Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कस्तो दुःखद संयोग! प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाएपछि ढलेका गायकको मृत्यु

Posted on November 22, 2017 by Salokya

मृत्युले पनि कहिलेकाहीँ कस्तो संयोग जुराउने रहेछ। वाम गठबन्धनले आज चितवनमा चुनावी सभाको आयोजना गरेको थियो भरतपुर बसपार्कमा। प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक निधन भएपछि यो सभालाई श्रद्धाञ्जलि सभामा परिणत गरिएको थियो। प्रकाशको फोटो राखिएको थियो ठूलो र माला लगाइएको थियो। प्रचण्डसहित प्रचण्ड पत्नी सीता पनि सभामा उपस्थित थिइन्।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुशीराम पाख्रिनले सभाको सुरुमा एउटा गीत गाएका थिए। गाउँदागाउँदै उनलाई गाह्रो भयो। टाउको दुख्यो भन्दै निस्केका उनी ढले।

तत्काल उनलाई नारायणी सामुदायिक अस्पताल लगियो। अस्पताल पुगेको केही समयमा नै उनको मृत्यु भयो। चिकित्सकका अनुसार उनलाई हृदयघात भएको थियो।

श्रद्धाञ्जलि सभामै उनको मृत्यु भएको खबर सुनाएर श्रद्धाञ्जलि दिइयो।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा भएको थियो। ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन्। एक छोरा भने द्वन्द्वकालमा मारिएका थिए।

उनका धेरै जनवादी गीत धेरैको मुखमा झुण्डिएको थियो एकताका। पाख्रिनको शवलाई राति उनकै निवास रामपुरमा राखिएको छ। भोलि बिहान ८ बजे नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय भरतपुरमा श्रद्धाञ्जलिका लागि राखिनेछ। त्यहाँ छोरा गुमाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।

उनको अन्तिम गीत टेलिभिजन क्यामेरामा यसरी कैद भएको थियो। हेर्नुस् भिडियो-


तपाईँहरुलाई याद छ कि छैन एक पटक प्रचण्ड र बाबुरामसहितका माओवादी नेता रुँदै गरेको भिडियो सार्वजनिक भएको थियो। चुनावङ बैठकपछि कलाकारहरुले प्रस्तुत गरेको ओपेरा हेरेपछि मन थाम्न नसकेर उनीहरुको आँखा रसाएका थिए। यो ओपेराको लेखन र निर्देशन उनै खुशीराम पाख्रिनले गरेका थिए।

हेर्नुस् त्यतिबेलाको भिडियो

उनको चर्चित गीत

10 thoughts on “कस्तो दुःखद संयोग! प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाएपछि ढलेका गायकको मृत्यु”

  1. राजन says:
    November 22, 2017 at 7:25 pm

    त्प्रयो कार्यक्रममा चण्डे-बाबुरामे रोएको त नाटकै होला । त्यसपछि अरुको छोरा छोरी मार्न छोडेको भए पो सांचो मान्नु त ।
    हालै पुत्रशोकमा रोएको चाहिँ सांच्चै होला ।

    Reply
  2. Kebie Ghotane says:
    November 22, 2017 at 6:07 am

    Rest in peace

    Reply
  3. Suren Purja Pun Magar says:
    November 22, 2017 at 3:16 am

    Rip comred

    Reply
  4. R.k. Khesang says:
    November 22, 2017 at 1:40 am

    गतिलो मान्छेको श्रद्धाञ्जलि सभामा गाएको भए पो त…१७ हजार जनताको नरसंहारकारी लाई श्रद्धाञ्जलि पचोस् पनि कसरी???

    Reply
  5. मेक बहादुर खत्री says:
    November 22, 2017 at 12:50 am

    अझै को को लाई तान्ने हो बेलैमा बिचार गरुम है

    Reply
  6. Ghale Maiya K says:
    November 22, 2017 at 12:46 am

    Rest In Peace ,

    Reply
  7. avaya says:
    November 22, 2017 at 2:59 am

    चालिसको दसकमा रामपुर campus पढदा देखेको, अनि एक/दुइ पल्ट गीतपनि सुनेको थियं / निकै बुढा भै सकेका रछन ! हुनत, आफैं बुढो भै सकियो ! येस्तै हो संसार के गर्नु?

    Reply
  8. Thaman Khadka says:
    November 21, 2017 at 7:46 pm

    Rip

    Reply
  9. Kebib Bibek Kebib says:
    November 21, 2017 at 7:25 pm

    गैती-बेल्चा उचालेर पहाडलाई छिचोलेर,
    डाँडा-काँडा बाटो बनायो
    के पायो नि कुल्ली दाईले के खायो नि कुल्ली भाईले,
    अर्कैले मोटर गुडायो। …………………..।
    पान्चायतकालमा जनता ब्यूँझाउने जनगायक खुशीराम दाइ । हार्दिक श्रद्धान्जली ।

    Reply
  10. Shankar says:
    November 22, 2017 at 1:01 am

    पाख्रिन त् बिचरा कलाकार थिए , बाबुराम, प्रचण्ड रोएर के फरक पर्यो त् , त्यो देखावटी रोएको मात्र हो ? न भय शान्ति प्रक्रिया मा आएका तेत्रो पैसा खोइ ? के पिडित ले पाए ?
    हिजो माउबादिले लुटेको तेत्रो रकम खोइ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme