Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट [मंगलबार मध्यरात १२:३० सम्म] एमालेलाई ४६, कांग्रेसलाई ४४, माओवादीलाई २०, अरुलाई ० सिट

Posted on December 12, 2017December 12, 2017 by Salokya


प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग सकिएपछि अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउँछन् त्यो चासोको विषय बनेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५ लाख ८७ हजार ५२१ हो। त्यसमध्ये २० लाख ५५ हजार ९५१ भोट गन्दा त्यही अन्तिम परिणाम भएको भए कसको सिट कति आउँछ, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार गणना गर्दा एमालेले ४६, कांग्रेसलाई ४४ सिट र माओवादीलाई २० सिट आउने देखिन्छ। तीन प्रतिशतको थ्रेसहोल्ड अरु दलले अहिलेसम्म पार गर्न नसकेको हुनाले अरु दलले ० सिट पाउने छन्। मतगणना हुँदै गर्दा पाएको मत अनुसार यो प्रोजेक्सन परिवर्तन हुँदै जानेछ।

मंगलबार मध्यरातसम्मको मत अनुसार तीन ठूला दलले मात्र थ्रेसहोल्ड कटाएका छन्। राप्रपा, विवेकशील साझा र संघीय समाजवादी फोरम नेपालले दुई प्रतिशत मत पुर्‍याएका छन्। तर देशैभरको थप मतगणना हुँदा उल्लेख्य मत पाउन नसके उनीहरुको यो प्रतिशत घट्दै जानेछ। थप मत पाए भने यो प्रतिशत बढ्न सक्नेछ। तीन प्रतिशत मत नपाएसम्म समानुपातिकमा जतिसुकै मत ल्याए पनि समानुपातिक सिट नपाउने हुनाले यस पटक समानुपातिकमा सिट पाउन गाह्रो छ।

के हो सिट गणनाको सूत्र?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूचीमा यस्तो उल्लेख छ-

2 thoughts on “समानुपातिक अपडेट [मंगलबार मध्यरात १२:३० सम्म] एमालेलाई ४६, कांग्रेसलाई ४४, माओवादीलाई २०, अरुलाई ० सिट”

  1. Krishna Maharjan says:
    December 12, 2017 at 2:29 am

    Hoina thikai ho, 12:30 lekhe chha ni ta, New Year eve manaye jastai ho, bholi palta New year morning ra day hunchha.

    Reply
  2. Rabin KC says:
    December 11, 2017 at 7:31 pm

    कुन चाई मंगलवार मध्यरात हो Mysansar म त सोमबार सुतेजस्तो लाउतो उठेर सम्चार पड्दा त बुधबार उठेजस्तो लाउच। यो के हो हाम्रो सुत्नी अधिकार हनन भओ नी। लोल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme