Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनावमा भोट हाल्न पाउनुभएन? माइसंसारमा भर्चुअल मतदान गर्नुस्

Posted on December 7, 2017December 7, 2017 by Salokya


माइसंसारमा पछिल्ला दुई संविधान सभाको निर्वाचनमा हामीले भर्चुअल मतदानको व्यवस्था गरेका थियौँ। यसले मतको ट्रेन्ड कस्तो हुन सक्ला भनेर बुझ्न सघाएको थियो। यस पटकको चुनाव भने फरक छ। प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिक गरी तीन वटा मतपत्रमा चार वटा मत दिनुपर्छ। यी मतबाट प्रदेशमा प्रदेश सरकार र केन्द्रमा केन्द्रीय सरकारसमेत बन्नेछ। माइसंसारका पाठकहरुले यस पटक पनि भर्चुअल मतदानको व्यवस्था गर्न सुझाव दिए अनुसार यो व्यवस्था गरेका छौँ तर एउटामात्र मतपत्र राखेर मन परेको दलको चुनाव चिह्नमा भोट दिन सकिनेछ। पहिलो चरणको चुनाव हुँदा मंसिर १० गते पनि मतदान खुला गरिएको थियो तर निर्वाचन आयोगको आचार संहितालाई ध्यानमा राखी नतिजा सार्वजनिक गरिएको थिएन।

कृपया यी कुरामा ध्यान दिनुहोला

यसमा मतदान गर्न चुनाव चिह्नभन्दा माथिको थोप्लोमा क्लिक गरी मुनि रहेको Vote लेखिएकोमा क्लिक गर्नुहोला।

मोबाइलमा हुनुहुन्छ र माथि भोट गर्ने ठाउँ देखिएन भने यहाँ क्लिक गर्नुस्।

यो नमूना मतदान मात्र हो। यहाँ दिइने मत पनि वास्तविक निर्वाचनमा झैँ गोप्य हुन्छ। कुन आइपीबाट कसलाई मत दिएको भनी पत्ता लगाउन स‌ंभव छैन। तर एउटा आइपीबाट एउटा मत मात्रै दिन सकिन्छ। दोस्रो पटक सोही आइपीबाट मत दिन खोजे सिस्टमले त्यसलाई स्वतः रोक्नेछ। नेपालमा बुथ क्याप्चरको संभावना रहे झैँ एकै व्यक्तिले थरिथरिका आइपी प्रयोग गरेर मत दिनसक्ने संभावना त छ। तर यहाँको मतपरिणामले सरकार बन्ने काम नहुने हुँदा त्यस्तो दुःख गर्दैनन् भन्ने आशा राखौँ।

यस मतदानमा मतदाता नामावलीमा नाम नभएका स्वदेश र विदेशका नेपालीहरुले मत दिने हुँदा यसको परिणाम नेपालमा भएको वास्तविक निर्वाचनको परिणामसँग नमिल्न पनि सक्छ। तर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आफूले मत दिन नपाए पनि आफ्ना साथीभाइ र आफन्तले दिने मतमा प्रभाव पार्न सक्ने हिसाबले वास्तविक परिणामसँग मिल्न वा नजिक हुने संभावनालाई पनि नकार्न मिल्दैन।

माइसंसारको भर्चुअल मतदान नेपालमा मतदान हुने दिन मंसिर १० र २१ गते खुला गरिनेछ। तर निर्वाचन आचार संहिता अनुसार मतदान जारी रहँदासम्म अर्थात् मंसिर २१ को साँझ ५ बजेसम्म मतदातालाई प्रभाव पार्ने गरी नतिजा प्रकाशित गरिने छैन। नतिजा नेपालमा मतदानको अवधि सकिएपछि अर्थात् मंसिर २१ गते साँझ ५ बजिसकेपछिमात्रै सार्वजनिक गरिनेछ।

धेरैभन्दा धेरै सहभागिताले वास्तविक परिणामको नजिक पुग्न सक्ने संभावना बढाउँछ।

5 thoughts on “चुनावमा भोट हाल्न पाउनुभएन? माइसंसारमा भर्चुअल मतदान गर्नुस्”

  1. Suman says:
    December 7, 2017 at 12:37 pm

    Very good

    Reply
  2. gbgrg says:
    December 7, 2017 at 10:14 am

    Yesko Result aaj 5 baje din sakinchh ki ?

    Reply
  3. आयुष पौड्याल says:
    December 7, 2017 at 5:15 am

    Thanks for polling oppertunity

    Reply
  4. Lam Bdr Gorkhali says:
    December 7, 2017 at 3:57 am

    पोस्ट!!!

    Reply
  5. Uddhav says:
    December 7, 2017 at 3:48 am

    बहुमतको सरकार र स्थिरसरकारको लागी।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme