Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतै तपाईँको भोट पनि समानुपातिकमा खेर त गएन? १० लाख भोट यसरी गयो रद्दी टोकरीमा

Posted on December 18, 2017 by Salokya

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा तपाईँले समानुपातिकतर्फ कुन चिह्नमा भोट हाल्नुभयो? हैन हैन, भन्नु पर्दैन। गोप्य मतदान हो, किन खोल्नुपर्‍यो र? तर तपाईँको भोट काम लाग्यो कि खेर गयो, त्यो त तपाईँले थाहा पाउनै पर्छ।

यो पटक देशभरबाट झण्डै १० लाख भोट खेर गएको छ। निर्वाचन आयोगमा आइतबार राखिएको तथ्याङ्कमा हिसाब गर्दा ठ्याक्कै ९ लाख ९६ हजार ९ सय ८५ भोट। यो बदर भएको भोटको संख्या हैन, सदर भएकैको संख्या हो। सदर भए पनि कसरी सदर भोटमा गणना भएन त यति धेरै भोट? आउनुस् बुझौँ विस्तृतमा।

आयोगको वेबसाइटमा कूल ९५ लाख ४४ हजार ७४४ सदर भोट गणना भएको तथ्याङ्क छ। अर्थात् यति भोट विभिन्न दललाई गएको छ।

तर, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सिट बाँडफाँट गर्दा यो संख्यालाई सदर मत भने मानिएन। किनभने ऐनको दफा ६० को उपदफा १२ ले यसो भनेको छ-

कूल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कूल मतमा गणना गरिने छैन। तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दल ४४ वटा थिए। तीन प्रतिशत कटाउने दल ५ वटामात्र थिए।

एमाले 3173494
नेपाली काँग्रेस 3128389
माओवादी 1303721
राष्ट्रिय जनता पार्टी नेपाल 472254
संघीय समाजवादी फोरम, नेपाल 470201

यी दलले पाएको कूल मत ८५ लाख ४८ हजार ५९ लाई मात्रै कूल सदर मत मानेर गणना गरी यिनै दलहरुलाई मात्रै सिट बाँडफाँट गरियो।

यसको अर्थ विवेकशील साझाको तराजु र त्यसदेखि मुनि भएका सबै चुनाव चिह्नमा दिइएका मत खेर गयो। यी मुनिका सबै दल एउटै चुनाव चिह्नमा लडेको भए चौथो ठूलो दल भएर समानुपातिक सिट पनि जित्थ्यो।

१० लाख भोट यसरी खेर गयो। दुवै चरणमा गरी निर्वाचन आयोगले कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको बताएको थियो। त्यसमध्ये प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ झण्डै साढे १० लाख भोट बदर पनि भएको छ।

दुवै जोड्दा साढे २० लाख भोट खेर गएको छ।

तपाईँको भोट खेर गयो कि काम लाग्यो त?

2 thoughts on “कतै तपाईँको भोट पनि समानुपातिकमा खेर त गएन? १० लाख भोट यसरी गयो रद्दी टोकरीमा”

  1. Pingback: बदर मतको हिसाब लुकाउँदै निर्वाचन आयोगद्वारा प्रदेश सभाको समानुपातिक सिटको औपचारिक घोषणा « Mysansar
  2. Shankar says:
    December 18, 2017 at 9:36 am

    यो प्रत्यक्ष , समानुपातिक जे भनेपनि नेपाल मा त्रिशंकु र फितलो सरकार इन्डियाको चाहना थ्यो र तेहिअनुसार सब घटना क्रम निर्माण गरिएकोछ |इन्डिया ले चै चाहेको बेला नाकाबन्दी गर्नसक्ने , तर कुनै पनि नेपालि नेता ,नया सक्ति ,बिबेकसिल समेत कसैले नेपाल इन्डिया सिमा मा काडेतार लगाउने , सिमाना नियन्त्रण गर्ने कुरा किन राख्दैन ? ( किनभने सब राज्नितिगारने पार्टी को मूल उद्देश्य सत्ता मा जाने र कमाउने छ , सत्तामा जाने साँचो इन्डिया सग छ )
    बंगाला देश ,र इन्डियाको सिमा मा कंडे तार हुन् सक्ने , नेपाल चै छुट्टै सार्ब भौम राज्य हैन ?
    तसर्थ यो बाम गठबन्धन स्वस्फुर्त यदि हो भने , इन्डियन सड्यन्त्र यदि हैन भने , पहिले सिमाना नियन्त्रण गर्नु पर्यो ? यत्ति त् हाम्रो देश भन्नु पर्यो , नत्र उसले बिहारी हुल्ने , नागरिक बनाउने , उनीहरु धर्ति पुत्र हुने , यहाको नेता हुने , मूल नेपालि चै देश बाट लाखातिने क्रम जारि रहन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme