Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१७ मा सबैभन्दा बढी पढिएका १७ ब्लग

Posted on December 31, 2017 by Salokya


सन् २०१७ पनि आजदेखि हामीसँग विदा हुँदैछ। २०१८ लाई स्वागत गर्नुअघि २०१७ कसरी बित्यो, त्यसको समीक्षा गर्नु राम्रै हुन्छ। सन् २००५ मा सुरु भएको माइसंसारको यो १२ औँ वर्ष थियो। माइसंसारले विगत केही वर्षदेखि हरेक वर्षको अन्तिममा वर्षभरीमा सबैभन्दा बढी पढिएका ब्लगहरुको सूची राख्ने गरेको छ। वर्षका प्रमुख घटना र चासो पनि यी धेरै पढिएका ब्लगका विषयबाट थाहा हुन्छ। आउनुस् हेरौँ यो वर्ष कस्ता ब्लग बढी पढिए त?

नम्बर १७


यो वर्ष बढी पढिएका १७ ब्लग मध्ये दुई वटा र्‍यापर यमबुद्धको आत्महत्या प्रसंगबारेको हो। आत्महत्याको खबर आउने बित्तिकै तयार पारिएको यो ब्लग यमबुद्ध लन्डनको जुन घरमा बस्दै आएका थिए, त्यही घरमा बस्ने साथीसँग गरिएको कुराकानीमा आधारित थियो। पढ्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर १६


अगस्तमा भएको इन्काउन्टरबारे ब्लग थियो यो। पछि कुरा बुझ्दै जाँदा पो थाहा भयो, मारिएका मान्छे डन हैन ट्यापे (दुर्व्यसनी) पो रैछ। उनी बहालवाला डिएसपी अवदेश विष्टका भान्जा रहेछन्। अर्का डिएसपी अजय केसीको नेतृत्वको टोली उनलाई खासमा अवैध हतियार राखेको थाहा पाएपछि त्यो नियन्त्रणमा लिन र कारबाही गर्न गएको थियो। तर आत्तिएका र शायद् लागू औषधकै प्रभावले हो कि आफैले आफूलाई गोली हानेका थिए। ब्लग पढ्न यहाँ क्लिक गर्नुस्

नम्बर १५


रेलको विषय नेपालमा खुब बिक्छ चाहे भाषणमा होस्, चाहे अप्रिल फूलमा। अप्रिल फूलमा चीनले नेपालमा रेल बनाउन लागेको विषय यति धेरै पढियो कि यो वर्षको धेरै पढिएको ब्लगको सूचीमा १५ नम्बरमा पर्न सफल भयो। पढ्नलाई यहाँ क्लिक गर्नुस्। तर यो साँचो हैन फूल बनाउने ब्लग हो है।

नम्बर १४


भाटभटेनी सुपरमार्केट बारेको यो ब्लग यो वर्ष १४ नम्बरमा रह्यो। पढ्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर १३


नेपाली नयाँ वर्षदेखि काठमाडौँ उपत्यकामा हर्न बजाउन रोक लगाइएको थियो। अहिले इस्वी संवतको नयाँ वर्ष आउँदासम्म फेरि हर्न बज्न थालिसकेको छ। त्यतिबेला हर्न बजाउन रोकिएपछिका रमाइला फोटो र कार्टुनको संगालो थियो यो ब्लग। हेर्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर १२


यो वर्ष सर्वाधिक चर्चामा रहेको विषयमध्ये एक थियो आइजी नियुक्ति प्रकरण। देशै हल्लिएको यो विषयसँग सम्बन्धित अनेकौँ ब्लग लेखियो। त्यसमध्ये छानबिन प्रतिवेदन रहेको यो ब्लग १२ नम्बरमा परेको छ। पढ्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर ११


नेपाल आइडल यो वर्ष निकै चर्चामा रह्यो। त्यसैसँग सम्बन्धित एउटा ब्लग थियो यो। पढ्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर १०


राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि भारत जाँदा त्यहाँको सरकारले स्वागतका लागि जाबो राज्य मन्त्री पठाएको भनेर रोइलो मच्चिएको थियो। हो त नि, चित्त त दुख्छ नि। उताको राष्ट्रपति प्रणव मुखर्जी आउँदा मात्र हैन जाँदा पनि हाम्रा राष्ट्रपतिमात्र हैन, उपपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएभरका गएका थिए। हामीलाई भने यस्तो? ग्वाँ.. ग्वाँ…। नेताहरुले आफ्नो मान आफै राख्न जानेनन्, रुनु पर्ने हामी नै हो..ग्वाँ…ग्वाँ…। अब धेरै रुनु पनि भएन हेर्नुस्। त्यसैले यसो चित्त बुझाउने मेसो जुटाएको भन्दै सात वटा फोटो राखेको ब्लग थियो यो। हेर्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर ९


खासमा यो कानुनसम्बन्धी ब्लग हो। बलात्कारबारे बनेकोनयाँ कानुनको व्यवस्थाबारे ब्लग भए पनि यसमा प्रयोग भएका भाषा र विषय आदिका कारण यो ब्लग सबैका लागि उपयुक्त छैन जस्तो लाग्यो। त्यही भएर सुरु मै सूचना राखेको थिएँ- कृपया १८ वर्षमाथिकाले मात्र यो ब्लग पढ्नु होला। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

नम्बर ८


नारायणहिटी दरबार हत्याकान्डबारे मान्छेको अझै चासो रहेको कुरा हत्याकान्ड प्रतिवेदनबाट निकालेर हत्याकान्ड भएको दिन प्रस्तुत गरिएको यो ब्लग धेरै हेरिएकोमा आठौँ नम्बरमा आएकोबाट थाहा हुन्छ। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

नम्बर ७


यो वर्ष काठमाडौँमा मेयर चुनिए एमालेका विद्यासुन्दर शाक्य। १०० दिनमा १०१ काम गर्ने वाचा गरेर चुनिएका मेयरले ती काम त गरेनन् नै मोबाइल बाँड्नेदेखि रानीपोखरी र काष्ठमण्डपसम्मका विषयमा चर्को आलोचना खेप्नुपर्‍यो। नयाँ संविधानले उनलाई स्थानीय सरकार अर्थात् नगरकार्यपालिकाको प्रमुख मात्र हैन, नगरसभा अर्थात् स्थानीय संसदको प्रमुखको जिम्मेवारीसमेत तोकेको छ। काठमाडौँ महानगरलाई राम्रो र व्यवस्थित बनाउने उनको हो जिम्मेवारी। उनले हो बैठक डाक्नुपर्ने सबै सरोकारवाला निकायसित। तर एक एसएसपीले डाकेको बैठकमा पुगेर उनको थर्काइ खाएको, ‘तपाईँले नसक्ने भए म गर्छु’ भनेर एसएसपीले निर्वाचित मेयरलाई वचन लगाएको विषयमा तयार पारिएको थियो यो ब्लग। ती एसएसपी अहिले डिआइजी भइसके। पढ्नुस् यहाँ क्लिक गरेर।

नम्बर ६


कपिल शर्माको शोमा नेपालको प्रसंग बारे यो भिडियो ब्लग यो वर्ष पाठकको सबैभन्दा ध्यान आकर्षित गर्नेमा छैटौँ नम्बरमा पर्‍यो। तपाईँले हेर्न छुटाउनु भएको भए यहाँ क्लिक गर्नुस्।

नम्बर ५


अमेरिकी डिभी परेर कागजात नक्कली बुझाउँदा अमेरिकी दूतावासले पोल लगाइदिएर पक्राउ परेका थिए केही नेपाली। अमेरिका जाने आश थियो, खोरमा पुगे। यो सम्बन्धी ब्लग यो वर्ष बढी पढिएकोमा पाँचौँ नम्बरमा रह्यो। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्।

नम्बर ४


व्यापारी कालु गुरुङको बिहेको युनिक कार्डले पनि यो वर्ष पाठकलाई आकर्षित गर्‍यो। यो कार्डको ब्लगमा भिडियोसमेत थियो। हेर्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर ३


यो वर्ष सबैभन्दा बढी पढिएका टप थ्री ब्लग मध्ये दुई वटा मृत्युसम्बन्धी रहेको छ। यो वर्षको तेस्रो सबैभन्दा बढी पढिएको ब्लग प्रकाश दाहालको मृत्युसम्बन्धी थियो। पिता प्रचण्ड चुनावी अभियानमा रहेको बेला लाजिम्पाटस्थित निवासमा सुतेकै अवस्थामा प्रकाशको मृत्यु भएको थियो। पढ्नुस् ब्लग यहाँ क्लिक गरेर।

नम्बर २


वर्षको सुरुमा नै संगीतप्रेमीहरुले एउटा नराम्रो खबर पाए- र्‍यापर यमबुद्धले लन्डनस्थित आफू बसेको घरमा आत्महत्या गरे। लन्डनस्थित उनकै घरमा बस्ने साथीले दिएको जानकारीका आधारमा तयार पारिएको यो ब्लग यो वर्षको सबैभन्दा बढी पढिएकोमा दोस्रो नम्बरमा रह्यो। पढ्नलाई यहाँ क्लिक गर्नुस्।

नम्बर १


र, यो वर्ष सबैभन्दा बढी पढिएको ब्लग रह्यो नेपाल आइडलबारे। नेपाल आइडलको यो वर्ष निकै चर्चा पनि भयो। नेपाल आइडलको एउटा भाग एडिटिङमा चिप्लिएको थियो। त्यसैबारे यो सचित्र ब्लग तयार पारिएको थियो। टेलिभिजनमा र युट्युब स्ट्रिमिङमा देखिएको यो गल्ती ब्लगमा आएपछि भने युट्युबमा अपलोड गर्दा सच्याएर राखिएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme