शायद् अर्को वर्षदेखि डिभी नै खारेज होला कि। यो वर्षको डिभी भर्ने म्याद भने आजदेखि सकियो। डिभी नेपालबाट हजारौँले भर्छन्। सिन्धुलीका रुद्रबहादुर मोक्तानले पनि भरेका थिए। भर्नुसम्म त ठीकै थियो। तर मोक्तानलाई डिभी पर्यो। डिभी परेपछि भाग्य खुल्यो भनेर धेरैले भन्लान् तर उनको लागि भने डिभी पर्नु नै दुर्भाग्य भइदियो। कसरी? यसरी- उनलाई डिभी पर्यो। तर डिभी भर्नलाई चाहिने न्यूनतम शिक्षा प्लस टु पास गरेको सर्टिफिकेट उनीसँग थिएन। खासमा प्लस टु पास नगरेकोले डिभी नै भर्न नपाउनु पर्ने हो। तर डिभी फाराम भर्दा सर्टिफिकेट नमागिने हुनाले भर्नेले उक्साइदिएर हो कि उनी नै बढी जान्ने भएर हो भरेछन्। अब परिसकेपछि त सर्टिफिकेट चााहियो। के गर्ने?
उनले उपाय निकाले- नक्कली बनाउने। सरकारी जागिर खाँदा त पो सर्टिफिकेट सक्कली कि नक्कली भनेर चेक होला, अमेरिकी दूतावासले त के खोज्ला भन्ने उनलाई लागेको थियो होला।
नक्कली सर्टिफिकेट बनाउनलाई उनले सबैभन्दा पहिला देवराज तामाङसँग सम्पर्क गरे। देवराजले सर्टिफिकेट बनाईदिन्छु भनी मोक्तानसँग साढे ३ लाख रुपैयाँ लिए। देवराजले पनि आफै बनाउने त कहाँ हो र। उनले Secured life consultancy मा काम गर्ने अनिल श्रेष्ठलाई सर्टिफिकेट बनाउन दिए। उनले ४५ हजार रुपैयाँ त्यसका लागि लिए। श्रेष्ठले पनि ३० हजार रुपैयाँमा सत्य विनायक कम्युनिकेशन संचालक विशालजंग शाहीलाई सर्टिफिकेट बनाउनको लागि दिए। शाहीले रु. १२ हजारमा शुरेस शाहीलाई सर्टिफिकेट बनाउन दिए। शाहीले पनि ५५ सयमा कृष्ण अछामीलाई सर्टिफिकेट बनाउन दिए। बनाउने यही अछामी रहे।
हेर्नुस् त लेयर। मोक्तान-तामाङ-श्रेष्ठ-शाही-शाही-अछामी पाँच वटा लेयरमा काम। साढे ३ लाख रुपैयाँ हैन ५५ सयमा भएको रहेछ काम।
नक्कली सर्टिफिकेट लिएर मोक्तान पुगे दूतावास। दूतावासलाई शंका लाग्यो। उसले प्रहरीलाई खबर गर्यो। त्यसपछि दूतावासबाटै मोक्तान पक्राउ परे। त्योसँगै पूरै लेयर प्रहरीको नियन्त्रणमा आयो। अछामी भने फरार छन्।
मोक्तानमात्र हैन डिभी परेर दुर्भाग्य निम्तिने अर्का एक जना पनि छन्- भुवानीप्रसाद भट्टराई। मोक्तानलाई सन् २०१७ को डिभी परेको थियो। ताप्लेजुङका भट्टराईलाई भने सन् २०१८ को।
भट्टराईसित पनि प्लस टुको प्रमाणपत्र थिएन। उनले सन्तोष तिवारीसँग सर्टिफिकेट बनाउनको लागि सम्पर्क गरे। तिवारीले नक्कली सर्टिफिकेट बनाउनको लागी भट्टराई र अभय पोख्रेलको भेट गराई रु.९० हजारमा सर्टिफिकेट बनाउनको लागी डिल भई सर्टिफिकेट बनाई लेनदेन कारोबार गरे। पोख्रेल यसअघि नै २०६९ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परी कारवाही भइसकेका व्यक्ति रहेछन्। अझै यस्तो काम छाडेका रहेनछन्। फेरि उनी पक्राउ परे।
प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेका व्यक्तिहरु यी थिए-
पक्राउ व्यक्तिहरु :
१.नाम : रुद्र ब. मोक्तान
उमेर : ३५ बर्ष
स्थायी ठेगाना : जिल्ला सिन्धुली, तिनपाटन -४
पेशा : कृर्षि
२.नाम : भुवानी प्रसाद भट्टराई
उमेर : ३८ बर्ष
स्थायी ठेगाना : जिल्ला ताप्लेजुङ्, खेवाङ् -२
पेशा : कृर्षि
३.नाम : बिशाल जंग शाही
उमेर : २६ बर्ष
स्थायी ठेगाना : जिल्ला कालिकोट, तिलागुफा -६
पेशा : साईबर समबन्धी
४.नाम : शुरेस ब. शाही
उमेर : २४ बर्ष
स्थायी ठेगाना : जिल्ला कालिकोट , तिलागुफा -५
पेशा : बिद्यार्थी
५.नाम : अभय पोख्रेल
उमेर : ३२ बर्ष
स्थायी ठेगाना : जिल्ला सुनसरी धरान न.पा. – ११
पेशा : विद्यार्थी
६.नाम : अनिल श्रेष्ठ
उमेर : ३३ बर्ष
स्थायी ठेगाना : का.जि.का.म.न.पा. -४, चण्डोल
पेशा : स्क्युर्ड लाईफ कन्सल्टेन्सीमा काम गर्ने
७.नाम : देवराज तामाङ्
उमेर : ३० बर्ष
स्थायी ठेगाना : जिल्ला काभ्रेपलाञ्चोक महाभारत -१
पेशा : विद्यार्थी
८.नाम : सन्तोष कुमार तिवारी
उमेर : ३७ बर्ष
स्थायी ठेगाना : जिल्ला काठमाण्डौ मनमैजु २ (क)
पेशा : व्यापार
विभिन्न बैंकहरुको किर्ते बैंक स्टेटमेण्ट बनाउन लगाई भिसाको लागि कोरियन दूताबासमा पेश गरी ठगी गर्ने कार्यमा संलग्न बाबु भण्डारी, दिवाकर बाबु भट्टराई, महेश पाण्डे, पदमराज पाठक, मनोज चौधरी समेत ५ जनालाई ठगी मुद्दामा मिति २०७४।०६।०९ गते पक्राउ गरी कारवाही गरिएको छ। साथै यसै समूहले नै विभिन्न राजनैतिक दलका शीर्ष नेताहरु विदेश जाने समयमा आफ्ना केही व्यक्तिलाई Delegates बनाई सँगै USA लगायत अन्य देशहरुमा पठाउने र विदेश पठाए पश्चात लुकाई राखी प्रतिव्यक्ति १० लाख सम्म रकम अशुल्ने गरेको समेत खुल्न आएकोले यसतर्फ समेत अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
They don’t have to worry about it. Even Without 12 class pass certificare they can fill updv lottery and if they win and if they eligible they can get visa . No need to pass 12 class. Just need 2 years of experience any job category which is in available. So they want to be extra smart and they get caught by cops. So be honest and do fair its would be good
दैब ले कसैलाई धनसम्पति , सोहरत दियो , इज्जत दियो भनेर पाउने ले मातिन पर्दैन र न पाउनेले पाइन् भनेर आतिन पर्दैन | कोइ कोइलाइ तेही धनसम्पति र इज्जत नै पासो भै दिन्छ र दुर्गतिहुदै दुखि हुनपुग्छन , न पाउनेले बास्तबिकता कोनजिक भएर यथार्थ को जिन्दगि जिउछन, झन्डै पूर्ण सुखी जिबन पनि जिउछन |
विधाता ले हिसाब किताब प्राय जसो मिलाएको देखिन्छ |