Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थ्रेसहोल्ड नभएको भए विवेकशील र नयाँ शक्तिले पनि पाउँथे प्रतिनिधिसभामा सिट

Posted on December 18, 2017December 18, 2017 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ ले समानुपातिकमा तीन प्रतिशत मत ल्याउनेले मात्रै सिट पाउने व्यवस्था गरेको छ। समानुपातिक निर्वाचन प्रणाली अपनाएर नेपालमा चुनाव भएको यो तेस्रो अवसर हो र थ्रेसहोल्ड लागू भएको चाहिँ पहिलो पटक। कूल सदर मतको तीन प्रतिशत कटाएर पाँच वटा दलले मात्रै समानुपातिकको ११० सिट बाँडफाँट गरेका छन्- एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम। यदि अहिलेको चुनावमा पनि पहिले जस्तै थ्रेसहोल्ड नभएको भए चाहिँ के हुन्थ्यो? कति दलले पाउँथे त सिट? थ्रेसहोल्ड हटाई मत परिणाम विभाजक सूत्र लगाई हेर्दा यस्तो देखियो।

अहिले पाँच दलले मात्र सिट पाएकोमा थ्रेसहोल्ड नभएको भए थप ६ दलले सिट पाउँथे। ६ मध्ये चार दल त कम्तिमा एउटा सिट प्रत्यक्षमा पनि जितेका दल हुन्- चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, नारायणमान बिजुक्छेको नेपाल मजदूर किसान पार्टी, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र कमल थापाको राप्रपा।

प्रत्यक्षतर्फ एउटा सिट पनि नजित्ने दुई वटा दलले पनि संसदमा उपस्थिति जनाउन पाउँथ्यो- विवेकशील साझा र पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक।

विवेकशील साझा मत संख्यामा छैटौँ भएकोले तीन सिट पाउँथ्यो भने राप्रपाले दुई सिट पाउँथ्यो।

जनमोर्चा, नेमकिपा, नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकले एउटा मात्र सिट पाउँथ्यो। नयाँ शक्तिले समानुपातिकको एक नम्बर सूचीमा हिरोइन करिश्मा मानन्धरलाई राखेको हुनाले उनी सांसद बन्न पाउँथिन्।

थ्रेसहोल्ड नभएको भए समानुपातिकमा एमालेको चार सिट, कांग्रेसको तीन सिट र माओवादीको दुई सिट घट्थ्यो। एमाले र कांग्रेसले बराबर सिट पाउँथे। फोरम र राजपाको सिट संख्यामा कुनै असर पर्दैन थियो।

के भएको भए के हुन्थ्यो?
थ्रेसहोल्डको कानुन संसदमा पास गर्न लागेको बेला अनेक संशोधन प्रस्ताव आएका थिए। त्यसमध्ये एमालेका केही सांसदहरुले यदि कुनै दलले प्रत्यक्ष निर्वाचनमा सिट जितेको छ भने त्यस्तो दलको हकमा समानुपातिकको सिट प्राप्तिका लागि ३ प्रतिशतको सीमा लागू नहुने प्रस्ताव राखेका थिए।

यदि यो व्यवस्था लागू भएको भए प्रत्यक्षमा एक सिट जित्ने राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले समानुपातिकबाट सिट पाउँथ्यो। विवेकशील साझा र राप्रपा प्रजातान्त्रिकले मात्रै चिलिम खान्थ्यो। किनभने यी दुई दलले प्रत्यक्षमा कुनै सिट जितेको थिएन।

त्यसैगरी पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्छ भनेर समेत एमाले, कांग्रेस र माओवादीका सांसदले संशोधन राखेका थिए। पाँच प्रतिशत राखेको भए त झन् मधेसकेन्द्रित दुई दल राजपा र फोरमले पनि सिट पाउँदैन थिए। सबै सिट ठूला तीन दलले बाँडेर लिन्थे।

यस्तो हुन्थ्यो संरचना

त्यस्तै एमाले कै जयन्तीदेवी राई, गरिमा शाहले १५ प्रतिशत थ्रेसहोल्ड लागू गर्नुपर्ने प्रस्ताव गरेका थिए। १० प्रतिशत लागू भएको भए माओवादीले पनि सिट पाउँथे तर १५ प्रतिशत थ्रेसहोल्ड भएको भए कांग्रेस र एमालेबाहेक अरु दलले कुनै सिट पाउँदैन थिए। दुई ठूला दलले ५५/५५ सिट बाँडेर लिन्थे। झण्डै दुई दलीय व्यवस्था आउँथ्यो।

[गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद]

3 thoughts on “थ्रेसहोल्ड नभएको भए विवेकशील र नयाँ शक्तिले पनि पाउँथे प्रतिनिधिसभामा सिट”

  1. prayag says:
    December 22, 2017 at 4:46 am

    सोर्है आना सत्य हो अब प्रचण्ड ले एकताको नाम मा एमालेमा माओबादीकरण गर्ने छ/
    प्रचण्ड को ६०/४० को खेल तेतीकै भएको होइन जस्तो लाग्छ/ एमाले संग नमिलेको भए माओबादी को बढी मा १० वोटा आउथ्यो होला जम्मा/ तर जे होस के पी लाई घुमाएर माओबादीले आफ्नो जड बनाइहाल्यो. यो प्रचण्ड को सत्तामा टिकी रहने चालामात्र नत्र कुनै हालतमा जित्ने थिएन.

    Reply
  2. prithvi says:
    December 20, 2017 at 8:22 pm

    सबै भन्दा राम्रो खेलाडि प्रचण्ड नै रहेछन; ज्ञानेन्द्र लाइ लडाए, गिरिजा आइ लडाए, माकुने र झेले लाइ पनि लडायेकै हुन्, अहिले आएर शेरे लाइ उत्तानो पारे र साथै आफ्नो सहयोद्धा बाबुराम लाइ चाउरिपारि दियेर मरिच बनाइदिए, बबुरो बाबुराम को झण्डै जमानत नै जफत नभएको, अब बाम एकिकरण भयो भने सबै भन्दा ठुलो हाम गर्ने प्रचण्ड नै हुनेछन, सिंगो पार्टि नै कब्जा गरिदिने निश्चित छ; कारण ? प्रचण्ड लाइ जति युरोपियन युनियन र भारत को समर्थन कसैलाई छैन, उनीहरुलाई येस्तै मानिस चाहिएको हो जसलाई उसको असंख्य अपराध हरु लाइ अन्तररास्ट्रिय अदालत लाग्ने धम्कि दिएर जे पनि काम गराउन सकियोस .

    Reply
  3. टंक काफ्ले says:
    December 18, 2017 at 4:46 pm

    यो त गोरु ब्याएको भए जस्तो भएन र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme