Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा ‘डन’लाई चुनाव लड्दा टेन्सन केको हुँदो रैछ?

Posted on November 20, 2017 by Salokya


‘डन’भन्ने शब्दको वास्तविक अर्थ जे भए पनि नेपालमा भने आपराधिक कार्यमा लागेका, अलि कुख्यातलाई डन भनिन्छ। बोलिचालीको भाषामा टोले गुन्डा पनि डनै हो। हनुमानसँग थरथर काँप्ने भस्मे गुन्डा पनि डनै हो। यस पटकको चुनावमा ‘डन’ को नामले कुख्यात दुई जना चुनाव लड्दै छन्- काभ्रेबाट नेपाली कांग्रेसका गणेश लामा र मनाङबाट एमालेको समर्थनमा दीपक मनाङे। दुवै प्रदेश सभाका लागि चुनाव लड्दै छन्। चुनाव हो, लडेपछि टेन्सन भइहाल्छ। खासमा यसरी डन चुनावमा लड्दा चाहिँ केको टेन्सन हुँदो रहेछ त? हाम्रा साथीहरु भर्खरै उपल्लो मनाङ पुगेका थिए। चुनाव प्रचारप्रसारमा रहेका दीपक मनाङेसित कुरा गर्दा उनले एउटा कुरा बताए- बिचरालाई नमस्कार गर्दाको टेन्सन भएको रहेछ।

अहिले चुनाव लड्नका लागि प्रचार प्रसारका क्रममा भूपू डिआइजी साब नवराज सिलवालसमेत खेतमा धान काटिरहेका देखिएका छन्। रवीन्द्र अधिकारीले गाईको दूध दुहे। हलो जोतिरहेका उम्मेदवार पनि देखिए।

मनाङेले चाहिँ भने, ‘मेरो पोलिटिक्स गर्ने नेचर छैन। म मान्छेलाई राम्रो गर्नसक्छु तर नमस्कार गर्दै हिँड्न सक्दिनँ। यो नमस्कार गर्दागर्दा हात नै दुखिसक्यो। दिनमा ५० जनालाई नमस्कार गर्नुपर्छ। म त्यसका लागि जन्मिएको होइन। हामी जमिनदार हौं यहाँको। मुखियाको हिसाबले चलाएको हो। नमस्कार न मेरो बाजेले गर्‍यो, न बाबुले। मलाई नि गाह्रो भएको छ। तर सिनियर दाइले नै नमस्कार गरिररहेको हुन्छ, त्यसैले गर्नु पर्‍यो।’

बिचरा, सधैँ अरुले दीपक दाइ भनेर मानले बोलाउँदै नमस्कार खाइरहने बानी परेका उनलाई पोलिटिक्समा आएपछि भोट माग्न नमस्कार गर्दै हिँड्नु परेको छ। अरुलाई ठटाउने हात अरुका अगाडि जोड्नु परिरहेको छ। त्यसैले त नमस्कार गर्दागर्दा हात दुखेको उनको। ‘दिनमा ५० जनालाई नमस्कार गर्नुपर्छ म त्यसका लागि जन्मिएको होइन’ भनेर बरु ‘डन’ले रियलाइज गरे। के चुनावमा पूरा हुनै नसक्ने नानाभाँती वाचा गर्नेहरुलाई यस्तो कुरा गर्दा मुख दुख्दैन होला?

गुन्डा भए पनि इमान्दारीका साथ साँचो कुरा बताए अन्तर्वार्तामा। भने, ‘मेरो एमाले नेतासँग मिल्दै मिल्दैन। विद्यार्थी कालमा सबैभन्दा बढी एमाले नेतालाई नै कुटेको छु। अखिललाई सबैभन्दा बढी कुटेको छु। अखिलका सबै नेता मन्त्री भएका छन्। उनीहरुले मलाई जिन्दगीमा माथि आउन दिँदैनन्।’

पूरा अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुस्।

काठमाडौँबाट देखिए जस्तो दीपक मनाङेलाई मनाङमा जित्न सजिलो रहेनछ। मनाङेले काठमाडौँबाटै केटाहरु लिएर गएका रहेछन् मनाङ। उनीहरुलाई साथै लिएर चुनाव प्रचार प्रसारमा लागिरहेका रहेछन् अहिले।

मनाङेको चुनाव क्षेत्रमा प्रदेश सभाका लागि जम्मा दुई जना उम्मेदवार। एक जना उनी आफै स्वतन्त्रबाट, अर्का कांग्रेसका कर्म गुरुङ। कांग्रेसको रुख, मनाङेको बालक चुनाव चिह्न। खासमा एमालेले पनि उम्मेदवार उठाएको थियो। तर फिर्ता लिएर उनलाई सहयोग गर्ने निर्णय गर्‍यो। अहिले एमालेको झण्डासहित उनी प्रचारमा हिँडेका छन्।


मनाङको प्रतिनिधि सभामा पनि जम्मा दुई जना उम्मेदवार। कांग्रेसबाट टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छोपाङ गुरुङ। दीपक मनाङेको चुनाव प्रचारमा त्यही भएर सूर्य चिह्न अंकित झण्डा पनि देखिन्छ।

डनबारे दीपक मनाङे के भन्छन्, भिडियो हेर्नुस्-

5 thoughts on “एउटा ‘डन’लाई चुनाव लड्दा टेन्सन केको हुँदो रैछ?”

  1. SUSHIL says:
    November 22, 2017 at 7:46 pm

    दुई चार दिन नमस्ते गर्दै हिंड्दा त हात दुख्यो भन्ने ले के काम गरेर खान्छ भन्नुभाछ? कुरो गर्नुहुन्छ यार….

    Reply
  2. Rajendra Rashika Bhandari says:
    November 21, 2017 at 2:02 pm

    Southindian movie ko story jastai..

    Reply
  3. तेन्जिङ शेर्पा छेस्काम मामेर्कु says:
    November 21, 2017 at 8:16 am

    साले जनता लुट्ने र बुट्नेले देश चलाउने भए ईमान्दार को के काम ?
    हामी नि डन भन्दा कम छैनौ लड्न र अडाउन सक्छौ ।

    Reply
  4. Shankar says:
    November 21, 2017 at 2:44 am

    मान्छेले किन पढ्नु पर्यो , उन्नति गर्नु पर्यो ? खोजि खोजि येस्ता डनलाइ टिकट दिने पार्टी देश मा भएपछी|
    बरु बेस्करी खाने , दिनभर ब्यायाम गर्ने , हतियार चलाउन सिक्ने , मोज मजा गरेर गुन्डागर्दीको अभाय्स गर्ने | अझ सेना र पुलिस मा जागिर खाएका बलिस्ट सरिर भएकाले किन
    आफूभन्दा माथिका को आज्ञा मानेर , सानो जागिर गरेर नोकर भएर बस्ने ? किन हतियार उठाएर डन न बन्ने ?
    तेत्रो देश को ठुलो पार्टी ले समाज मा प्रोत्सहान गरेको येस्तै कुरालाई हैन त् ?

    Reply
  5. Arjun Karki says:
    November 20, 2017 at 4:59 pm

    Hhhhhh hejo sam lutpat garek aja namkar garda laj lagyo hola

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme