Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस वर्ल्डमा इशानीको रेकर्ड तोड्न सकिनन् नीकिताले

Posted on November 18, 2017 by Salokya


यस पटक मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी नीकिता चाण्डकबाट ठूलै अपेक्षा गरिएको थियो। मिस नेपालमा उनको प्रश्नहरुको जवाफ दिने शैली हेरेर धेरैले यस्तो अपेक्षा गरेका थिए। तर सौन्दर्य प्रतियोगितामा पनि अरुतिर जस्तै जितिरहने देशहरुले नै धेरै जित्ने सम्भावना हुने रहेछ। यस पटक पनि मिस वर्ल्ड मिस इन्डिया मानुषी चिल्लर भइन्। नीकिता टप ४० मै सीमित भइन्। नेपालीहरुको भोटका कारण उनी आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर टप ४० मा पुगेकी थिइन्। सीधै टप १५ सम्म पुग्न सक्ने मल्टिमिडिया च्यालेन्जमा भने नेपालीहरु लागिपरेको काम लागेन, मिस मंगोलियाले टप्काइन् उपाधि। ब्युटी विद् अ पर्पोजमा पनि उनको सम्भावना मानिएको थियो छाउपडीविरोधी अभियानका कारण। तर त्यसमा पनि उनी टप फाइभमा पुग्न सकिनन्। नीकिताले अन्तमा मिस नेपाल इशानी श्रेष्ठको रेकर्डसमेत तोड्न सकिनन्। इशानीले सन् २०१३ मा ब्युटी विद् अ पर्पोज जितेर मिस वर्ल्डको टप १० मा स्थान बनाएकी थिइन्। नेपाली सुन्दरीहरुले विश्वस्तरको सौन्दर्य प्रतियोगितामा पाएको यो नै सर्वाधिक सफलता हो। उपाधि नजिते पनि टिभी स्क्रिनमा भने नीकिता पटक पटक देखिइन्। हेरौँ केही दृश्य-

मिस वर्ल्डको ओपनिङ डान्समा नीकिता पनि देखिइन्-

त्यसपछि डान्सेज अफ वर्ल्डमा नेपाली पोशाक र नृत्यका साथ देखा परिन् नीकिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme