Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमालेको प्रचण्ड बहुमत : माधव नेपालको बोली १० वर्षपछि बल्ल मिल्दैछ

Posted on December 9, 2017 by Salokya

२०६४ सालको संविधान सभाको निर्वाचनअगाडि आयोजित पत्रकार सम्मेलनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले भनेका थिए- नेकपा एमालेको सामान्य मात्र हैन प्रचण्ड बहुमत आउँछ। तर बहुमत प्रचण्डको पो आयो प्रत्यक्ष सिटमा १२०। एमाले ३३ सिटमा खुम्चिएर तेस्रो दल बन्यो। १० वर्षपछि एमालेसित प्रचण्ड पनि गठबन्धन गर्न आयो, प्रारम्भिक परिणामले उसको फराकिलो अग्रतासहितको बहुमत पनि देखिँदैछ।

सुन्नुस् १० वर्षअघि के भनेका थिए माधव नेपालले?

यसो भनेको केही दिनपछि उनले नैतिकताको आधारमा पार्टी महासचिवको पद छाडे पार्टीले व्यहोरेको हारका कारण। तर पछि उनी प्रचण्डले राजीनामा दिइसकेपछि हारेर पनि प्रधानमन्त्री बने। पहिलो संविधान सभामा झक्कु सुवेदीसित हारेका माधव नेपाल दोस्रोमा पनि दुई ठाउँबाट विजयी भएका थिए। यस पटक भने उनले गृहजिल्ला रौतहटबाट उम्मेदवारी दिएनन्। काठमाडौँ २ का उम्मेदवार नेपाल प्रारम्भिक मतगणनामा राम्रै अन्तरले अगाडि छन्।

1 thought on “एमालेको प्रचण्ड बहुमत : माधव नेपालको बोली १० वर्षपछि बल्ल मिल्दैछ”

  1. Shankar says:
    December 9, 2017 at 3:52 am

    एमाले को ओली , माउबादिको प्रचण्ड दुइ अहिले नेपाल को डाइनामिक मान्छे जस्तो लाग्छ |
    धेरै पढ्न पर्दैन , ठुला ठुला कुरा गर्न पनि पर्दैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme