमा नयाँ सञ्चालकको खोजी हुने छाँटकाँट छैन।

डिसेम्बरमा विद्यासँग रेकर्ड गरिएको कार्यक्रम प्रसारण हुन्जेल त समस्या भएन तर त्यसपछि कार्यक्रम सञ्चालन गर्न अब केही विकल्पको खोजी हुँदैछ। पहिलो विकल्प टिमभित्रैका कसैलाई सञ्चालनको जिम्मा दिने हो। त्यो नभए बीबीसी नेपाली सेवाका कसैले कार्यक्रम चलाउन सक्छन्।

बीबीसी नेपाल सेवाका कसैलाई एक दुई एपिसोड कार्यक्रम सञ्चालन गरिदिन प्रस्ताव मिडिया एक्सनले डिसेम्बरको अन्तिम साता अघि नै गरिसकेको थियो। तर त्यतिन्जेल फाइनल डिसिजन भइसकेको थिएन।

लास्टमा केही नभए हरेक हप्ता नयाँ गेस्ट प्रिजेन्टर राखेर कामचलाउ कार्यक्रम सञ्चालन पनि हुन सक्ने सम्भावना छ।

1 thought on “बीबीसी साझा सवालमा संकट : नारायणपछि विद्याको विदाइ, कसले गर्ला अब कार्यक्रम सञ्चालन?”

  1. Sabita pandey says:
    January 1, 2018 at 7:37 am

    Yeo programme mero best programme ho.kinake Janasarokar ko aawaz utha6.malai pane bolnea man par6.Yeo programme nirantar aaunu par6.yes programme lea sabailai sachet ra jagaruke banau6.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme