Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’ मा प्रचण्डको हाफ पेज विज्ञापन

Posted on November 23, 2017November 23, 2017 by Salokya

‘कान्तिपुर’ लगायत कुनै पनि दैनिक अखबारमा शीर्ष नेताले विज्ञापन छापेको देख्नुभएको छ? हरेक दिन उनीहरुकै फोटो र समाचारले भरिएको हुन्छ पत्रिका। विज्ञापन किन छाप्नु पर्‍यो र भन्ने लाग्न सक्छ। तर परिस्थिति यस्तै भइदियो भने शीर्ष नेताले पनि विज्ञापन छाप्नु पर्ने स्थिति आउँदो रहेछ।

आज बिहीबारको कान्तिपुर दैनिकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यक्तिगत पारिवारिक विज्ञापन छापिएको छ। कान्तिपुरमा मात्रै हैन नयाँ पत्रिका दैनिकमा पनि विज्ञापन छापिएको रहेछ।

कान्तिपुर दैनिकको आठौँ पेजमा प्रचण्ड र उनकी पत्नी सीता दाहालको नाममा हाफ पेजको श्रद्धाञ्जलि विज्ञापन छापिएको छ। आइतबार निधन भएका छोरा प्रकाश दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै विज्ञापन छापिएको हो।

विज्ञापनमा समवेदना र सदभाव प्रकट गर्ने स्वदेश तथा विदेशका सबैलाई हार्दिक कृतज्ञता पनि जनाइएको छ। सामान्यतया विज्ञप्तिमात्रै प्रकाशित गर्ने शीर्ष नेताहरुले विज्ञापनै छापेको यो दुर्लभ अवसर हो। प्रचण्डको नाममा विज्ञापन छापिएको चाहिँ यही पहिलो अवसर हो। यसअघि चुनाव प्रचारका विज्ञापन पार्टीको नाममा चाहिँ छापिन्थ्यो।

कति पर्दो रहेछ त यस्तो विज्ञापन छाप्न?

अरु पत्रिकामा समवेदना विज्ञापनमा छुट हुने भए पनि कान्तिपुरमा भने छुट देखिएन। एउटा विज्ञापन एजेन्सीबाट प्राप्त रेट अनुसार भित्री पेजमा छापिएको यो विज्ञापनको दर प्रति सिसी ६०० रुपैयाँ पर्छ। कति सिसीको विज्ञापन हो यो चाहिँ विज्ञापन नापेपछि थाहा हुन्छ।

5 thoughts on “‘कान्तिपुर’ मा प्रचण्डको हाफ पेज विज्ञापन”

  1. Prakriti Pathak says:
    November 26, 2017 at 10:53 pm

    None of the media/press magazine or TV news mentioned the key piece of info: Prachanda, his wife Sita, Prakash and his wife Bina, all four were in Samitvej Hospital in Bangkok just two days before Prakash’s death for the full health check up. And Prakash’s health report showed everything normal. Why did not these media picked up this piece of info bring up in their reporting? Or is it that they are asked to black out this key fact. I think someone murdered Prakash.. but Prachanda and poltical leaders are all afraid to bring this issue up.

    Reply
  2. prithvi says:
    November 25, 2017 at 7:57 am

    प्रचण्ड मर्दा झन् के होला? नेपाल का सम्पुर्ण पत्र पत्रिका को सबै पेज कलर समवेदना ले खचाखच भरिने छ . राजा फालेको त्यो भन्दा धेरै ठुलो सम्राट र राजकुमार को उदय गर्न लाइ रहेछ ! धन्न बोका भेडा नेपालि हरु !

    Reply
  3. Uddhav Mainali says:
    November 24, 2017 at 8:30 pm

    कति वर्ष अगाडिको रेट हो यो ? अहिले त कान्तिपुर मा बिज्ञापन छापेको यसको ठ्याक्कै डबल पर्छ /

    Reply
  4. राजन says:
    November 24, 2017 at 5:13 pm

    ज्ञानेको जॅड्याहा कुपुत्रले भन्दा पनि पहीले सिल्टीम्मुर खाएछन् बिचराले ।

    Reply
  5. Xupeel Babu says:
    November 24, 2017 at 4:22 am

    Political person have enough idea but only at politics rather than development. Lol

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme