२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्स्थापना भयो र २०४८ सालमा चुनाव भयो। जनआन्दोलन संयुक्त वाममोर्चा र कांग्रेसले मिलेर गरेका थिए। चुनावमा पनि यिनै दुई शक्तिबीच प्रतिस्पर्धा थियो। वाममोर्चाका अरु वाम पार्टीहरु कता कता लागे पनि नेकपा मार्क्सवादी र नेकपा मार्क्सवादी लेनिनवादी मिलेर नेकपा एमाले पार्टी चुनाव अघि बन्यो। यो पार्टीले चुनाव लड्नुअघि उम्मेदवारहरुलाई १० बूँदे कडा आचारसंहिता लगाएको थियो। अहिले पढ्दा अनौठो लाग्न सक्छ तर त्यसमा पार्टीले आवश्यक ठानेर आदेश दिएमा पहिलो आदेशमै संसदबाट राजीनामा दिनुपर्नेदेखि चल अचल सम्पतिको विवरण बुझाउने मात्र हैन आम्दानी खर्चको फाँटवारीसमेत पार्टीलाई बुझाउनु पर्ने उल्लेख छ। सांसद भएर पाउने आर्थिक भौतिक सुविधा सबै पार्टीको हुने पनि उल्लेख छ। पढौँ १० बूँदे आचारसंहिता-