
२०७२ वैशाख १२ गतेको भूकम्पले रानीपोखरी केही भएको थिएन, बीचमा रहेको मन्दिरलाई भने क्षति पुगेको थियो। नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरिन् रानीपोखरी परिसरमा। रानीपोखरीलाई म्युजिकल फाउन्टेनसहितको रमणीय पार्क बनाउने उद्देश्य थियो काठमाडौँ महानगरपालिकाको। माछा सारिए, विभिन्न तीर्थस्थलबाट ल्याएर राखिएको भनिएको पानी सुकाइयो। हिलो देखियो। हिलो सफा गर्न खोज्दा मुनि बालुवा भेटियो। लौ फसाद। बालुवामा पानी अडिने कुरा भएन। बालुवालाई कसरी व्यवस्थापन गर्ने भन्ने नजानेर अहिले रानीपोखरीको बेहाल छ। रानीपोखरी अहिले चौर बनेको छ। मन्दिर पुननिर्माण पनि सिमेन्ट र पिलरसहित गर्न खोज्दा विरोध भयो र पुरातत्व विभागले हस्तक्षेप गर्नुपर्यो। त्यसपछि मन्दिर पनि अहिलेसम्म बन्न सकेको छैन। हेरौँ बेहाल रानीपोखरीका केही फोटो र कोही जानकार हुनुहुन्छ भने बालुवाको व्यवस्थापनबारे सुझाव पनि दिनुस् है।

रानीपोखरीको बीच भागमा अवस्थित मन्दिर बालगोपालेश्वरको हो भनिन्छ। तर भित्र त यस्तो मूर्ति पो भेटियो। यो मूर्ति केको हो?
























माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्।
swimming pool कसरि बनाउने त्यो पनि थाहा छैन ????? अनि colourful light system fountain
wow राति ठमेल फर्के पछि बास नै यता
छिटो गर्नु पर्यो नत्र बुडेश काल मा क काम
यो जग्गामा माओबादी – एमाले र अन्य दलका नेताहरुको लगानीमा भब्य अपार्टमेन्ट र मेडिकल कलेजहरु भटाभट खोल्ने नि / किन पानी भर्ने लफडा गर्नु पर्यो र? नेताहरुको जय भनेकै जनताको जय त हो नि / अझ श्रीमानज्यूहरुको पैसाको भकारी पनि तान्ने र उनीहरुको त सालिक नै खडा गरि दिने / अन्याय गर्नेहरुको रक्षा गर्न बीचमा भगवानको मुर्ति छंदैछ/ बरु नेता र श्रीमानज्यूहरुलाई ज्युँदै गाड्न केहि जग्गा छोड्ने /
कुनै अध्ययन र अनुसन्धान बिना पुरातात्विक महत्वका स्थान र बस्तुहुरु चलाउन हुदैन भन्ने थाहा हुदा हुदै घोर लापरवाही हो यो । यस्ता लापरवाही गनेॅ हरुलाई तुरन्त कारवाही हुन पदॅछ ।
अव रानीपोखरीलाई पहिले कै अवस्थामा ल्याउन हामीलाई विदेशी विज्ञको आवश्यकता पनेॅ हो ?
माल पाएर चाल नपाउने वगॅमा पदॅछ नेपाली । हाम्रो पुखाॅहरुले निमाॅण गरेको धरोहरहरु वारे अव हाम्रो विश्वविद्यालयहरुले अनुसन्धान कसरी गनेॅ भनि पाठ्यक्रम नै तयार गरि अध्ययन र अध्यापन गराउने समय भई सकेको छ र सरकारले हाम्रो इतिहास जोगाउन यसमा उचित ध्यान दिई लगानी गनुॅ पदॅछ ।
हाम्रो पुरातात्विक धरोहरहरु हामीलाई बादरको हातमा नरिवल नहोस ।