Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिकमा एउटा व्यापारी कोटा पनि राखे भो नि, मधेसीमा व्यापारी पो राखेछन्

Posted on November 5, 2017November 4, 2017 by Salokya

प्रतिनिधि सभा निर्वाचन ऐनले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची बनाउँदा ६ वटा क्लस्टर दिएर त्यो अनुसार प्रतिशत मिलाउनु पर्ने भनेको छ। त्यही क्लस्टरमध्ये एक हो मधेसी। सिद्धान्ततः मधेसीमा खुलाबाट प्रतिनिधित्व हुन नसक्नेहरुलाई राख्नुपर्ने हो। धनी मारवाडी व्यापारी, उद्योगपतिलाई मधेसीमा राख्नु भन्ने सोच हैन यसको। तर बिचरा ती मधेसीहरुको भाग खाइदिने गरी प्रमुख दलहरुले बन्दसूची बनाएछन्। हिजो सार्वजनिक भएको समानुपातिकको बन्दसूची अनुसार नेपाली कांग्रेसले मधेसीको पुरुषतर्फ एक नम्बरमा विनोद चौधरीलाई राखेछ। डलर अर्बपति चौधरीलाई एमालेबाट भर्खरै मात्र भित्र्याएको, सांसद लगभग स्योर भएछ। एमाले पनि के कम, उसले पनि मधेसी क्लस्टरको एक नम्बरमा मोतीलाल दुगडलाई राखेको रहेछ।

दुगड सेन्चुरी ब्रान्डका मसला, भुजिया, कुरमुरे स्न्याक्स तथा होटलका समेत व्यवसायी हुन्। अघिल्लो संविधान सभा निर्वाचनमा नवनेपाल निर्माण पार्टी खोलेका थिए तर भोट पर्याप्त नआएपछि पार्टी एमालेमा विलय गराएका थिए।

नेपाली कांग्रेसको बन्दसूचीमा ११ औँ नम्बरमा रारा चाउचाउका साहु सूर्यबहादुर केसीको नाम रहेको छ। उनको समूहले बैंकिङ, रियल स्टेट र हाउजिङमा लगानी छ। ४० औँ नम्बरमा निजी स्कूल व्यवसायी उमेश श्रेष्ठको नाम रहेको छ। त्यस्तै ४२ औँ नम्बरमा निर्माण व्यवसायी जीपछिरिङ लामा, ४३ औँ नम्बरमा दिव्यमणि राजभण्डारीको नाम छ। ४६ ‍औँ नम्बरमा देवीप्रसाद भट्टचनको नाम छ। भट्टचन प्रभु बैँकसहितको कम्पनी चलाउने प्रभू समूहका मालिक हुन्। ५१ औँ नम्बरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको नाम रहेको छ।

एमालेको सूचीको नवौँ नम्बरमा पर्यटन व्यवसायी सोनाम ग्याल्जेन शेर्पाको नाम रहेको छ। त्यस्तै ९७ औँ नम्बरमा मधेसी क्लसटरबाट उपेन्द्र महतोकी बहिनी जुलीकुमारी महतोको नाम छ।

राप्रपाको बन्दसूचीमा हल व्यवसायी उद्धव पौडेलको नाम ३८ ‍औँ नम्बरमा छ। एमालेमा पैसा बुझाएको भनी विवादमा आएकी राज्यलक्ष्मी गोल्छा यस पटक डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीको बन्दसूचीको ४३ ‍ औँ नम्बरमा छिन्। अरु मारवाडीहरु मधेसी क्लस्टरमा रहे पनि उनी भने खसआर्य क्लस्टरमा रहेकी छिन्।

प्रतिनिधि सभा निर्वाचन ऐनले निर्धारण गरेको जातीय क्लस्टर र प्रतिशत

निर्वाचन लडेर पनि प्रतिनिधित्व हुन नसक्ने समूहलाई पो समानुपातिकमा राख्ने हो त, यसरी मधेसीको कोटा धनी व्यापारीहरुले खाइदिनु त भएन नि। बरु समानुपातिकमा एउटा व्यापारी कोटा पनि राखे भो नि बरु।

विनोद चौधरी जस्तालाई त राष्ट्रिय सभामा लग्नुपर्ने हो। त्यहाँ त तीन जना सरकारले मनोनीत पनि गर्न पाउँछ।

बन्दसूची हेर्नलाई यहाँ क्लिक गर्नुस्।

2 thoughts on “समानुपातिकमा एउटा व्यापारी कोटा पनि राखे भो नि, मधेसीमा व्यापारी पो राखेछन्”

  1. नवीन says:
    November 5, 2017 at 8:53 am

    ठीकै काम हो / उपेन्द्र यादव, गच्छदार जस्ता भन्दा त विनोद चौधरी नै देशभक्त छन् / राजनीति मा आएर उहाँले राम्रै योगदान दिनु हुने छ यी खान नपाएका खाओवादी नेता भन्दा त / उहाँका परिवार नेपालमा बसोबास गरेको एक सय वर्ष भन्दा बढी भै सक्यो /
    मैले खाली नबुझेको कुरा चाहिं विनोदजी त भारतीय मुलका नेपाली हुनुहुन्छ / उहाँका हजुर बुवा देखी नै काठमाडौँ मा बसो बस गर्नु भएको हो / मधेशी भन्ने लेबल लगाउन मिल्छ र ?

    Reply
  2. Dhanu Gharti Gente says:
    November 4, 2017 at 7:39 pm

    ‪फटाहा नेताको प्रचारमा हिड्दा आज तपाईलाई एक छाक भात ऊसले ख्वायो होला।तर लेखेर राख्नुस्,उसले जित्यो भने त्यही एक छाक भात खान तपाईले छिट्टै यो देश नै छोड्नु पर्नेछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme