Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लाल नेपाल, कांग्रेसको बेहाल

Posted on December 10, 2017December 10, 2017 by Salokya


प्रतिनिधि सभाको निर्वाचनमा आइतबार दिउँसोसम्मको स्थिति नक्सामा हेर्दा नेपाल लाल भएको देखिन्छ। एमाले एक्लैले ५३ सिटमा विजय र २७ सिटमा अग्रता कायम गरेको छ। अर्थात् कूल ८० सिट। नक्सामा गाढा रातो रङ एमालेको विजय भएको क्षेत्र हो भने फिका अग्रता कायम गरेको।

अघिल्लो संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भने बेहाल छ। नक्सामा हेर्दा गाढा हरियो रङ कांग्रेसले जितेको क्षेत्र हो भने फिका चाहिँ अग्रता कायम गरेको।

काठमाडौँबाट चार क्षेत्रबाहेक कांग्रेसले सुदूरपश्चिममा डडेलधुरामात्रै जितेको छ। प्रदेश १ मा मोरङ २ ले इज्जत धानेको छ। प्रदेश ४ र प्रदेश ६ मा कसैले रुख रोप्नै सकेका छैनन्। आइतबार दिउँसोसम्म कांग्रेसको १२ सिट जित र १० मा मात्रै अग्रता छ। इतिहासकै सबैभन्दा ठूलो पराजय भोगेर तेस्रो दल बन्दैछ कांग्रेस।

माओवादीले भने एमालेसित मिलेर फाइदा गरेको छ। उसको २१ जित र १४ अग्रता छ। यो हिसाबले उसले ३५ सिटसम्म ल्याउने देखिन्छ। यस्तो छ माओवादीको उपस्थिति

वाम गठबन्धनको एकीकृत उपस्थिति यस्तो देखिन्छ नक्सामा-

फोरम र राजपाको मधेस गठबन्धनको उपस्थिति भने यस्तो देखिन्छ नक्सामा-

परिणाम आउँदै गर्दा नक्सामा परिवर्तन देखिनेछ। विस्तृत हेर्न यहाँ क्लिक गर्नुस्। 

यसमा तपाईँले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्रका उम्मेदवारहरुको सूची पाउनु हुनेछ। मतगणना भइसकेपछि नतिजा पनि यसमा आउनेछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४

3 thoughts on “लाल नेपाल, कांग्रेसको बेहाल”

  1. Shankar says:
    December 11, 2017 at 5:54 pm

    खोलो फर्कन्छ कि अब भन्नु जस्तै हो , माकुने ,ओली , प्रचण्ड को सिगौरी हेर्नुस न अब |
    छोरी ,बुहारी ,नातेदार सबलाई लाइ राजनीतिमा ल्याएर जिताएको देश बनाउँन को लागि हो ? राजनीति नै जागिर हो |

    Reply
  2. Rohini says:
    December 11, 2017 at 12:20 am

    देशले ५ बर्षको लागि स्थिर सरकार पाउछकि त अब ?

    Reply
  3. Jiban Pokhrel says:
    December 10, 2017 at 9:37 am

    मजाको न्युज बनाउनुभएछ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme