Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशभर हालत खराब हुँदा गगन थापा र प्रकाशमानले राखे कांग्रेसको नाक

Posted on December 9, 2017 by Salokya


मतगणनाको दुई दिनसम्म पनि एउटा सिट पनि जित्न नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको कांग्रेसको नाक काठमाडौँबाट गगन थापा र प्रकाशमान सिंहले राखेका छन्। शनिबार बिहानै काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापा र क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंहले विजय हात पारे। तर दुवैले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्‍यो।

अघिल्लो चुनावमा राम्रै मतअन्तरले जितेका गगन थापा त मतगणनाको सुरुमा पछाडि पनि परे। एमालेका राजन भट्टराईसित समय समयमा नेक टु नेक कम्पिटिसन रह्यो। गणनाको अन्तिम समयतिर आएर बल्ल गगन थापाले अन्तर फराकिलो बनाउँदै लगे र अन्तमा विजय हासिल गरे। हेर्नुस् ट्रेन्ड-

अर्कोतर्फ अघिल्ला दुई निर्वाचनमा फराकिलो अन्तरले जित हासिल गरेका प्रकाशमान सिंहलाई विवेकशील साझाका रवीन्द्र मिश्रले आच्छु आच्छु बनाए। तर गगन थापाको जस्तो कडा प्रतिस्पर्धा भने प्रकाशमानले सहनु परेन। मतगणनाको सुरुदेखि नै प्रकाशमानले रवीन्द्रसित सुरक्षित अन्तर बनाउँदै लगेका थिए।
पछिल्लो निर्वाचनमा भएभरका सबै प्रतिस्पर्धीको मत जोड्दा पनि प्रकाशमानको मत बढी थियो। यस पटक भने रवीन्द्र मिश्रसित ८ सय मतको मात्र अन्तर रह्यो। यस्तो रह्यो मतको ट्रेन्ड-

रवीन्द्र मिश्रको माहौल मिडिया र सोसल मिडियामा देखिए पनि मतपेटिकामा भने देखिएन। देशभर कांग्रेसका उम्मेदवारहरु हारिरहँदा पनि दुवै मिडियाको त्यत्रो साथ पाएका मिश्रले कांग्रेस उम्मेदवारलाई पराजित गर्न सकेनन्। तर आफ्नो सेलिब्रिटी स्टायटस अनुसार उनले विवेकशीलका अन्य उम्मेदवारहरुले भन्दा कडै टक्कर दिए।

काठमाडौँ १ को मत-

काठमाडौँ ४ को मत-

1 thought on “देशभर हालत खराब हुँदा गगन थापा र प्रकाशमानले राखे कांग्रेसको नाक”

  1. Prakash says:
    December 10, 2017 at 6:01 am

    ल ल एकजना प्रधानमन्त्री अनि अर्को उपप्रधानमन्त्री भाग पुगी गो नि नो झगडा .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme