Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक प्रोजेक्सन : फोरमको मत बढ्दै, पाँच सिट पुर्‍यायो, अरु दल कसको कति सिट?

Posted on December 12, 2017December 12, 2017 by Salokya


(अपडेट : मंगलबार राति साढे ८ बजे)
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अब तीन ठाउँको मात्र परिणाम आउन बाँकी छ। अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउने भन्नेमा चासो बढेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये निर्वाचन आयोगको साइटमा राति साढे ८ बजेसम्म राखिएको ४३ लाख ७६ हजार ५ भोट गन्दा प्रमुख तीन दलबाहेक अर्को एउटा दलले पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सफल भएको छ- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल। यही मत नै अन्तिम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार गणना गर्दा एमालेले ४५, कांग्रेसलाई ४२ सिट र माओवादीलाई १८ र फोरमलाई ५ सिट आउने देखिन्छ। तीन प्रतिशतको थ्रेसहोल्ड अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले अरु दलले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।

मंगलबार राति साढे ८ बजेसम्मको मत अनुसार विवेकशील साझा र राप्रपा र राजपाले दुई प्रतिशत मत कटाएका छन्। अघिल्लो अपडेटसम्म विवेकशील साझाको प्रतिशत बढी थियो। उसको काठमाडौँबाहिरबाट आउने मत घट्दा प्रतिशत पनि घटेको छ। अरु पार्टीहरुको पनि देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ। थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि खेर जानेछ। अर्थात् उनीहरुले समानुपातिक सिट पाउँदैनन्। तीन प्रतिशत मत ल्याए भने चार सिट पाउने छन्।

कसको कति मत प्रतिशत?

माथिको चार्ट राम्रोसित नखुले स्पष्ट हेर्न यहाँ क्लिक गर्नुस्

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँट गणनामा सघाउनुभएको थियो।

1 thought on “समानुपातिक प्रोजेक्सन : फोरमको मत बढ्दै, पाँच सिट पुर्‍यायो, अरु दल कसको कति सिट?”

  1. Shankar says:
    December 13, 2017 at 8:29 am

    हैन देश मा जनसंख्या भन्दा बढी नेता हुन् थालेकोहो किके हो ?
    सानो फुल्जत्रो देश मा यो बिधि नेता , सब गफ हाक्ने मात्र , काम फुट्टी कसैले गर्ने हैन |
    मागेर र रेमिन्त्यास ले चलेको देश मा अब यी सबलाई अफिस , गाडी , सुबिधा को लागि रकम काँ बाट आउछ ?
    सिक्ष्यक , कर्मचारी लाइ तलब समेत विश्व बेंक को ऋण बाट, बिकास बजेट बाट ख्वाउछ |
    उता पुष्पकमल भन्छ , अब को ध्यान आर्टिक बिकाश मा अरे |
    आज तायाम्स अफ इन्डिया ले लेख्यो नेपाल मा अब प्रोचाइनिज पी यम हुने ( ओली) , प्रो इन्डियन ( कांग्रेस ) ले हार्यो अरे | सैतान हरुको थुतुनो डाम्न न पुगेको , जथाभाबी लेख्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme