(अपडेट : शुक्रबार राति ९ बजे)
निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्ममा प्रतिनिधि सभाको ७३ जिल्लाको समानुपातिकतर्फको मतगणना सकिएको छ। अहिले सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा शुक्रबार राति ९ बजेसम्म राखिएको ९३ लाख ३५ हजार २५४ सदर भोट गन्दा अर्थात् मतगणना लगभग अन्तिम चरणमा पुग्दा कसले कति सिट ल्याउने देखिन्छ त? प्रमुख तीन दल र मधेसकेन्द्रित दुई वटा दलले बाहेक कसैले पनि तीन प्रतिशतको थ्रेसहोल्ड अझै कटाउन सकेको छैन। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार हामीले गणना गरेका छौँ। हेर्नुस् विवरण
अरु दलले मत प्रतिशत बढाए ठूला दलको सिट संख्या घट्दै जान्छ। हालसम्मको मत गणना अनुसार प्रमुख दलले पाउने सिट यस्तो छ-
एमाले ४१ सिट
कांग्रेस ४० सिट
माओवादी १७ सिट
संघीय समाजवादी फोरम ६ सिट
राजपा ६ सिट
कूल : ११० सिट
बिहानको अपडेटमा भन्दा अहिले सिट संख्यामा कुनै परिवर्तन भएको छैन।
अरु दलले अहिलेसम्म थ्रेसहोल्ड पार गर्न नसकेको हुनाले उनीहरुले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।
मतगणना अन्तिम चरणमा पुगिसकेकोले विवेकशील साझा र राप्रपाले तीन प्रतिशत पुर्याउन नसक्ने स्पष्ट देखिएको छ। अर्थात् उनीहरुले समानुपातिकमा कुनै सिट पाउने छैनन्।
कसको कति मत प्रतिशत?
माथिको चार्ट राम्रोसित नखुले स्पष्ट हेर्न यहाँ क्लिक गर्नुस्
के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-
गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।
हुन् त् राजनीति सास्त्र को अध्यान त् मलाइछैन , मैले न बुझेको हुन् पनि सक्छ तर सामान्य कमान सेन्स ले सोच्दा सासन भनेको मानब सभ्यता सुरु भएदेखि १ जनाले नै गरि आउने प्रचलन हो | हो उसका सहयोगी हरु हुन्छन | न भए कार्ल मार्क्स लेप्रतिपादनगरेको पार्टीको सासन पनिठिक हो |जस्तो कि रसिया ,चाइना | यहा नेर खैरेको चलन इन्डिया लेकपी गर्ने , हामि इन्डियाको कपि मार्ने( खैरे जति सभ्य पनि त् हुन् पर्यो नि ) | जाबो फुल जत्रो र रेमिन्त्यास ले चलेको मुलुक मा
येत्रो बिधि खाते नेताहरु लाइ गरिब जनताले पाल्नुपर्ने ?
जसले आमुल परिबर्तन गरे रातारात देश स्वित्जर ल्याण्ड हुन्छ भन्थे , आज तिन को बोलीको बिस्वास गर्ने कुनै आधार छ ?ति बोल्ने हरु आज सिद्द्न्त फालेर आफै कुहिरोमा हराएको काग जस्तो भएको छ |
तर समय रोक्न सकिन्न , आज को अबस्था हाम्रो यथार्थ हो | यो बाम एकताले ५ बर्स कडिकडाउ सासन चलाउन सकोस | उत्तरी नाका हरु र रेल यातायात लागु गर्न सकोस |
हामीलाई कुनै बिबेकसिल ,साझा , कांग्रेसी गौरब मय इतिहास चाहिन्न , समानु पातिक सिट चाहिन्न | ह्रिसी धमला , बाबुराम इउ ट्युब मा देश को अबस्था देखेर रोएको भिडियो हेरेर हामि हास्न न परोस यहि मात्र इछा छ |