
आजभोलि केही विषयमा बढी जानकारी पाउन मन लाग्यो कि खोलिने वेबसाइट हो विकिपिडिया। विकिपिडियाले आफ्ना विकिमिडिया च्याप्टर्स र ग्रुप्सहरुको आयोजनामा सांस्कृतिक सम्पदाहरुको सार्वजनिक फोटो प्रतियोगिता गर्ने गर्छ। यसको सुरुवात नेदरल्यान्डसबाट सन् २०१० मा भएको हो। त्यसपछि २०११ मा यो युरोपभर आयोजना भयो। यो वर्ष भने नेपालमा पनि आयोजना गरिएको थियो। यो प्रतियोगिताको उद्देश्य पाठकहरु र विकिपिडियाका प्रयोगकर्ताहरुलाई सांस्कृतिक धरोहरहरुको फोटो खिचेर विकिपिडियामा प्रयोगका लागि अपलोड गर्न लगाउनु हो। नेपालमा भएको प्रतियोगितामा १०३ जनाले ३ हजार ११६ वटा फोटो अपलोड गरेका थिए। ती मध्येबाट उत्कृष्ट १० को घोषणा गरिएको छ। हेरौँ उत्कृष्ट १० फोटोहरु
१० तलेजु मन्दिर र हनुमानढोका परिसर

यो फोटो समिर प्रधानाङ्गले खिचेका हुन्।
९ छैरो गुम्बा, उपल्लो मुस्ताङ

३०० वर्ष पुरानो यो गुम्बाको भित्री दृश्य खिच्नेले Faj2323 नामबाट अपलोड गरेका हुन्।
८ जानकी मन्दिर

यो फोटो विजय चौरसियाले खिचेका हुन्।
७ इन्द्रेश्वर महादेव, पनौति

यो फोटो पनि समिर प्रधानाङ्गले खिचेका हुन्।
६ लुम्बिनीको मायादेवी मन्दिर

यो फोटो विवेकराज पाण्डेयले खिचेका हुन्।
५ गोकर्ण महादेव मन्दिर

यो फोटो नवीन के सापकोटाले खिचेका हुन्।
४ पाटनको गोल्डेन टेम्पल

यो फोटो अनुपक्लिक नामबाट अपलोड भएकोछ।
३ नमोबुद्ध

यो फोटो Creepanta नामबाट अपलोड भएको छ।
२ भक्तपुरको न्यातपोल मन्दिरको रात्रिकालीन दृश्य

यो फोटो पृतुष नामबाट अपलोड भएको छ।
१ बौद्ध स्तुप र परिसर

यो फोटो आभाष कर्माचार्यले खिचेका हुन्।
मलाई १० तलेजु मन्दिर र हनुमानढोका परिसर को content र फोटोहरु खुबै मन पर्यो र यस्तै अरु पनि बनाउन सुझाव दिन चाहान्छु |