Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा घडी (टच द क्लक) आतंकको सुरुवात यसरी भएको रहेछ

Posted on December 29, 2017 by Salokya

फेसबुक चलाउनु हुन्छ भने पक्कै मेसेन्जरमा कसै न कसैले तपाईँलाई पनि ‘टच द क्लक’ भन्दै एउटा भिडियो पठाएको हुनुपर्छ। धेरैबाट यस्तै एउटै भिडियो मेसेन्जरमा आउन थालेपछि यसैलाई अहिले ‘घडी आतंक’ भन्ने गरिएको हो।

अरु स्पाम लिङ्कहरु जस्तो यसमा क्लिक गर्दा केही हानी हुँदैन। किनभने यो एउटा सामान्य एनिमेटेड भिडियोमात्र हो। तर यसले दिक्क भने बनाउन सक्छ। यो घडी आतंकको मूलथलो भने भारत हो। कसरी सुरु भयो त यो?

यो भिडियोमा घडीभित्र ११ वटा विभिन्न शब्द हुन्छन्। १२ को ठाउँमा वर्ष राखिएको हुन्छ। सुरु २०१७ बाट हुन्छ, नकारात्मक शब्द मेटाउँदै २०१८ मा सकारात्मक शब्द देखिँदै जान्छ र नयाँ वर्ष २०१८ को शुभकामना दिइन्छ।

यो आतंकको मूल भिडियो भने यसरी डिसेम्बर २४ तारिखमा अपलोड भएको थियो।

अपलोड भारतको स्टायन्डर्ड पब्लिसिटी प्राइभेट लिमिटेडको फेसबुक पेजमा गरिएको थियो। यो भारतको कोलकातामा मूख्य कार्यालय भएको एउटा भारतीय एड एजेन्सी हो। डिसेम्बर २९ मा यो ब्लग लेख्दासम्म यो भिडियो ९३२ पटक मात्रै सेयर भएको छ भने २६ हजार पटक मात्रै हेरिएको छ। मूल भिडियोमा कमेन्ट पनि ६८ वटा मात्रै छ। यत्तिकैमा यो पोस्ट आतंक मच्चिने गरी भाइरल हुनु नपर्ने हो।

तर यो भिडियोको मौलिकपनाले गर्दा धेरैलाई यो मन पर्‍यो। त्यसैले यसलाई डाउनलोड गरेर मेसेन्जरमार्फत् एकले अर्कोलाई पठाए। मेसेन्जरबाट कसैले यो पाउने बित्तिकै अरु धेरैलाई फरवार्ड गर्न थाले। यसरी फरवार्ड धेरै हुन थालेपछि फेसबुक पेजमा पोस्ट गरिएको मूल भिडियो भन्दा फरवार्ड भएको भिडियो भाइरल हुन पुगेको हो।

आफ्नै पेजमा भएको भिडियो ठूलो स्तरमा भाइरल नभए पनि मेसेन्जरमा फरवार्ड भएको भिडियोमा स्टायन्डर्ड पब्लिसिटीको नाम समेत देखिन्छ। त्यसैले यो भारतीय विज्ञापन एजेन्सीलाई भने फाइदै भएको छ आफ्नो प्रचार हुँदा।

यदि तपाईँले पनि यही भिडियो फरवार्ड गर्दै हुनुहुन्छ भने तपाईँलाई केही पनि फाइदा हुन्न। तपाईँलाई त शुभकामनाका दुई शब्द पनि मौलिक लेख्न नसक्ने, भाइरल भएको भिडियो मात्रै फरवार्ड गर्ने ‘अल्छी फेसबुके’का रुपमा तपाईँका साथीहरुले लिनेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme