Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

११ दिनपछि समानुपातिकको मतगणना सकियो, ११० सिट यसरी बाँडिने भो

Posted on December 17, 2017December 17, 2017 by Salokya


निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आज सकिएको जनाएको छ। मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सकिने बित्तिकै सुरु भएको मतगणना ११ दिनपछि आज सकिएको हो। निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फ समानुपातिकमा कूल ९५ लाख ४४ हजार ७४४ सदर मत गणना भएको छ। प्रतिनिधि सभाको समानुपातिकमा पूरै देशलाई एक क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या बाँडफाँट गरिन्छ। कसले कति सिट पाउँछन् त यसो गर्दा? हेर्नुस् विवरण-

पाँच दलले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका छन्। त्यही भएर पाँच दललाई मात्रै ११० वटा सिट बाँडफाँट गरिएको छ-

समानुपातिक र प्रत्यक्ष जोड्दा यस्तो हुनेछ-

यसमा हेर्नुस्, कांग्रेसको कूल सिटको ६३.५ प्रतिशत समानुपातिक सिट हो भने एमालेको ६६.१ प्रतिशत सिट प्रत्यक्षबाट। पाँच दलमध्ये प्रत्यक्षमा मार खाएर समानुपातिकबाट बढी सिट ल्याउने दल कांग्रेसमात्रै हो।

रेकर्डका लागि कसले कति मत ल्यायो देशभरबाट?


सबभन्दा कम भोट पेपाललाई मान्यता दिलाउने एजेन्डा बोकेको हाम्रो पार्टीले पाएको छ। समानुपातिकमा सिट पाउने पाँच दलबाहेक सबैको ५० हजार रुपैयाँ धरौटी जफत भएको छ।

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

10 thoughts on “११ दिनपछि समानुपातिकको मतगणना सकियो, ११० सिट यसरी बाँडिने भो”

  1. Pingback: हलो अड्किएको राजनीति : एक हप्तामा के भयो? केही पनि भएन ! « Mysansar
  2. Mahesh says:
    December 19, 2017 at 2:30 pm

    कहाँ को नतिजा हो बिबेकसिल र राप्रपा प्रजातान्त्रिक ले जितेको ? 😛

    Reply
  3. john says:
    December 18, 2017 at 9:04 am

    बिबेकसिल साझा को कुनै सीत आयो कि आएन प्रतिनिधि सभामा ????

    Reply
    1. Salokya says:
      December 18, 2017 at 12:56 pm

      माथि छ त कुन दलको कति सिट आयो, हेर्नु भएन?

      Reply
  4. Rajan says:
    December 18, 2017 at 8:51 am

    नेपालको अब आउने संसद यस्तो हुने भयो

    UML………121…….44.0%
    NC…………..63…….22.1%
    Mao…………53…….19.3%
    RJP…………..17………6.2%
    Forum………16………5.8%
    RPP…………….1………0.4%
    Bibekshil…….1………0.4%
    Naya…………..1………0.4%
    RPP praja……1………0.4%
    Morcha……….1………0.4%

    राजाबादीको पत्ता साफ संगै ज्ञानेका दीन आउलान्शा की भन्ने आशा पनी हराएको छ ।
    एमाले + माऊबादी = ६३.३% < 2/3

    Reply
    1. Salokya says:
      December 18, 2017 at 12:58 pm

      यो विवेकशील र राप्रपा प्रजातान्त्रिक अनि मोर्चाको सिट कहाँबाट आयो हजुर? तपाईँलाई इच्छा लागेर दिएको हो कि?

      Reply
      1. Rajan says:
        December 18, 2017 at 3:50 pm

        Direct election बाट ।
        बिचरा, सुस्त बुझदा रहेछन् ।

        Reply
        1. Salokya says:
          December 18, 2017 at 6:57 pm

          Direct बाट विवेकशील राप्रपा प्रले जिते ? कुन देशमा 🙂

          Reply
  5. KPSHARMA says:
    December 17, 2017 at 9:56 pm

    यो समानुपातिक भन्ने चिज किन राखेको होला ?? यसले राम्रो भबिष्य देखाउदैन! अब समानुपातिक को बहानामा ऐरे गैरे हरुलाई मिसाउछन .

    Reply
  6. Ratna Thapa says:
    December 17, 2017 at 9:49 pm

    Thank you very much MySansar for this complete information. You have really done hard work with data presentation and compilation. Excellent work.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme