गएको महिना पोखरामा नौटंकी नै भएको थियो। मध्यरातमा महानगरपालिकाले डोजर चलाएर पहिलेको पृथ्वीचोक अहिलेको लखन चोकमा रहेको शहिद लखन थापाको शालिक र आइल्यान्ड उखेलिदियो। बिहान चोकमा पुग्नेहरु तीनछक्क। बाटो फराकिलो, गायब शालिक। पहिले पृथ्वीनारायण शाहको शालिक रहेको तर लोकतान्त्रिक आन्दोलनका क्रममा तोडफोड गरिएको यो ठाउँमा पछि लखन थापाको शालिक ठड्याइएको थियो। तर बाटो साँघुरो भएको नाममा यसलाई हटाउँदा महानगरपालिकाले नसोचेको विरोधको सामना गर्नुपर्यो। अन्ततः क्षमा मागी फेरि पहिलेकै स्वरुप र आकारमा प्रतिस्थापन गर्ने भनी सिडिओ र मेयरले १० बुँदे सम्झौता गर्नुपर्यो। (थप जानकारी पढ्न यहाँ क्लिक गर्नुस्) यो हप्ता पोखरा पुग्दा पो थाहा भयो, शालिक त्यही ठाउँमा ठडिसकेको रहेछ।
पहिलेको जस्तो संरचना चाहिँ अहिले छैन। जस्ताले बेरिएको रहेछ चारैतिर।
अनि नजिकै एउटा सूचना पनि रहेछ पोखरा महानगरपालिकाको जसमा शालिकलाई सुरक्षित स्थानमा राखिएको छ लेखिएको रहेछ। शायद् शालिक उखेलिँदाको सूचना होला यो। खासमा शालिक त त्यहीँ माथिपट्टी छ।
लखन थापाको शालिक पुनस्थापित भए पनि अरु ठाउँको शालिक भने उखेलिएको अवस्थामा नै रहेछ। अमर सिंह चोकमा रहेको शालिक रहेको ठाउँ यस्तो रहेछ-
जिरो किमीको शालिक पनि उखेलिएको रहेछ।