२२ डिसेम्बरपछि एकै पटक एक हप्तापछि आज २९ डिसेम्बरमा ब्लग लेख्दैछु। माइसंसारको १२ वर्षको इतिहासमा एक हप्तासम्म कुनै पनि ब्लग अपडेट नभएको यही पहिलो पटक हुनुपर्छ। यसअघि लामो समय कतै जानुपर्दासमेत ड्राफ्ट ब्लग बनाएर अटो पब्लिस बनाएर जाने गर्थेँ। यस पटक अस्वस्थताले यति पिरोल्यो कि बिल्कुल चुप बसेँ। कति दिन त इन्टरनेट र मोबाइल सम्पर्कसमेत विच्छेद गरिबसेँ। केही दिन एकदमै कम इन्टरनेट सम्पर्कमा बसेँ। सोसल मिडियाबाट बिल्कुलै टाढा बसेँ। एक अक्षर केही लेखिनँ। एक हप्तापछि आएर सर्सर्ती नियाल्दा त देशमा केही भएकै रहेनछ। मानौँ समय ठप्प छ, रोकिएको छ।
– एकताको नारा दिएर चुनावमा झण्डै दुई तिहाई सिट जितेको एमाले र माओवादी केन्द्रबीचको एकताको कुरा केही अघि बढेको रहेनछ। दुई पार्टीको एकता संयोजन समितिको बैठकै बस्न सकेको रहेनछ। एकता हैन बरु दुई पार्टी ए, कता? हुन लागेको भान भएको रहेछ। बीबीसी नेपालीमा वामदेव गौतमले भनेकै थिए आलोपालो प्रम बन्ने सहमति भएको छ भनेर, यो हप्ता प्रचण्डले पनि भनिदिएछन्। यता केपी ओलीले बालकोटमा फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भेटेछन्। उता प्रचण्डले फोरमसित मिलेर एमालेले सरकार बनाउन खोजेको आरोप लगाएछन्। यादवले चाहिँ वाम गठबन्धनबीच अविश्वास बढेको, बार्गेनिङ भइरहेको अन्तर्वार्ता दिन भ्याएछन् कान्तिपुरको टफ टकमा।
– समानुपातिकको मतगणना सकियो र ११० वटा समानुपातिक सिट यसरी बाँडिने छन् भनेर ब्लग लेखेकै १४ दिन भइसक्यो, अहिलेसम्म निर्वाचन आयोगले भेरिफिकेसन गरी भ्याएको रहेनछ। खासमा जिल्लाबाट निर्वाचन अधिकृतहरुले हस्ताक्षरसहितको यति मत हो भनेर लिखित कागज हेरेर अङ्कमा थोरै तलमाथि भएको छ कि छैन हेर्ने काम गर्न यत्रो दिन लाग्ने नै हैन। प्रदेश सभाको समानुपातिकमा पनि बल्ल त दलहरुले नाम सिफारिश गरी पठाउँदै रहेछन्। समानुपातिकको त आधिकारिक रुपमा मत गन्ने कामै सकिने कहिले हो कहिले।
– राष्ट्रिय सभाको निर्वाचनमा दलहरुको मेरो गोरुको बाह्रै टका कायमै रहेछ। अब देशमा हुने पाँच वटा राष्ट्रिय दल मध्ये चार वटाले एकल संक्रमणीयमा जानु पर्छ भनेर राष्ट्रपतिलाई अध्यादेश जारी गर्न सुझाव दिइसक्दा पनि एमालेले भने बहुमतीयमा नै अडान लिएको लिएकै छ। राष्ट्रपति कुनै निर्णय गर्न नसकेर बसिरहेकी छिन्। एकल संक्रमणीयमा नै गए पनि एमालेलाई राष्ट्रिय सभामा घाटा हुने भनेको ८/१० सिट हो। त्यति सिट अप्पर हाउस (राष्ट्रिय सभा) मा विपक्षी दल (कांग्रेस) ले पाउँदैमा सरकारै तलमाथि हुने गरी अप्ठेरो पर्ने त हैन। राष्ट्रिय सभामा हुने भनेको बहुमतको निर्णय हो, त्यो एमालेको भइहाल्छ। बिहीबार बरु सर्वोच्चमा मुद्दा परेको रहेछ अध्यादेश जारी गर्नुपर्ने माग गर्दै।
– राष्ट्रिय सभाको निर्वाचन गर्ने कानुनै हातमा नभई निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गर्ने निर्णय बिहीबार गरेछ। यसका लागि १५ दिनको समय दिइएको रहेछ। भनेपछि कम्तिमा १५ दिन नयाँ सरकार नबन्ने निश्चितै देखियो, राष्ट्रिय सभाको निर्वाचन भइसकेपछि मात्र संघीय संसदको गठन हुने कांग्रेसको तर्क अनुसार हुने हो भने।
– चुनावमा लज्जास्पद पराजय भोगेपछि पनि कांग्रेसमा केही पनि भएको रहेनछ यो साता। न शेरबहादुर देउवाले राजीनामा दिए, न कांग्रेसको बैठकै बस्यो। केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बल्ल बोलाइएको रहेछ।
वास्तवमा एक हप्तामा हैन एक बर्षमा समाचार हेर्यो भने पनि खासै केही परिवर्तन आएको हुँदैन| मलाई यस्तै हल्लाखल्ला बढी गर्ने तर केही उपलब्धी नहुने समाचारदेखी वाक्क लागेर कुनै समय समाचार र त्यो सम्बन्धी ब्लग, फेसबुक पोस्ट आदी हेर्नै छोड्देको थिए| ३-४ महिनामा कताकताबाट राजनीतिक समाचार थाहा हुन्थ्यो तर परिवर्तन केही भएको हुँदैनथ्यो| लेखेर राख्नुस् अबको ५ बर्षमा पनि हुने त्यही हो| २-3 वटा सरकार परिवर्तन, दुई चार वटा राष्ट्रघाती वा राष्ट्रबादी भाषण, एक दुई जना लाल्बाबु पन्डित र कुल्मान घिसिङको उदय, २-४ वता ठुला पारीयोजनाको गफ तर आखिरमा ठोस् परिवर्तन चाँही केही न केही| सामान्य रुपमा देश चलिरहन्छ| सधैं त नसकिएला तर सकेसम्म समाचारबाट जती टाढा बस्यो त्यती जीवन सकारात्मक र खुशी भने हुन्छ|
बिघ्न भए एमाले र माओवादीले सरकार बनाएर ५ बर्ष टिकाउलान| ल पार्टी एकता पनि होला रे| तर सत्ताको लागि बार्गेनिङ, छोड्ने घुर्की, एक- अर्काप्रती आरोप-प्रत्यारोप, सम्सद अबरुद्ध, भारत भ्रमण, भारत भर्सेस चाइना को खेल भने केही परिवर्तन हुने वाला छैन| म गलत भएछु भने ७९ सालको चुनावको बेला सम्झाउनु होला| तपाईंले जस्लाई भन्नुहुन्छ तेही पार्टिलाई सबै निकायको चुनावमा भोट् दिउला, सकेको चन्दा पनि दिउला|
Shankar जी को कुरा मन पर्यो। हुन पनि त्यस्तै भएको हो। नेपाल पहिल्यै देखी भारतपरस्त थियो र छ। अब त झन भारतीय हैकमबाद् धेरै बढ़्ने निश्चित छ। भारत ले नेपाल लाई घोसित रुपमा सिक्किम जस्तै नबनाए पनि नेपालको भविश्य त्यो भन्दा फरक हुने लक्षण छैन। यो चूनाब सुनाब त नाटकै मात्र हो। जनता लाई केही समय चूप लगाऊन को निम्ति। जनता ले तिरेको कर, खाड़ी मूलूक र अन्य देशहरु बाट गरीब दुखी नेपाली ले मजदूरी गरी कमाएर पठाएको रेट्यान्स् अनि बिभिन्न बहानामा बिदेशी लगानी बाट जम्मा भएका रकम / पूंजी को हिनामिना गर्न लालायीत यी नरपिसाच हरुको झुन्ड ले कुनै पनि हालतमा राम्रो काम गर्ने हैनन् भन्ने निश्चित चस्तै भयो।
खास मा देश अगि बढ्न को लागि बाम एकता भएको थिएँन | किन भएको थ्यो?
१) प्रचण्ड लाइ जसरि पनि पावर मा बस्नु थ्यो , येसो हेर्यो , आफ्नो सिट कम आउने देख्यो , एमाले रास्त्रबादी लहर मा थ्यो , यो सग मिले आफ्नो सिट बढी आउछ भन्ने मा थ्यो , तेस्तै एमालेलाई पनि बाम मिलेर जादा जनता झुक्काउन सजिलो हुने र राम्रो संदेश जाने , दुवै को विन विन अबस्थामा मा यी मिलेका थिए |
र भयो पनि तेस्तै , दुबैको राम्रो सिट आयो
२) इन्डियालाई पनि मदेस बादिपार्ती लाइ निर्णायक अबस्था मा लेउनु थ्यो र उसले पनि चिताएको नै भयो
३) कांग्रेस को पतन अनिबार्य थ्यो , सधै पुरानो पार्टीको घमण्ड , एतिहासिक प्रजातान्त्रिक पार्टी भन्ने , माखो न मार्ने , भ्रास्ताचार मा लिप्त , थोत्रो गन्हाएको नेताहरु |
अब नेपाल को भबिस्य प्रचण्ड र ओलीको कार्य कुसलता , त्याग र बौद्दिकता मा भरपर्छ | यदि दुबैले गिरिजा पथ मा हिडे देश सायद अब सजिलै इन्डिया को हात पर्छ |
यहा इन्डिया को हात पर्नुको मतलब , सिक्किम जस्तो हैन |
देश नेपाल नै रहन्छ , सिमा तल माथि परे पनि , प्राकृतिक स्रोत मा हैकम , पुरै देश को हैकम मा इन्डिया रहन्छ | धेरै इन्डियन लाइ नेपालि बनाएर नेपाल को गद्दीमा राखिनेछ |
चम्चागिरी गर्ने ,खुफिया दलाल नेपालि हरु पनि इन्डियन नै हुन् भन्दा हुन्छ |