Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यस्तो मोमो जसको बारेमा शायद् तपाईँले कल्पनासमेत गर्नुभएको छैन होला

Posted on January 7, 2018December 31, 2017 by Salokya


मोमो र चाउमिन- नेपालीहरुको सबैभन्दा प्रिय खाजा। नेपालीहरुले रेस्टुरेन्टमा भएभरको मेनु हेर्छन् रे अनि लास्टमा अर्डर गर्नुपर्ने बेलामा चाहिँ मोमो र चाउमिनै गर्छन् भनेर जिस्क्याउने पनि गरिन्छ। मोमो भनेपछि नेपालीहरु हुरुक्कै हुन्छन् नि फेरि। मोमोका कति प्रकार तपाईँलाई थाहा छ? बफ मोमो सबैभन्दा प्रचलित भइहाल्यो, चिकेन पनि चलेकै छ। भेजिटेबल पनि अचेल धेरैले खान्छन्। यसबाहेक पोर्क, फिस मोमोसम्म तपाईँले सुन्नुभएकै होला। तर म तपाईँलाई त्यस्तो मोमोको बारेमा बताउन जाँदैछु जसको बारेमा तपाईँले शायद् कल्पनासमेत गर्नुभएको छैन होला। अनुमान लगाउनुस् त के हो पहिला, अनि अगाडि पढ्नुस्।


यो मोमो मैले यहाँ भेट्टाएको हुँ।

गएको दशैँको विदामा म लाङटाङ घुम्न पुगेको थिएँ। लाङटाङ पदयात्रा मार्गमा बास बस्ने एउटा ठाउँ छ जसको नाम लामा होटल हो। त्यहाँ बास बस्ने क्रममा रातिको खाना खानका लागि मेनु पल्टाउँदा मोमोमा देखेँ यस्तो-

देख्नुभयो मोमोका प्रकारमा एउटा अचम्मको मोमो- स्निकर मोमो। यस्तो मोमो त मैले अरु कुनै ठाउँमा देखेको थिइनँ। यो भनेको पिठोभित्र स्निकर चकलेट हालेर बनाउने मोमो रहेछ। शायद् स्निकर्स चकलेट बनाउने अमेरिकी कम्पनी मार्सलाई समेत थाहा छैन होला उसको चकलेटबाट यस्तो पनि परिकार बन्ने गरेको छ भनेर।

स्निकर मोमो चाख्न भने चाखिएन।

अर्को एउटा कुरा तपाईँले याद गर्नुभयो, मेनुमा मासु छैन। टुना र एगलाई छाड्ने हो भने सबै भेज परिकार मात्रै। किन?

यो हिमाली भेगमा मारकाट गर्न नहुने परम्परा रहेछ। त्यही भएर यता मासु नपाइने रहेछ। आफू त भेज, बालै भएन। ननभेजहरुलाई चाहिँ लाङटाङ ट्रेकिङमा हिँड्दा भेज हुनुपर्छ भन्ने थाहा नहुन सक्छ।

3 thoughts on “त्यस्तो मोमो जसको बारेमा शायद् तपाईँले कल्पनासमेत गर्नुभएको छैन होला”

  1. Tika Sigdel says:
    January 11, 2018 at 12:14 am

    कति महँगो हो ४०० , ५०० छ त हो , १००० नै राखे भै गो नि. हैट!!!!

    Reply
  2. Gorkhali says:
    January 9, 2018 at 4:14 am

    ३८० तिरेर आलु को मोमो चै अत्ति होल हो !! बरु समोसा भने भयो नि !!

    Reply
  3. sujan maharjan says:
    January 8, 2018 at 12:53 am

    आलु मोमो रे? आलु हालेपछि समोसा हुन्छ होइन र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme