Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक प्रोजेक्सन : राजपा र फोरमले बढाए सिट (अपडेट बुधबार मध्यरात ११:५९)

Posted on December 13, 2017 by Salokya


(अपडेट : बुधबार मध्यरात ११:५९)
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सबै परिणाम आइसकेपछि अब समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढेको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउने भन्नेमा चासो बढेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा बुधबार राति ११:५९ सम्म राखिएको ७१ लाख ३५ हजार ६७७ भोट गन्दा प्रमुख तीन दल र मधेसकेन्द्रित दुई वटा दलले बाहेक कसैले पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको छैन। यसअघिको आज बिहानको अपडेटमा भन्दा अहिलेको अपडेटमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी दुवैले धेरै मत ल्याएका छन् र त्यही अनुसार सिट संख्या पनि बढाएका छन्। यसरी सिट बढ्नुको अर्थ ठूला तीन दलको सिट संख्या घट्नु हो। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार हामीले गणना गरेका छौँ। हेर्नुस् विवरण

जति दलले थ्रेसहोल्ड कटाउँछन्, ठूला दलको सिट संख्या घट्दै जान्छ। हालसम्मको मत गणना अनुसार प्रमुख दलले पाउने सिट यस्तो छ-

एमाले ४२ सिट
कांग्रेस ४१ सिट
माओवादी १६ सिट
संघीय समाजवादी फोरम ६ सिट
राजपा ५ सिट

अरु दलले अहिलेसम्म थ्रेसहोल्ड पार गर्न नसकेको हुनाले उनीहरुले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।

बुधबार मध्यरातसम्मको मत अनुसार विवेकशील साझा र राप्रपाले दुई प्रतिशत मत कटाएका छन्। नयाँ शक्ति अहिले एक प्रतिशतबाट पनि घटेको छ। देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ। थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि खेर जानेछ। अर्थात् उनीहरुले समानुपातिकमा कुनै सिट पाउने छैनन्। तीन प्रतिशत मत ल्याए भने एकै पटक चार सिट पाउने छन्।

कसको कति मत प्रतिशत?

माथिको चार्ट राम्रोसित नखुले स्पष्ट हेर्न यहाँ क्लिक गर्नुस्

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme