Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२ हजार ६३६ नेपालीको नाम मंगल ग्रह जाने सूचीमा

Posted on November 11, 2017November 11, 2017 by Salokya


तपाईँले माथि देख्नुभएको अनलाइन टिकट मंगल ग्रहको हो। २ हजार ६ सय ३६ जना नेपालीको नाम मंगल ग्रह जाने सूचीमा रहेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाए अनुसार २०१८ को मे महिनामा प्रक्षेपण गरिने इन्साइट मिसनका लागि विश्वभरबाट २४ लाख २९ हजार ८ सय ७ जनाको नाम मंगल ग्रह पठाइने छ। त्यसमा नेपालीको संख्या २ हजार ६३६ रहेको हो। तपाईँलाई पनि आफ्नो नाम पठाउने मन छ? ढिला भइसक्यो।

सन् २०१५ मा नासाले नाम माग्दा विश्वभरबाट ८ लाख २७ हजार वटा नाम आएको थियो। त्यसपछि गएको महिना फेरि नासाले नाम आह्वान गरेको थियो। यस पटक १६ लाखभन्दा बढीले नाम पठाए।

सबभन्दा बढी नाम अमेरिकाबाट आयो ६ लाख ७६ हजार ७७३। दोस्रो र तेस्रोमा हाम्रा छिमेकी देशहरु आए चीन २ लाख ६२ हजार ७५२ र भारत १ लाख ३८ हजार ८९९ वटा। कुन देशबाट कति नाम थाहा पाउन यता क्लिक गर्नुस्।

तर नेपालका केही मिडियामा आएको समाचारमा जस्तो नझुक्किनुस् है, यो भनेको मान्छेलाई मंगल ग्रहमा लग्ने हैन, मान्छेको नामलाई मात्र लाने हो। गएको महिना नाम पठाउनेहरुलाई अनलाइन टिकटको व्यवस्था गरिएको छ।

यो अनलाइन टिकट सोसल मिडियामा देखाउन र रमाइलो गर्नमात्र हो।

कसरी लगिन्छ त नाम?

यो माइक्रो चिप देख्नुभो? यसैमा ती नामहरु राखिन्छ र यो चिपलाई मंगल ग्रहमा अवतरण गर्ने इन्साइट ल्यान्डरमा राखिन्छ।

यसपालि त छुटिहाल्नुभयो, अर्को पटक नाम पठाउन चाहनु हुन्छ? नासाको यो साइटमा गएर आफ्नो ठेगाना दर्ता गर्न यहाँ क्लिक गर्नुस्

1 thought on “२ हजार ६३६ नेपालीको नाम मंगल ग्रह जाने सूचीमा”

  1. Shankar says:
    November 11, 2017 at 6:13 pm

    नेपालि ले मंगल ग्रह को टिकट काटेर काम छैन , कसले पठाउने ? फेरी तेस्तो पुजीबादी ,फासिस्ट रकेट पनि चढ्ने हो ?
    किम जोङ्ग उन को प्रगति सिल रकेट चढेर जाने नि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme