Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसपालिको चुनावका दुई चर्चित पोज : धान काट्ने र फूलमालाले पुरिने

Posted on November 9, 2017November 11, 2017 by Salokya


यतिबेला नेताहरुलाई चुनावको चटारो छ। चुनाव सर्छ भनेर माओवादीका मन्त्रीहरु सरकारमै झुण्डिएर बसिरहे पनि सब काम सकिएर अब मतदान मात्रै हुन बाँकी छ। दोस्रो चरणको मतदान मंसिर २१ गते मात्र हुने भए पनि पहिलो चरणको त नजिकिसक्यो- मंसिर १० गते। प्रचारका अनेक हत्कण्डा अपनाइँदैछ। यसपालिको चुनावका चर्चित दुई पोज चाहिँ उम्मेदवारहरुले धान काटेका र फूलमालाले पुरिएका नै रह्यो।

यो धान काटेर बाली भित्र्याउने बेला पनि हो। त्यही भएर होला, धान काटेको नौटंकी गर्दै फेसबुकमा फोटो राखेर भोट माग्नेहरु पनि छन्। नेताहरुले नभएको धान काटिदेलान् भनेरसमेत व्यङ्ग्य हुन थालिसक्यो। धान काटेर भोट माग्नेमा पूर्व डिआइजी नवराज सिलवालसमेत रहे। उनले आफ्नो फेसबुक पेजमा राखेका फोटो यस्ता थिए-

सिलवाल मात्र हैन, नुवाकोटमा वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङ र बद्री मैनालीले पनि धान काट्दै भोट मागेको फोटो देखियो

अर्को चर्चित पोज चैँ फूलमालाको हो। के चलन हो कुन्नि, उम्मेदवारहरुलाई माला लगाइदिनै पर्ने। माला लगाएर भोट बढ्ने हैन। माला जति धेरै लगायो उति धेरै भोट आउने पनि हैन। निर्वाचन आयोगले भारतीय गाडी चलाउन अनुमति लिनुपर्ने भने झैँ फूलमाला लगाउन पनि अनुमति चाहिने भन्दिए मात्रै यसमा रोक लाग्ने जस्तो देखिन्छ। हेर्नुस् त माला लगाएका-

यता हेर्नुस् फेरि जोखी जोखी माला

साना नेता होस् कि ठूला। माला लगाएकै छन्।

यता हेर्नुस् नेपाल भर उस्तै हो।


मालाले अप्ठेरो भएपछि फुकाल्दै रामचन्द्र पौडेल। तर कति नेतालाई त अप्ठेरो पनि लाग्दैन कि? घाँटी सकसक पनि हुँदैन कि, माला लगाएरै बसेको देखिन्छ।

मालामा पनि अलि मौलिकता भइदिए हुन्थ्यो। जस्तै यस्तो आलुको माला नेतालाई लगाइदिन पाए कस्तो हुन्थ्यो होला 🙂

अनि यसरी स्याउको माला लगाइदिए कस्तो हुन्थ्यो? यो फोटो चाहिँ चुनावको बेला नभई अघि नै कालिकोटमा प्रचण्डलाई लगाइदिँदाको हो

2 thoughts on “यसपालिको चुनावका दुई चर्चित पोज : धान काट्ने र फूलमालाले पुरिने”

  1. Krishna says:
    November 10, 2017 at 4:58 pm

    यस्ता नेताहरुलाई पनि माला लगाइदिएर, जुत्ताको माला लागैदिनुपर्नेमा | यो सब भरौटेहरुको काम हो | केहि नगर्ने नेताहरुलाई यति धेरै सम्मान किन???????

    Reply
  2. dilendra says:
    November 10, 2017 at 11:44 am

    होइन अब त जुत्ता र कट्टु को माला पनि लगाई दिने हो कि? नाइकि शुज र केल्भिन क्लेंन को लगाई दिनु पर्ला..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme