(अपडेट : बुधबार बिहान ९:३० बजे)
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अब एक ठाउँको मात्र परिणाम आउन बाँकी रहँदा समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढेको छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउने भन्नेमा चासो पनि बढेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा बिहान साढे ९ बजेसम्म राखिएको ५३ लाख १ हजार ८२८ अर्थात् आधाभन्दा बढी भोट गन्दा प्रमुख तीन दलबाहेक अर्को मधेसकेन्द्रित दुई वटा दलले पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सफल भएको छ- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल। यसअघि अर्थात् हिजो रातिसम्मको अपडेटमा फोरमले मात्रै थ्रेसहोल्ड कटाएको थियो। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार हामीले गणना गरेका छौँ।
जति दलले थ्रेसहोल्ड कटाउँछन्, ठूला दलको सिट संख्या घट्दै जान्छ। गणना अनुसार एमालेले ४३, कांग्रेसलाई ४१ सिट र माओवादीलाई १७ र फोरमलाई ५ सिट आउने देखिन्छ। तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका कारण राजपाले ४ सिट पाएको छ। अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले उनीहरुले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।
बिहान साढे ९ बजेसम्मको मत अनुसार विवेकशील साझा र राप्रपाले दुई प्रतिशत मत कटाएका छन्। नयाँ शक्ति अहिले एक प्रतिशतमा सीमित भएको छ। अरु पार्टीहरुको पनि देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ। थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि खेर जानेछ। अर्थात् उनीहरुले समानुपातिक सिट पाउँदैनन्। तीन प्रतिशत मत ल्याए भने चार सिट पाउने छन्।
कसको कति मत प्रतिशत?
माथिको चार्ट राम्रोसित नखुले स्पष्ट हेर्न यहाँ क्लिक गर्नुस्
के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-
गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।