Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक प्रोजेक्सन : मतगणना अन्तिम चरणमा पुग्दा एमालेको एक सिट घट्यो, राजपाको एक सिट बढ्यो

Posted on December 15, 2017December 15, 2017 by Salokya


(अपडेट : शुक्रबार दिउँसो २:१५)
निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्ममा प्रतिनिधि सभाको ७३ जिल्लाको समानुपातिकतर्फको मतगणना सकिएको छ। अहिले सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा शुक्रबार दिउँसो ‍२:१५ सम्म राखिएको ९० लाख ५६ हजार ८२६ सदर भोट गन्दा अर्थात् मतगणना लगभग अन्तिम चरणमा पुग्दा कसले कति सिट ल्याउने देखिन्छ त? प्रमुख तीन दल र मधेसकेन्द्रित दुई वटा दलले बाहेक कसैले पनि तीन प्रतिशतको थ्रेसहोल्ड अझै कटाउन सकेको छैन। यसअघिको बिहीबार बिहानको पडेटमा भन्दा अहिलेको अपडेटमा एमालेको एक सिट घटेको छ भने राजपाको एक सिट बढेको छ। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार हामीले गणना गरेका छौँ। हेर्नुस् विवरण

अरु दलले मत प्रतिशत बढाए ठूला दलको सिट संख्या घट्दै जान्छ। हालसम्मको मत गणना अनुसार प्रमुख दलले पाउने सिट यस्तो छ-


एमाले ४१ सिट
कांग्रेस ४० सिट
माओवादी १७ सिट
संघीय समाजवादी फोरम ६ सिट
राजपा ६ सिट

कूल : ११० सिट

अरु दलले अहिलेसम्म थ्रेसहोल्ड पार गर्न नसकेको हुनाले उनीहरुले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।

मतगणना अन्तिम चरणमा पुगिसकेकोले विवेकशील साझा र राप्रपाले तीन प्रतिशत पुर्‍याउन नसक्ने स्पष्ट देखिएको छ। अर्थात् उनीहरुले समानुपातिकमा कुनै सिट पाउने छैनन्।

कसको कति मत प्रतिशत?

माथिको चार्ट राम्रोसित नखुले स्पष्ट हेर्न यहाँ क्लिक गर्नुस्

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme