Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् विकी लभ्स मोनुमेन्टस प्रतियोगितामा विजयी १० फोटोहरु

Posted on November 11, 2017November 16, 2017 by Salokya


आजभोलि केही विषयमा बढी जानकारी पाउन मन लाग्यो कि खोलिने वेबसाइट हो विकिपिडिया। विकिपिडियाले आफ्ना विकिमिडिया च्याप्टर्स र ग्रुप्सहरुको आयोजनामा सांस्कृतिक सम्पदाहरुको सार्वजनिक फोटो प्रतियोगिता गर्ने गर्छ। यसको सुरुवात नेदरल्यान्डसबाट सन् २०१० मा भएको हो। त्यसपछि २०११ मा यो युरोपभर आयोजना भयो। यो वर्ष भने नेपालमा पनि आयोजना गरिएको थियो। यो प्रतियोगिताको उद्देश्य पाठकहरु र विकिपिडियाका प्रयोगकर्ताहरुलाई सांस्कृतिक धरोहरहरुको फोटो खिचेर विकिपिडियामा प्रयोगका लागि अपलोड गर्न लगाउनु हो। नेपालमा भएको प्रतियोगितामा १०३ जनाले ३ हजार ११६ वटा फोटो अपलोड गरेका थिए। ती मध्येबाट उत्कृष्ट १० को घोषणा गरिएको छ। हेरौँ उत्कृष्ट १० फोटोहरु

१० तलेजु मन्दिर र हनुमानढोका परिसर

यो फोटो समिर प्रधानाङ्गले खिचेका हुन्।

९ छैरो गुम्बा, उपल्लो मुस्ताङ

३०० वर्ष पुरानो यो गुम्बाको भित्री दृश्य खिच्नेले Faj2323 नामबाट अपलोड गरेका हुन्।

८ जानकी मन्दिर

यो फोटो विजय चौरसियाले खिचेका हुन्।

७ इन्द्रेश्वर महादेव, पनौति

यो फोटो पनि समिर प्रधानाङ्गले खिचेका हुन्।

६ लुम्बिनीको मायादेवी मन्दिर

यो फोटो विवेकराज पाण्डेयले खिचेका हुन्।

५ गोकर्ण महादेव मन्दिर

यो फोटो नवीन के सापकोटाले खिचेका हुन्।

४ पाटनको गोल्डेन टेम्पल

यो फोटो अनुपक्लिक नामबाट अपलोड भएकोछ।

३ नमोबुद्ध

यो फोटो Creepanta नामबाट अपलोड भएको छ।

२ भक्तपुरको न्यातपोल मन्दिरको रात्रिकालीन दृश्य

यो फोटो पृतुष नामबाट अपलोड भएको छ।

१ बौद्ध स्तुप र परिसर

यो फोटो आभाष कर्माचार्यले खिचेका हुन्।

1 thought on “यी हुन् विकी लभ्स मोनुमेन्टस प्रतियोगितामा विजयी १० फोटोहरु”

  1. enlight nepal says:
    November 12, 2017 at 6:10 pm

    मलाई १० तलेजु मन्दिर र हनुमानढोका परिसर को content र फोटोहरु खुबै मन पर्यो र यस्तै अरु पनि बनाउन सुझाव दिन चाहान्छु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme