Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उम्मेदवारी दर्ताको रमाइलो : पूर्व डिआइजी र डन, गठबन्धन अनि बागीले घुमाउँदैछ फनफन

Posted on November 2, 2017November 2, 2017 by Salokya


दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि आज बिहीबार उम्मेदवारी दर्ता भयो। प्रतिनिधि सभातर्फ जम्मा १२८ सदस्यका लागि चुनाव हुँदैछ। उम्मेदवारी परेछ १,७४२ जनाको। प्रदेश सभातर्फ २५६ सदस्यका लागि चुनाव हुने। उम्मेदवारी पर्‍यो २,९६६ जनाको। यो पनि राति साढे ८ बजेसम्म आएको जानकारी मात्रै। अन्तिम तथ्याङ्क आउँदासम्म फेरिन पनि सक्छ।

उम्मेदवारी दर्ताका दिन सबैभन्दा रमाइलो दृश्य देखियो- पूर्व डिआइजी नवराज सिलवाल र बोलिचालीको भाषामा डन भनिने गुण्डा गणेश लामाको उम्मेदवारी। सेटिङ मिलेको भए अहिले आइजी हुने नभए एआइजी स्योर हुने सिलवाल एमालेका तर्फबाट ललितपुर १ मा उम्मेदवारी दर्ता गर्दै मुट्ठी कसेर लालसलाम गरिरहेका थिए। उता काभ्रेमा नेपाली कांग्रेसबाट लामाले उम्मेदवारी दर्ता गर्दै थिए।

लामाले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गरेका हुन्। पहिले उनी विजयकुमार गच्छदारको फोरममा थिए। पार्टी नेपाली कांग्रेसमा विलय भएपछि उनी पनि कांग्रेसी भए।

सिलवाललाई पनि पहिले त प्रदेश सभामा नै उठाउने भन्थे। तर उता मनाङमा दीपक मनाङे पनि प्रदेश सभामै उठ्ने पूर्व डिआइजी पनि प्रदेश सभामै उठ्ने भएपछि बिल्ला होला भन्ने नै डर भए जस्तो छ। एमालेले चलाखीका साथ मनाङको प्रदेश सभामा पहिले अर्कै उम्मेदवारलाई टिकट दिएर पछि फिर्ता गरी मनाङेलाई सघाउने घोषणा गर्‍यो।

गठबन्धनको रमाइलो
गठबन्धनको पनि निकै रमाइलो छ अहिलेको चुनावमा। चितवनमा प्रचण्डले स्थानीय तहको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासित कुम जोडेर छोरी रेणु दाहालका लागि भोट मागेका थिए। प्रतिनिधि सभाको निर्वाचनमा भने एमालेसित कुम जोडेर आफ्नै लागि मत मागिरहेका छन्। बिचरा मतपत्र नच्यातेको भए मेयर जित्ने देवी ज्ञवाली प्रचण्डका लागि भोट माग्दै सँगसँगै र्‍यालीमा हिँडिरहेका छन्।

उता कमल थापाको पनि कम्ता रमाइलो छैन पारा। देशभर चाहिँ कांग्रेससँग गठबन्धन अनि झापामा भने कृष्ण सिटौलाविरुद्ध लिङदेनका लागि एमाले र माओवादीको वाम गठबन्धनसित गठबन्धन। प्रचण्डविरुद्ध कांग्रेसले राप्रपाका विक्रम पाण्डे उठाएका छन् गठबन्धनबाट फेरि।

कोमल ओलीको कठोर बोली
रेडियो नेपालको जागिर छाडेर राप्रपाबाट राजनीतिमा उत्रिएकी कोमल ओलीले दाङबाट प्रतिनिधि सभाको टिकट पाउने आशाका साथ एमाले प्रवेश गरिन्। तर एमालेले टिकट नदिएपछि उनले कठोर कदम चालिन्- सूर्य झण्डा बोकेर उम्मेदवारी दिन नपाएपछि चन्द्रसूर्य राष्ट्रिय झण्डा बोकेर स्वतन्त्र उम्मेदवारी दर्ता गराइन्।

रामचन्द्रलाई गोविन्दराजको बागी उम्मेदवारी
उता तनहुँमा रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएर तनावमा पारेका छन्। यता काठमाडौं– २ मा एमाले नेता माधवकुमार नेपालविरुद्ध जिल्ला कमिटी सदस्य लक्ष्मीप्रसाद श्रेष्ठ बागी उठेका छन्। सप्तरी–२ संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका महामन्त्री जयप्रकाश ठाकुर बागी बनेका छन्। महोत्तरी–३ मा राजपा नेता महन्थ ठाकुरविरुद्ध चन्देश्वर झाको उम्मेदवारी परेको छ। सिन्धुली–२ मा माअाेवादीका हरिवोल गजुरेलविरुद्ध किसान संघका उपाध्यक्ष रामकुमार पोखरेल, सल्यानमा माअाेवादीका टेकवहादुर बस्नेतविरुद्ध माअाेवादीकै भीमप्रकाश शर्मा, कैलाली–५ मा कांग्रेसका डा.आरजु राणा देउवाविरुद्ध नेविसंघका क्षितिज भण्डारी पनि बागी नै उठेका छन्।

रौतहट–१ राजपाका अनिल झाविरुद्ध संघीय समाजवादी फाेरमका बबन सिंहले

नातागोताको टिकट
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कैलाली-५ मा पुगेर उम्मेदवारी दर्ता गराइन्। केपी ओलीका सालो ज्ञानेन्द्र शाक्यले ललितपुर क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभाको उम्मेदवारी दिए। प्रचण्डकी बुहारी बीना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन् भने ज्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाइएको छ। काठमाडौँ १ मा माओवादी नेता जनार्दन शर्माका भाइलाई उम्मेदवार बनाइएको छ।

भक्तपुर बिजुक्छेविहीन
२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले यस पटक चुनावमा उम्मेदवारी नदिएको देख्दा मिडियासमेत चकित खाए। जित्ने निश्चित हुँदाहुँदै पनि बिजुक्छे यसपालि सुरक्षित मानिएको भक्तपुर १ बाट उठेनन्। यहाँ एमाले र माओवादीले समेत उनका लागि उम्मेदवारी दिएका थिएनन्। भक्तपुर १ मा प्रेम सुवालले उम्मेदवारी दिए भने भक्तपुर २ मा अघिल्लो संविधान सभामा सभासद रहेकी अनुराधा थापा मगर नेमकिपाकी उम्मेदवार बनिन्। भक्तपुर २ मा एमालेबाट महेश बस्नेत र कांग्रेसबाट दमननाथ ढुंगाना भिड्दै छन्।

ओलीले आफैलाई भोट हाल्न नपाउने
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरे। उनले यो पटक आफ्नै लागि भोट भने हाल्न पाउने छैनन्। किनभने उनको नाम झापाको मतदाता सूचीमा छँदैछैन। उनको नाम भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा उनको मतदान केन्द्र रहेको छ। प्रदेश नम्बर ३ को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवारलाई मात्र उनले मतदान गर्न पाउने छन्। यो क्षेत्रबाट एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ।

महिलाको उम्मेदवारी सात प्रतिशत मात्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme