Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट : २६ लाख भोट गन्दा एमालेको एक सिट बढ्यो, माओवादीको एक घट्यो, कसलाई कति?

Posted on December 12, 2017 by Salokya


(अपडेट : मंगलबार बिहान ८ बजे)
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग सकिएपछि अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउँछन् त्यो चासोको विषय बनेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये २६ लाख ४७ हजार ६२५ भोट गन्दा हिजो रातिसम्मको गणनामा भन्दा एमालेको बढी भोट आएको भएर एमालेलाई एक सिट थप भएको छ भने कांग्रेसको समान र माओवादीको एक सिट घटेको छ। त्यही अन्तिम परिणाम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार गणना गर्दा एमालेले ४७, कांग्रेसलाई ४४ सिट र माओवादीलाई १९ सिट आउने देखिन्छ। तीन प्रतिशतको थ्रेसहोल्ड अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले अरु दलले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ। यसको अपडेट माइसंसारमा पाउन सक्नुहुनेछ।

मंगलबार बिहानसम्मको मत अनुसार तीन ठूला दलले मात्र थ्रेसहोल्ड कटाएका छन्। राप्रपा, विवेकशील साझा र संघीय समाजवादी फोरम नेपालले दुई प्रतिशत मत पुर्‍याएका छन्। फोरम नेपाल तीन प्रतिशतको नजिक पुगेको छ। तर देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ। थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि समानुपातिक सिट नपाउने हुनाले यस पटक समानुपातिकमा सिट पाउन गाह्रो छ।

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

गणनामा सहयोग गर्नुभएकोमा समिर केसीलाई धन्यवाद। उहाँ सांघाई युनिभर्सिटीको एसियन डेमोग्राफिक रिसर्च सेन्टरका प्रोफेसर र World Population Program, IIASA (Wittgenstein Center), Modelling Human Capital का प्रोजेक्ट लिडर हुनुहुन्छ। यसअघि उहाँले अघिल्ला दुई संविधानसभाका निर्वाचनमा पनि समानुपातिक सिट बाँडफाँटमा सघाउनुभएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme