Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट : दुई जिल्लाको गणना जारी, ९५ लाख भोट गन्दा कसलाई कति सिट?

Posted on December 16, 2017December 16, 2017 by Salokya


(अपडेट : शनिबार राति ८ बजे)
निर्वाचन आयोगका अनुसार शनिबार दिउँसोसम्म प्रतिनिधि सभा र प्रदेश सभाको ७५ जिल्लाको समानुपातिकतर्फको मतगणना सकिएको छ। अहिले दुई जिल्ला सुनसरीको क्षेत्र नं. ३, सर्लाहीको क्षेत्र नं. २, ३ र ४ को मतगणना जारी छ। सुनसरी प्रदेश नम्बर १ र सर्लाही प्रदेश नम्बर २ मा पर्छ। कांग्रेसका विजयकुमार गच्छदार विजयी भएको सुनसरी ३ मा विवादका कारण प्रत्यक्षकै मतगणना पनि ढिला भई सबैभन्दा अन्तिममा विजयी घोषणा गरिएको थियो। सर्लाहीको क्षेत्र नम्बर २ मा राजपा, ३ मा माओवादी र ४ मा कांग्रेस विजयी भएको थियो। २ र ३ मा कांग्रेस दोस्रो र ४ मा राजपा दोस्रो भएको थियो। यही अनुसार बाँकी मतगणनामा राजपा, कांग्रेस र माओवादीको भोट थपिने देखिन्छ।

समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा शनिबार राति ८ बजेसम्म राखिएको ९५ लाख ३ हजार ६१८ सदर भोट गन्दा अर्थात् मतगणना लगभग अन्तिम चरणमा पुग्दा कसले कति सिट ल्याउने देखिन्छ त? प्रमुख तीन दल र मधेसकेन्द्रित दुई वटा दलले बाहेक कसैले पनि तीन प्रतिशतको थ्रेसहोल्ड अझै कटाउन सकेको छैन। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मतपरिणाम विभाजक सूत्र अनुसार हामीले गणना गरेका छौँ। हेर्नुस् विवरण

अरु दलले मत प्रतिशत बढाए ठूला दलको सिट संख्या घट्दै जान्छ। हालसम्मको मतगणना अनुसार प्रमुख दलले पाउने सिट यस्तो छ-


एमाले ४१ सिट
कांग्रेस ४० सिट
माओवादी १७ सिट
संघीय समाजवादी फोरम ६ सिट
राजपा ६ सिट

कूल : ११० सिट

बिहीबार रातिको अपडेटमा भन्दा अहिले सिट संख्यामा कुनै परिवर्तन भएको छैन। कांग्रेसले एमालेसितको मतअन्तर घटाउँदै लगेको छ। पछिल्लो अपडेटमा दुई दलबीचको अन्तर ४९६५२ छ। तर सिट संख्यामा नै असर पार्ने गरी अन्तर भने भएको छैन।

अरु दलले अहिलेसम्म थ्रेसहोल्ड पार गर्न नसकेको हुनाले उनीहरुले ० सिट पाउने छन्। थप मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुन सक्नेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।

मतगणना अन्तिम चरणमा पुगिसकेकोले विवेकशील साझा र राप्रपाले तीन प्रतिशत पुर्‍याउन नसक्ने स्पष्ट देखिएको छ। अर्थात् उनीहरुले समानुपातिकमा कुनै सिट पाउने छैनन्।

कसको कति मत प्रतिशत?

माथिको चार्ट राम्रोसित नखुले स्पष्ट हेर्न यहाँ क्लिक गर्नुस्

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme