Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँको प्रदेशमा समानुपातिक मतपत्र कस्तो? यता हेर्नुस् नमूना

Posted on November 3, 2017November 3, 2017 by Salokya

मंसिर १० गते पहिलो चरणमा र मंसिर २१ गते दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि चुनाव हुँदैछ। खासमा यो दुई वटा तहको निर्वाचन हो। छुट्टाछुट्टै हुनुपर्ने हो। तर समय भ्याइँदैन भनेर एकै पटक गर्न लागिएको हो। प्रदेशको संसद बनाउन प्रदेश सभामा भोट हाल्ने हो भने देश अर्थात् केन्द्रको संसद बनाउन प्रतिनिधि सभामा भोट हाल्ने हो। प्रदेशको संसदमा जसको बहुमत छ उसले प्रदेशमा सरकार बनाउँछ भने प्रतिनिधि सभामा जसको बहुमत छ उसले सरकार बनाउँछ। कसैको बहुमत आएन भने गठबन्धन गरेर सरकार बन्छ। प्रतिनिधि सभा र प्रदेश सभामा पनि दुई वटा भोट दिनुपर्छ- एउटा प्रत्यक्ष अर्थात् पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि र अर्को समानुपातिकका लागि।

यसपालि भोट हाल्न जाँदा तपाईँले तीन वटा मतपत्र पाउनु हुन्छ। त्यसमा चार वटा छाप हान्नुपर्छ। खासमा दुई वटा मतपत्र मात्रै बनाउने तयारी निर्वाचन आयोगले गरेको थियो। तर अलग अलग कागजमा मतपत्र छाप्नू भनेर सर्वोच्च अदालतले दिएको आदेशका कारण प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि छुट्टै र प्रदेश सभाका लागि छुट्टै मतपत्र छापिँदैछ।

समानुपातिकतर्फ भने मतपत्र छापिइसकेको हुनाले एउटै पानामा मतपत्र हुनेछ। माथिल्लोमा प्रतिनिधि सभाका लागि र तल्लोमा प्रदेश सभाका लागि मत दिनुपर्नेछ।

समानुपातिकमा उम्मेदवारी दर्ता हुनुअघि नै मतपत्र छापिएकोले उम्मेदवारै नभएका चुनाव चिह्न पनि मतपत्रमा हुनेछन्। यसले बदर मतको संख्या बढाउन सक्छ।

छाता, हलो, आँखा जस्ता चिह्न अर्कै आकारप्रकारमा पनि रहेकोले झुक्याउने खालको रैछ।

तपाईँको प्रदेशमा समानुपातिक मतपत्रको नमूना कस्तो छ त? हेर्नुस्-

प्रदेश नम्बर १ को मतपत्रको नमूना

प्रदेश नम्बर २ को मतपत्रको नमूना

प्रदेश नम्बर ३ को मतपत्रको नमूना

प्रदेश नम्बर ४ को मतपत्रको नमूना

प्रदेश नम्बर ५ को मतपत्रको नमूना

प्रदेश नम्बर ६ को मतपत्रको नमूना

प्रदेश नम्बर ७ को मतपत्रको नमूना

1 thought on “तपाईँको प्रदेशमा समानुपातिक मतपत्र कस्तो? यता हेर्नुस् नमूना”

  1. Asha Ram says:
    November 5, 2017 at 6:11 am

    हलो र छाता दुई – दुई ठाउँमा छ त, वृत्त भित्र एउटा अनि चौकोस भित्र अर्को ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme