Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूपू डिआइजी साबलाई चुनाव लड्दा पनि टेन्सन दिने उम्मेदवार

Posted on November 17, 2017 by Salokya

डिआइजी नवराज सिलवाल वरियतामा एक नम्बरमा रहेर पनि आइजी बन्न पाएनन्। उनको ब्याचमा जस्तो आइजी बन्नका लागि फोहरी खेल नेपाल प्रहरीको इतिहासमा कहिले भएन। राज्यका तीनै अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाबीच तनाव उत्पन्न भयो। सिलवाललाई आइजी बन्न नदिन सक्रिय रुपमा लाग्ने मध्येका एक थिए गुनबहादुर थापा। सिलवालले चर्को ब्याज (मिटर जस्तो चलिरहने भएर मिटर ब्याज पनि भनिन्छ) लिएर आफूलाई टाट पल्टाएको आरोप लगाउँदै उनले मिडियामा अन्तर्वार्ताहरु मात्र दिएनन्, सर्वोच्चमा मुद्दासमेत हाले। भलै मुद्दा खारेज भइदियो।

सिलवालले झुटो मुद्दामा फसाएर आफूलाई जेल हालेको आरोप पनि उनले लगाए।

जति गर्दा पनि सिलवाल आइजी हुन पाएनन्। उल्टो झण्डै कीर्ते मुद्दा चल्ने परिस्थिति बन्यो। आफूलाई अन्याय भएको भन्दै उनी जनतासित न्याय माग्न चुनावमा उत्रिए। त्यसका लागि सुरुमा उनले प्रहरीबाट राजीनामा दिए। त्यसलगत्तै मुट्ठी कसेर लालसलाम गर्दै केपी ओलीबाट टीका लगाएर एमाले प्रवेश गरे। र, ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिए।

वाम गठबन्धनबाट उम्मेदवार भएका सिलवालको प्रतिस्पर्धा नेपाली कांग्रेसका उदयशमशेर राणासित छ। तर सिलवाललाई टेन्सन दिन उनै थापा फेरि पनि मैदानमा छन्। चाँदनी शाहले सकारात्मक भावमा लेखेको ‘जहाँ जहाँ जान्छौ तिमी, म पाइला बनी पछ्याइरहन्छु’ गीत झैँ पछ्याउँदै आइपुगेका छन् थापा। रोचक त के छ भने सिलवालले जस्तै उनले पनि आफू न्याय माग्न चुनाव लडेको बताउँछन्।

स्वतन्त्र उम्मेदवारका रुपमा ललितपुर १ मा उम्मेदवारी दिएका थापाले नजिते पनि सिलवालको भोट काट्नलाई भने भरपुर प्रयास गर्नेछन्। हेर्नुस् त उनले मिडियामा अन्तर्वार्ताहरु समेत दिन थालिसके, सगरमाथा टेलिभिजनको अन्तर्वार्ता-

बिचरा भूपू डिआइजी साबलाई पद छाडेर धान काट्दै मत मागेर चुनावमा उत्रँदा पनि सुख छैन, टेन्सनै टेन्सन।

(थापा र मिटरब्याज काण्डबारे धेरै कुरा यसअघि नै मिडियामा आइसकेकोले धेरै लेख्न आवश्यक परेन। इच्छा भए यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ)

2 thoughts on “भूपू डिआइजी साबलाई चुनाव लड्दा पनि टेन्सन दिने उम्मेदवार”

  1. गोपाल says:
    November 27, 2017 at 9:13 pm

    एऊटा कर्मचारी ले आफुले आफ्नो परीवार पाल्न धौ धौ हुने अनी व्याज मा लगाऊने रुपैया कता वाट ल्यायो होला सोच्न पर्ने कुरा

    Reply
  2. Bstha says:
    November 17, 2017 at 9:11 am

    ऋण लिने बेला मा चर्को ब्याज तिर्छु भन्दै करोडौ को ऋण लिने अनि तिर्ने बेलामा चाही डुबायो भन्ने …..गुनबहादुरको बढी गल्ति छ सिलवालको भन्दा…..ऋण नै नलिएको भए हुन्थ्यो त चर्को ब्याजमा …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme