Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो दलाई लामाको विवाद?

Posted on November 26, 2017 by Salokya


केही दिनदेखि सोसल मिडियामा तिब्बती धर्मगुरु दलाई लामाको नेपालीहरुले चर्को आलोचना गरिरहेका छन्। उनले बुद्ध नेपालमा जन्मिएको हैन भने रे। भारतमा जन्मिएको भने रे। यस्तै यस्तै विषय सोसल मिडियामा चर्चा भइरहेको छ।

खासमा यो विवाद के हो? दलाई लामाले के भनेका हुन्? कहाँ भनेका हुन्? यो विषयमा कसले के भने? दलाई लामाले के स्पष्टीकरण दिए? सबै कुरा विस्तृतमा जान्नुस्।

के दलाई लामाको भिडियो वास्तविक हो?
दलाई लामाको विवादित भिडियो क्लिप स्रोत बिना विभिन्न वेबसाइट र युट्युब अनि फेसबुकमा हेर्न पाइन्छ। त्यो भिडियो वास्तविक हो कि डब गरेर बिगारिएको हो?

माइसंसारले भिडियोको स्रोत खोज्दा दलाई लामाको आधिकारिक तथा भेरिफाइड फेसबुक पेजमा यो भिडियो अक्टोबर १६, २०१७ मा लाइभ प्रसारण भएको देखियो। हेर्नुस् भिडियो-

के भनेका छन् दलाई लामाले भिडियोमा?
भिडियोमा दलाई लामाले बोलेका केही वाक्य यस्ता छन्-

Buddha? Do you think buddha Nepalese or Indian? Some Nepalese say Buddha born in Lumbini, part of Nepal. So Buddha was Nepalese not Indian. That’s nonsense I think. In ancient time, one of the small kingdom there….
…Buddha not Chinese, not Tibetan but Indian. So in ancient time, one great Indian masters of teaching reach whole Asia.

अनुवाद गर्दा बुद्ध नेपाली हो कि भारतीय? केही नेपालीहरु बुद्ध लुम्बिनीमा जन्मिएकोले भारतीय हैन नेपाली भन्छन्। यो वाहियात कुरा हो मेरो विचारमा। बुद्ध चिनियाँ हैन, तिब्बती हैन भारतीय हुन्। प्राचीन समयमा एक महान भारतीय गुरुको शिक्षा पूरै एसियामा फैलिएको थियो।

कहिले र कहाँ बोलेका हुन्?
उत्तर प्रदेशको मेरठस्थित डिएभी सेन्ट्रल पब्लिक स्कूलमा भारतीय स्कूलका लागि युनिभर्सल एथिक्स करिकुलमको लञ्च गर्ने कार्यक्रममा छात्रछात्राको प्रश्नको जवाफ दिने क्रममा उनले यी विचार राखेका हुन्।

नेपालमा कसले के भने?
सोसल मिडियाबाहेक नेपालका संघसंस्थाले पनि यो विषयमा बोले। बौद्धहरुको संस्था धर्मोदल सभाले यस्तो विज्ञप्ति जारी गर्‍यो-

प्रेस वक्तब्य
नेपालको लुम्बिनीलार्इ गाैतम बुद्धको जन्मस्थल भनेर नेपाल र विश्वका बौद्धहरूहरूले प्राथमिकताका साथ प्रचार गरिरहेका बेला यो Universal Truth लार्इ भारतमा निर्वासित जीवन बिताईरहेका तिब्बतका धर्म गुरु दलाई लामाले हालै मात्र ‘ननसेन्स’ भन्दै गाली गरेका छन् ।
उनले बुद्ध नेपालमा जन्मेकाे नभइ भारतमा जन्मेकाे दावी गर्दै नेपालले गरेको प्रचार झुटाे भएकाे समेत बताएका छन् । संयुक्त राष्ट्र संघले समेत बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्व संपदा सूचीमा राखी सकेको ब्यहोरालाइ थाहा नपायको जस्तो गरी शाक्यमुनि गौतम बुद्ध भारतमा जन्मेको र उहाँ भारतीय हुन भन्दै विश्वका बौद्धहरूहरूको भनाईलाई Nonsense भनेर एकदम निन्दनीय कुरो गर्नु का साथै नेपालको सार्वभौमसत्ता माथि नै प्रहार गर्नु भएको छ।
नोबल पुरस्कार पाई सकेका बौद्धगुरुका रूपमा सुपरिचित दलाई लामा जस्ता धार्मिक व्यक्तिले यस्तो कुरा बोल्न नसुहाउने र अनावश्यक पनि हो। शायद नुनको सोझो गरेका होलान्। भारतमा शरनार्थी भयर बसेको हुँदा भारतलाई खुशि पार्न बुद्ध भारतमा जन्मेको र उ भारतीय हो भनेर अत्यन्त झुठो कुरा बोलेको हो दलाई लामाले।
बुद्ध धर्ममा झुठो कुरा बोलेमा महापाप लाग्छ भन्ने कुरा सिकाउँदै आएका धर्मगुरू लामाले किन यसरी झुठो कुरा बोलेको होला ? यो अत्यन्त रहस्यमय छ र उहाँ यसरी असामान्य स्थितिमा पुग्नु भएकोमा सार्है दुःख पनि लागेको छ।
गाई गोरूहरु मर्ने बेला भयो कि भीरपाखा खोज्न जसरी आत्तुर हुन्छ दलाई लामा पनि त्यसरी नै आफ्नो अधोगति तर्फ जान लागेको आभास हुन्छ ।
जीवनको उत्तरार्ध्दमा विश्वका बौद्धहरूहरूको भनाईलाई Nonsense भनेर अति पण्डित बन्न खोजेको भनेको दलाई लामा पतनको बाटोमा जान लागेको ठहर गर्दै उहाँलाइ शास्ता तथागतवाट सद्बुध्दि प्रदान गरोस भन्ने कामना गर्दछु।
सागर मान वज्राचार्य
महासचिव
धर्मोदय सभा

त्यसैगरी प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले यस्तो विज्ञप्ति निकाल्यो-

दलाई लामाको स्पष्टीकरण यस्तो
नेपालमा चर्को विरोध हुन थालेपछि दलाई लामाको कार्यालयले शनिबार एउटा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ। विज्ञप्तिमा भनिएको छ-

Clarification of an Answer to a Student’s Question in Meerut, India
November 25, 2017

It has been brought to our attention that media reports in Nepal have queried a reference His Holiness the Dalai Lama made to Lord Buddha’s background while answering questions from students in Meerut, India on 16 October 2017.

We are concerned to know there was misunderstanding of the intent of his answer, and would like to clarify that His Holiness meant no disrespect towards his Nepalese brothers and sisters. Like Buddhists everywhere, he wholeheartedly accepts that the Buddha’s birthplace was Lumbini. What he wanted to emphasize in contemporary terms is the importance of understanding what the Buddha taught and the scope of his influence throughout Asia. It is universally acknowledged that India, the land of the Noble Ones, is where the Buddha achieved enlightenment and subsequently gave profound teachings.

We trust that this clears up any misunderstanding or misapprehension.

विज्ञप्तिका प्रमुख बूँदा

  • दलाई लामाको जवाफको उद्देश्य गलत बुझियो।
  • उहाँले नेपाली दाजुभाइ दिदीबहिनीहरुप्रति अनादर गर्न खोज्नुभएको हैन।
  • सबै ठाउँका बौद्धहरुले जस्तै उहाँले पनि स्वीकार्नु हुन्छ कि बुद्धको जन्मभूमि लुम्बिनी नै हो
  • उहाँले जोड दिन चाहनुभएको कुरा बुद्धले जे सिकाउनु भयो त्यसबारेको बुझाइको महत्व र एसिया भर त्यसको प्रभा हो
  • संसारले स्वीकार गरेको कुरा हो कि बुद्धले बुद्धत्व प्राप्त गरेको र शिक्षा दिएको ठाउँ भारत हो।

28 thoughts on “के हो दलाई लामाको विवाद?”

  1. Gaurav says:
    December 2, 2017 at 9:19 am

    बौद्ध सम्प्रदायलाई दश प्रतिशतमा खुम्चाउने र बोद्ध ग्रन्थलाई जलाउनेहरू बुद्ध नेपालमा जन्मेको भनेर रोइलो गरेको देख्दा अचम्म लाग्छ

    Reply
  2. Shankar says:
    December 2, 2017 at 8:39 am

    के हो दलाई लामाको विवाद?
    एउटा धर्म गुरुको बोल्ने लिबाज |
    साचोलाई अलिकति बंग्याई दे , झुटोलाई अलिकति तन्काइ दे ,
    बुद्दिजिबि हरु सब छक्क |
    येउटै जिज्ञासा ,
    के दलाई लामाको भिडियो वास्तविक हो?
    के भनेका छन् दलाई लामाले भिडियोमा?
    कहिले र कहाँ बोलेका हुन्?
    यार्थार्थ लाइ लुकाई फिराइ ,
    कि नेपालि मन लाइ तौलेका हुन् ?
    कुरा हरु अगि आए ,
    टिका टिप्पणी हरु सतह मा ,
    महत्त्व को बिसय रह्यो
    नेपालमा कसले के भने?
    ओलीको विकासे टिप्पणी जस्तो
    दलाई लामाको स्पष्टीकरण यस्तो

    Reply
  3. Dig Bahadur Tamang USA says:
    December 1, 2017 at 2:01 am

    इतिहांसका पानाहरुमा उल्लेख गरीय अनुसार, तिबेत्मा बुद्ध धर्म भारतबाट गएको होइन, नेपाल बाट गएको हो तर चीनमा भने भारत बाट गएको हो |
    तिबेतिन्हारुले बुद्ध कहाँ जन्म्यो भनेर नबुझ्नुको धेरै कारण छन्, जुन बेला आँसु बर्मिकी छोरी भृकुटी तारा सोंग्सोंग गुम्बोसंग बिबाह गएर तिब्बत पुगिन ४२४ तिर, त्यहाँ पढेलेखेको मानिस थिएन, तर बौध ग्रन्थ पढ्न लिपि जान्ने मानिस चाहिन्छ भने पछि, चालक झाक्रिहरुलाई भारतमा पहिलो चोटी सौं लिपि शिकौन पठाय | तेसैले तिबेतन धर्म ग्रन्थमा शुरुको थालनीमै “ग्यागर पन्चे बोइल कैदेंछे” बनेर शुरु हुन्छ, जसको मतलब हो भारत्बर्श्मा भनेको अनुसार हामी भन्छौं भन्ने हुँदा भारले जे जे अरायो सो सो भन्ने हो | बुद्ध धर्म शान्ती र सद्भाना करुनिमय हो झगडा द्वन्द होइन, दलेलामा पनि मानिस नै हुन् उनको पढाई बिस्व बिद्यालय ले पढाएको होइन उही गुरुहरुले पढाएको हुन्

    Reply
  4. कमल says:
    November 29, 2017 at 10:26 pm

    हामी नेपालीलाई सबै भन्दा धेरै पिरोल्ने बिषय के भने कसैले बुद्ध नेपालमा जन्मेको होइन, भारतमा हो भन्यो भने| तर नेपालीले बुद्धको नीति र उपदेश पालन गर्न भने परे जावस, सरकारी आंकडाले समेत सेतो झुट प्रचार गरिरहेको सहेर बसेका छन्| नेपालमा दश प्रतिशत भन्दा कम बौद्धमार्गीहरु छन् ‘रे| यतिका दशकौ पछि पनि लुम्बिनीको व्यवस्थापन भृकुटी मण्डपको जस्तो लथालिङ्ग अवस्थामा छ| विदेशीकै हातमा र साथमा अलिकति सम्हालिएको छ|
    तामाङ्ग जाति बौद्धमार्गी हुन्, राजतन्त्र ढलेपछि गुरुंग जाति पनि खुल्ला रुपमा आफुलाई बौद्ध घोषित गरेका छन्| चेतनशील मगरहरु पनि त्यति तिर लागेका छन्| हिमाली भेगका जातिहरु अधिकांश बौद्धमार्गी हुन्| नेवारमा पनि प्रशस्त छन्| थारुले पनि परापुर्ब कालमा बौद्ध थिए भनेका छन्|लौ अब भन्नुस कसरि दश प्रतिशत मात्र भयो बुद्धिस्ट नेपालमा| ट्याक्सीको बम्पर स्टिकरमा बुद्ध वाज बर्न इन नेपाल लाउदैमा मात्र काम सकिने होइन|

    दलाई लामाले जे भने त्यो उनको अनभिज्ञताको कारणले होइन, मुर्खताको कारणले हो| औतारिकरणलाई कतिले विकृत मानास्किता भएकाले स्वीकार गर्ने गाइगुइ सुनिने गरिन्छ| त्यतातिर नजाम तर त्यो यँहा सावित भएको हो वा होइन त्यो पाठकले नै जानून|
    तर एउटा कुरो भने सास्वत देखिन आयो|
    अहिलेसम्म दलाई लामालाई चाइनाको दवावमा नेपालमा आउँन नदिएको भन्ने सुनिन्थ्यो|
    अब उसो नेपाली जनताले पनि उनि आएको देख्न चाहना गर्दैनन्|

    Reply
    1. Gaurav says:
      December 2, 2017 at 9:06 am

      Exactly

      Reply
  5. Saroj says:
    November 28, 2017 at 3:35 am

    Teska baje….tyo bela nepal thiyena bhane tibet pani ta thiyena…ani bhutro jasto free tibet bhanna khojya yesle. Arko kura bharatbarsa ra india they are different things…better he call himself indian and forget about tibet.

    Reply
  6. Manish says:
    November 28, 2017 at 2:46 am

    That official clarification is as much a non-sense as the original comment from Dalai Lama.
    If he were any wiser, he could have answered with something in the line of ” Why do you want to limit Buddha to national boundaries? Follow his teachings, they are not for just Nepali, Indian, or asian people. They are for all of humanity!”

    Reply
  7. Suraz says:
    November 27, 2017 at 6:35 pm

    दलाइ लामा लै नै यो कुरा थाहा नहुनु दुखाद्पुर्ना कुरा हो!
    प्रेस बिग्य्प्तिचाई “Face Saving Measure” मात्र हो !

    Reply
  8. Birkhe says:
    November 27, 2017 at 6:35 pm

    मानिसहरु आफ्नै ध्यांबत बुद्ध्त्वो प्राप्त गर्नेले बुद्ध भन्द छौं तर अरुले बनायेकहरुलाई बुद्धि हिन भन्द छौं , दलाइ लामाको पछाडी बस्नेले जे जे भन भन्यो उसै उसै भन्नेलाई कठपुतली भन्ने गरिन्छ, गेरु बस्त्रमा धेरै पापको बिउहरु लुकनेलाई के भनेर bolaune

    Reply
  9. Shankar says:
    November 27, 2017 at 7:35 am

    दले ले इन्डियाको चाकडी गर्यो , कुनै अचम्म मान्नु पर्दैन | तिबेटियाँन लाइ इन्डिया ले बस्न ,खान दिएको छ |
    नेपाल मा जनजाति + मदिसे को एलायन्स को कारण यो पनि एक हो |
    नेपालि बुद्दिस्ट गुरुहरुले एसको बिरोध गरिसकेपछि , दलाई लामा लाइ जबाफ पुगिसक्यो |

    Reply
  10. Haratarah says:
    November 27, 2017 at 3:00 am

    मलाई पनि रिस उठ्यो ‘रे अनि भन्दिएं, “को हो दलाइ लामा?”

    Reply
  11. Ram bahadur says:
    November 27, 2017 at 1:46 am

    Sathi haru ho yo tibet ko kp oli ho haaa man paro. Thing is nepali daju bhai haru tutnu ra futnu bhayena. Yesta paji haru like oli prachande bhukchan because they can because we allowed them. So its time to overthrow them clowns and have good leaders who represent us and nepal.

    Reply
  12. Rohini says:
    November 27, 2017 at 12:21 am

    India’s Lumbini is the copy of Nepal’s original Lumbini.

    Reply
  13. Bibek Dhakal says:
    November 26, 2017 at 9:25 pm

    अरु केहि हैन बेरोजगार र पटमुर्ख नेपालीहरुलाइ राम्रै टाइम पास हो. त्यो बुद्ध वज बर्न इन नेपाल भनेर चिच्याउने ९०% लाइ द्वादशनिदान को अर्थ थाहा छैन होला, ह्विल अफ लाइफ को चित्र देखायो भने के हो यस्तो भन्छन होला , यिनीहरु खुब दलाइ लामाको बुद्धिजमको लेवल जांच गर्छन. गाला रन्किने गरि बजाउनु पर्ने

    Reply
  14. Bimal Nepal says:
    November 26, 2017 at 2:32 pm

    महान दलाइ लामा:
    दलाई लामा मलाई मन पर्छन किनकि उनी सत्य बोल्छन। तर त्यो सत्यता लाई भिडले बुझ्दैन। म धार्मिक नेताले राजनीति गर्न हुदैन भन्ने मान्यता राख्छु। दलाई लामा बुद्द धर्मगुरु र तिब्बतका अन्तीम राजा हुन्। भारतमा शरण लिएर उनले तिब्बतको निर्वासित शासन चलाएपछि आफूलाई राजनीतिज्ञ भन्दा पनि बुद्ध धर्मगुरूको रूपमा संसारसामु उपस्थित गराएर उनी बुद्धधर्मका प्रचारमा खटे। उनले आफ्ना जीवनमा तीनवटा महत्वपूर्ण काम गरेका छन्। १. आफूलाई तिब्बतको अंतिम दलाई लामा घोषणा गर्दै अर्को दलाई लामाको अवतार र घोषणा नहुने। २. तिब्बतले स्वतन्त्रता नखोज्ने तर तिब्बतमा धार्मिकस्वतन्त्रता हुन पर्ने। ३. विश्वमा (हाम्रा) वुद्दको ज्ञान प्रचार गरी शान्ती स्थापना गर्ने। कति महानछन् यी गुरु! उनी जत्तिको ज्ञानी र प्रभावशाली जीवीत बौद्ध गुरू अरू छैनन विश्वमा। उनी राजनीति छाडेर धर्म प्रचारमा लागेका यो शताब्दीका महान सन्त हुन्। सन्तहरु साचो बोल्छन तर संतको कुरा त्यो युगका मानिसले बुझ्दैनन्। वुद्ध जन्मस्थलका बारेमा पनि उनले गलत बोलेका छैनन। चरम नेपाली राष्ट्रवादको बिर्को लगाएको दिमाग़ले यो वुझ्न सक्ने चेतना कम भएको मात्र हो।
    दलाई लामा, हाम्रो नेपाली भूमिमा जन्मिएका गौतमबुद्धको ज्ञानलाई विश्वव्यापी रूपमा प्रचार गर्ने यस युगका महान अन्तरराष्ट्रीय सेलीव्रेटी हुन् , नबिर्सौं।
    दलाइ लामा महान हुन, उनी चीन बिरोधी पनि हैनन बरू युगद्रष्टा हुन।
    #DalaiLama

    Reply
  15. Kebi Ghotane says:
    November 26, 2017 at 8:16 pm

    भारतमा भएको लुम्बिनी हालै बनेको नक्कली हो भन्ने कुरा सबै नेपाली तथा भारतीय लाई थाहा नै छ / यिनीहरुले जानाजानी बुझ पचाएर बैमानी काम गरिरहेका छन् बेला बेलामा /
    सत्य कहिल्यै डग्दैना,झुट्टा कुरा धेरै टिक्दैन भन्ने मनन गरौ /

    Reply
  16. Ram S says:
    November 26, 2017 at 4:35 pm

    लुम्बिनी अहिले पो नेपाल मा पर्यो तर प्रचिनकाल मा लुम्बिनी एउटा स्वतंत्र देश थियो किन भने Buddha स्वयम त्यो देशको युवराज थिय। उनले आफ्नो राजकाजको गद्दी त्यगेर ज्ञानको ज्यती खोज्न र बांडन निस्केको थिय। र अब कूरा आयो Buddha कून देशको हो? सारा सन्सार लाइ थाहछ buddha लुम्बिनी मा जन्मेको हो भनेर, जून ठांउ अहिले नेपालमा छ र सबै बौध्द धर्मवाल्मबी हरूले पनि नेपालमै हो भनेर मानीरहेकैछन। दले लामा ले आफ्नो केही स्वार्थले गर्दा indian लाइ ख़ुशी पार्न भनेको होला तर बिदम्बनाको कूरा हाम्रो देश बिकाषित भइदियको भय सरकार ले नै यस बारे दले लामा लाइ नै तू माफ़ी मगायर त्यो वाक्य लाइ सच्याउन लगाउनेथियो। यस्ता झिना मसिना समाचार का कूरा हरू शोसियल मिडीयामा भाइरल भयर देशमा हंगामा न मच्चीओस र आफ्नै घर पसल हरू मा आग जनि तोडफोड न होउस। हामी रिसले आफ्नै खूट्टामा बन्चरो हान्न यकदमै माहीरछौ र बिगतको जस्तो कृयाकलाप नदोहरीयोस।

    Reply
  17. Bel Bahadur Gurung says:
    November 26, 2017 at 4:30 pm

    India was created by the East India Company of Britain. It makes no sense to glorify India by this Dalai Lama only to please the Indians without knowing the real history.

    Reply
  18. Kebie Ghotane says:
    November 26, 2017 at 10:13 am

    Dalai Lama is nonsense himself. If he will not support India and America he always hate by China

    Reply
  19. राजन says:
    November 26, 2017 at 3:14 pm

    हामी नेपालीले अहम् गर्ने दुई तत्व
    १. बुद्ध
    २. सगरमाथामा
    यसरी नेपाली लाई रीस ऊठ्दा मलाइ “सरदारका बाह्र बज् गया” संझना आउंछ ।

    Reply
  20. Nischal Tiwari says:
    November 26, 2017 at 9:23 am

    Anita Joshi को पोस्टबाट लिएको यो फोटोले अमेरिकि करीकुलममा पनि बुद्ध नेपालमा हैन भारतमा नै जन्मेको भनेर पढाईदो रैछ ।

    Reply
    1. Anita Joshi says:
      November 26, 2017 at 11:28 pm

      This is the bitter truth &our unfortunate Nischal Tiwari bhai

      Reply
  21. RameshSharma says:
    November 26, 2017 at 2:32 pm

    म्यासेडोनियानहरुले कारको पछाडि “Macedonia- the birth place of saint Teresa” भनेर लेख्छन् कि लेख्दैनन्? उनीहरूको बैंक नोटमा “Saint Teresa was born in Skopje” भनेर छापिएको छ कि छैन? Macedonia र Albania को बीचमा उनी कहाँ कि हुन भनेर विवाद छ कि छैन? त्यहाँका मान्छेहरूको फेसबुकमा यदि तपाई खाँटी राष्ट्रवादी हो भने – ‘Saint Teresa was born in Skopje’ लाई एक लाइक दिएर सारा विश्वलाई हाम्रो शक्ति देखाऊँ” भनेर आउँछ कि आउँदैन होला?

    Reply
  22. Sushil says:
    November 26, 2017 at 12:22 pm

    यिनको कुरा धेरै सिरियसली नालिउं साथि हो, यो तिब्बतको केपी ओली हो जे पनि बोल्छ.

    Reply
  23. SK Raj says:
    November 26, 2017 at 6:15 am

    यै फोटोमा देखिएका धोतियन कोब्राका सन्तानले जे जे बोल्न सिकाय त्यै त्यै मात्र भन्याको दल्ल्ल्लाइ लामाले ।

    Reply
  24. Ivar Shrestha says:
    November 26, 2017 at 5:58 am

    दलाई लामाले जे बोले आधि बोले । यसमा केही रहस्य पक्कै छ । उनले बुद्ध हालको नेपाल स्थित लुम्बिनीमा जन्मेको र बुद्धत्व हालको भारत भूमीमा प्राप्त गरेको भनेको भए ठिक थियो । बुद्धको पालामा न नेपाल थियो न भारत, तर अहिले त छ नि । त्यसैले आ आफ्नो भूमीमा भएको घटना र राम्रा कुराको जस किन नलिने ? र जस खोस्नेलाई किन आपत्ति नजनाउने ?

    Reply
  25. Pradip Shrestha says:
    November 26, 2017 at 5:23 am

    The Lie Lama

    Reply
  26. sharad marahatta says:
    November 26, 2017 at 11:00 am

    There are two Lumbinis, one in Nepal and the other in India. Thus, the official clarification is misleading.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme