Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के बीबीसीले नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने अभियान चलाएको थियो?

Posted on November 19, 2017November 19, 2017 by Salokya

नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने अभियान बीबीसीले चलाएको कुरा बेलामौकामा चर्चामा आउने गर्छ। अहिले खासगरी बीबीसीका एक पूर्व पत्रकार रवीन्द्र मिश्रको चुनावी अभियानका क्रममा पनि यो विषय उठाइएको छ। के साँच्चिकै बीबीसीले यस्तो कार्यक्रम वा अभियान चलाएको थियो? कि यो हल्लामात्र हो? आउनुस् तथ्यका आधारमा सत्य खोजौँ।

हल्लामात्रै हो?

हैन। आश्चर्य लाग्न सक्छ तर बीबीसीले नेपाललाई भारतमा गाभ्दा कसो होला भन्ने आशयको प्रश्न स्रोतालाई सोधेकै थियो। के भएको थियो त त्यतिबेला? आउनुस् विस्तृत जानकारी बुझौँ।

कुरा सन् २००० को हो। अर्थात् विक्रम संवत् २०५७ साल। बीबीसी वर्ल्ड सर्भिस (नेपाली सेवा हैन विश्व सेवा)को साउथ एसियन डिबेट्स (दक्षिण एसियाली बहस) मा बीबीसीले एउटा प्रश्न राखी स्रोताहरुबाट त्यसको जवाफ माग गर्थ्यो। जवाफलाई रेडियोमा पढेर सुनाइन्थ्यो र अनलाइनमा पनि राखिन्थ्यो।

सन् २००० को सेप्टेम्बरमा बीबीसीले बहसका लागि एउटा प्रश्न राख्यो- नेपाल गरिब, अविकसित राष्ट्रका रुपमा रहेको छ। दक्षिण एसियाका अन्य देशहरुमा भन्दा यहाँ परिवर्तन निकै ढिला भएको छ। भाषा, संस्कृति र धर्म लगायतका विषयमा निकै समानता जब छ भने नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्दा अझ राम्रो होला?

म आफैले यो विषय रेडियोमा सुनेको थिएँ। त्यतिबेला प्रयोग गरिएको शब्द Security Umbrella थियो। तर त्यसको भाव भने भारतसित गाभ्ने भन्ने नै थियो। प्रश्नमा के नेपाल सर्भाइभ गर्न सक्छ र सर्भाइभ हुनुपर्छ त भनेर समेत सोधिएको थियो। अचम्म लागेको थियो एउटा सार्वभौम सम्पन्न देशका विषयमा बीबीसीलाई किन यस्तो बहस चलाउनु परेको होला?

त्यतिबेला गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री बनी सरकार चलाइरहेका थिए। बीबीसीको यो रवैयाको त्यतिबेला चर्को विरोध भएको थियो। त्यतिबेला बीबीसी नेपाली सेवातर्फ भने खगेन्द्र नेपाली प्रमुख थिए। नेपाली सेवातिर यो विषयमा के बज्यो खासै याद छैन मलाई। रवीन्द्र मिश्रले सन् १९९५ मा बीबीसी नेपाली सेवाबाट त्यहाँ जागिर सुरु गरे पनि पछि अङ्ग्रेजी भाषाका कार्यक्रमहरु वर्ल्ड टुडे र न्युज आवरमा र पछि बीबीसी वर्ल्ड सर्भिस न्युजरुममा काम गरेको बीबीसीकै प्रेस अफिसको प्रेस रिलिजमा उल्लेख छ। यहाँ क्लिक गरी पढ्नुस्।

यो आपत्तिजनक प्रश्न वर्ल्ड टुडेकै कार्यक्रममा राखिएको थियो।

चर्को विरोध भएपछि बीबीसीले यो प्रश्नलाई परिवर्तन गर्‍यो। Security Umbrella शब्द हटाई Closer ties अर्थात् भारतसँग निकट सम्बन्ध राख्नुपर्छ भन्ने बनाइयो। यो संशोधित प्रश्न र त्यसमा आएका जवाफ अझै पनि बीबीसीको अर्काइभमा हेर्न सकिन्छ।

जवाफहरु पढ्न यहाँ क्लिक गर्नुस्। हेर्नुस् केही जवाफमा Security Umbrella शब्दहरु पनि छन्।

ओरिजिनल प्रश्न भने यस्तो थियो-

Can Nepal survive a resurgent India?

Nepal remains a poor, underdeveloped
country where change seems to happen
much more slowly than elsewhere in South
Asia.

The chances of the domestic
economy growing quickly and
robustly seem remote as the
country is hugely dependent on
tourism, and exports very little
beyond carpets, some tea and its people.

When they have so much in common including
language, culture and religion, might Nepal be
better off more openly under India’s
umbrella? Can the country survive and should
it? Tell us what you think.

A World Today debate on this subject will be
broadcast on BBC World Service Radio on
Thursday 28th September at 0045 and 0245
GMT. A selection of your emails will be read out
during the debate and daily on the programme
leading up to the debate at 0040GMT and 0240
GMT.

यसको लिङ्क थियो यो http://newsvote.bbc.co.uk/hi/english/talking_point/debates/south_asian/newsid_935000/935782.stm
अहिले भने यसमा क्लिक गर्दा संशोधित पेज नै देखाउँछ।

9 thoughts on “के बीबीसीले नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने अभियान चलाएको थियो?”

  1. Neeroj Maskey says:
    November 23, 2017 at 6:25 pm

    यो मान्छे मलाई चाहि तेत्ति जायज लाग्दैन! मैले चुन्नुपर्ने र भोट् दिनुपर्ने खस्सै कुरामात्र र कारण देख्दिन!
    देशको अस्तब्यस्त संक्रमणकाल साथै जनताको असंतुस्टि र सेन्टिमेन् लाई मेटरालाईज गर्दै आफ्नो अभिस्ट पुरागर्ने च्याखे दाऊउमा उध्धत्त देख्छु! आफ्नो दुई दशकको बेलायत बसाई अनि बिबिसि मा काम गेरेको ट्याग् विदेशिएका नेपालिहरुको देशप्रतिको सेन्तिमेन्टमा ऊठाइएको रकमले चलायको च्यारीटि (नराम्रो भन्न खोजेको होईन!) मा त केहि सुन्या नसुन्या बिबादमा धसिएको छ् भने राजनितिमा होमिएपछि के के पो सुन्नुपर्ने हो आउदादिनमा!

    यिन्लेपनि अर्कोलाई असक्षम र असफल् देखाउने गालिगर्ने र भड्काऊने भन्दा अर्को कुनैकुरो जानेको जस्तो त मलाई लाग्दैन! देशको लागि के गर्ने र के गर्नुपर्छ अनि के गर्छु र गर्नसक्छु भन्ने कुनै स्पस्ट् कुरै छैन कुनै योजना र बिकाशको खाकै छैन न परिस्थिति उपलब्धता र अवस्थाको बिषेश् अनि गहन अध्यायन भयको ब्यक्ति जस्तोनै लाग्छ मलाई त!

    कुरो छ त मात्र हामिले देशलाई के गर्यौ हाम्रा नेताहरुले के गर्यो भन्ने अनि आफु यो देशमा राजनिति गर्नखोज्ने लाखौको बिबिसिको नोकरि छोडेर् आयको भन्ने एकोहोरो र घमंडको दुस्साहासि पाखंडता बाहेक अरुथोक देखिदैन!
    रबिन्द्र मिश्र किन अरु नेताहरु भन्दा उत्तम छ र मत दिएर चुन्न जायज छ् भन्नेकुरा नै छैन!
    के बिबिसिको जागिर छोडेर् बेलायत बसेर आयको ले चुन्नुपर्ने ? तेसोभय भोलि अंएरिकाको CNN जागिर छाडेर् कोहि आयोभने तेस्लाई सिधै प्रम बनाउने? च्यारीटि चलायकै कुरो भन्नेहो भने यिन्को भन्दा कयौगुणा अरु छन र यिनिभन्दा कम वा बिबादमै नपरेका हरु छन्!
    बैकल्पिक राजनितिलाई चुन्नुपर्ने बाध्यतामा नहुनु मामा भन्दा कानो मामा बेस भनेर रोज्नलाई मात्र होला नत्र मेरो बिचारमा यिन्ललाई रोज्नुपर्ने कुनैकुरा देख्दिन! र यिनिमा अलिकति घमन्ड् र पाखंडिपना देख्दा साथै संकास्पद केहि कुराले म चाहि यिनलाई मत दिन् सक्दिन!
    यिन्को जित् हार मेरोलागि काँग लाई बेल् जस्तै हो!

    Reply
  2. Sushil says:
    November 22, 2017 at 12:23 pm

    अहिलेका उमेद्वारहरु मध्ये सबैभन्दा खतरनाक रबिन्द्र मिश्र नै हो, जसको काम आफ्नो कमाइले नभई अरुसंग चन्दा मागेर परोपकार गर्ने छ, उसले कस्तो उध्यमशिलता सिकाउने हो?

    Reply
  3. damsi says:
    November 21, 2017 at 9:21 pm

    नेपाल मा दुइ धार को राजनीति छ. एउटा भारतीय प्रभावको र अर्को चिनेसे प्रभाव को . यो नया पार्टी र नया मान्छे नया धारको पाइला हो. वेस्टर्न (पश्चिमी) वा अझ भनौ अमेरिकी प्रभाव. अब नेपाल मा त्यहि बाँकी थियो, भयो. हामी नेपाली को स्वबिबेकी नेता नभएर एस्तो हुदै छ.

    Reply
  4. Ganesh K.C. says:
    November 20, 2017 at 12:29 pm

    राष्ट्र र राष्ट्रियता लाई सम्बन्धी नकारात्मक असर गर्न सक्ने बिषयमा औपचारिक बहश चलाऊने अधिकार कसैलाई पनि हुँदैन । त्यो काम कसले गर्‍यो, होइन कि त्यो बिषय के हो, त्यो आधारमा ठीक बेठिक निर्णय हुनुपर्छ । यो बिषय म तुरुन्त अदालतएे कार्यबही सुरु गरेर दोशिले सजय पाउनइ पर्छ। राष्ट्रियता कसैको खेलौन होइन, जसलाई मन लाग्यो, प्रश्न बनाउने, debet गर्ने ।

    Reply
  5. Shankar says:
    November 19, 2017 at 8:24 pm

    रबिन्द्र मिश्र पत्रकारिता , र अंग्रेजी पढेको , देश देश घुमेर आफ्नो देश लाइ पनि बनाउछु भनेर हिडेको व्यक्ति भएकोले , तेस्ता मान्छे नेपालि राजनीतिमा जरुरि छ | पोजिटिब भएर लिदा राम्रो हुन्छ | धमला को हमला सुनेरै रमाएर बस्ने ?
    संका त् रबिन्द्र मिश्र ,माकुने, अमरेश सिङ्ग , सिटौला , बाबुराम सब ‘र’ का खुफिया हुन् कि जस्तो लाग्छ | तर यी सब पनि त् नेपाल आमाकै सन्तान हुन् , आफ्नै आमा प्रति गद्दारी न गर्लान कि ? तेसैले पोजिटिब भएर सोच्नुपर्छ |

    Reply
  6. दिल लिम्बु says:
    November 19, 2017 at 6:06 am

    हामी गरीब भएपनि मागेर खाएका छैनौ किनेरै खाएका छौ त्यो भारत सङ्ग कुनै पुजिबादि राष्ट्र ले गिद्दे नजर लाउनुपर्दैन ।

    Reply
  7. Magar Ratna says:
    November 18, 2017 at 7:56 pm

    BBC Nepal In-Charge हुंदा ऊनकै कर्मचारि फुंयाल थरको ले, यौन सोषण गरेर एक बिदेसि महीलाले अदालतमा मुद्दा हालिन, तर रबिन्द्र मिश्रले कारवाहि गर्नुको साटो, त्यो ऊनको ब्यक्तिगत मामिला भनेर पन्छे, अव यस्तो लोईमुतेले नेतृत्व गरेको पार्टिले के नै नाप्ला र?

    Reply
    1. Jabegu Surendra says:
      November 18, 2017 at 10:46 pm

      मुद्दा अदालतमा पुग्यो भने कसरी अन्य ब्याक्ती सम्लग्न हुन्छन ?

      Reply
  8. Bishnu says:
    November 19, 2017 at 1:29 am

    सालोक्य जी,
    यो चुनाब को बेला मा फेरी किन यो लेख आयो भन्ने कुरा अलि गहिरो छ जस्तो लग्यो, एस्त खबर छापिएर रबिन्द्र मिश्र लाई केहि फरक पर्छ जस्तो लाग्दैन.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme