Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन आएछन् ‘पाजी’हरु बन्दूक बोकेर काठमाडौँ? सार्पसुटर भए किन हाने होलान् हचुवामा हावामा गोली?

Posted on November 1, 2017 by Salokya


संविधानको कार्यान्वयनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदैछ। दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने अघिल्लो दिन निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शीर्ष तहका नेताहरुको सुरक्षा व्यवस्थामा सतर्क रहन सरकारलाई निर्देशन दिएको समाचार आयो। त्यसको केही घण्टामा नै अर्को समाचार आयो- कमलादीमा गोली चल्यो। दुई भारतीय नागरिक पक्राउ परे। उनीहरुबाट अटोमेटिक पेस्तोलमात्र हैन, ५१ राउन्ड गोलीसमेत फेला पर्‍यो। पक्राउ पर्नेहरु रहेछन् पञ्जाबीहरु, जसलाई भारतीयहरु ‘पाजी’ पनि भन्ने गर्छन्- जसवन्त सिंह र देवेन्द्र सिंह। हिजोमात्रै भारतीय नम्बरप्लेटकै गाडीमा रक्सौलबाट छिरेका रहेछन् उनीहरु। आखिर किन आएका रहेछन् त उनीहरु नेपालमा?

शंका अनेक छ- के उनीहरु कसैको हत्या गर्न आएका भाडाका सार्पसुटरहरु हुन्?

यदि त्यस्तो सार्पसुटर भएको भए आफ्नो मिसन फत्ते गर्नुअघि रेस्टुरेन्टमा बिल बढी आयो वा मगाएको केटीको विषयमा किन गलफत्ती गर्थे होलान्? झगडा त गरे रे लौ। पेस्तोलै देखाएर तर्साउनु पर्ने स्थिति त आउँथेन होला। पेस्तोलै देखाएका भए पनि हचुवामा हावामा गोली चल्ने थिएन होला।


प्रहरीले बताए अनुसार कमलादीको एउटा रेस्टुरेन्टमा केटी मगाएर खाजा खाने क्रममा केटी टाइममा नआएको र रेस्टुरेन्टको बिल बढी भएको निहुँमा ती भारतीयले झगडा गरेका थिए। विवाद चर्किएपछि पेस्तोल झिकेका थिए। यो क्रममा गोली चलेको थियो। त्यसपछि भागेकाहरुलाई कमलादी गणेशस्थाननिर पुलिसले झ्याप्पै पक्रेको थियो।

भारतीय मिडिया र जोकहरुमा पनि पन्जाबीहरुलाई उडाइएको हुन्छ। के त्यसरी नै मान्छे मार्ने मिसनमा आएका पाजीहरु खुस्किएका होलान् त? कि नेपालमा बाघभालु भेटिन्छ भनेर यसो घुम्न आउँदा बन्दूक बोकेर आउँदा फँसेका हुन्? त्यसो हो भने ५१ राउन्ड गोली त आवश्यक थिएन होला।

फेरि सार्पसुटरै हुन् भने एक दुई जनालाई मार्न ५१ राउन्ड गोली त नल्याउनु पर्ने हो। एकै गोलीले काम तमाम गर्न सक्छन् नि सार्पसुटरहरु।

यी प्रश्नहरुको जवाफ अब प्रहरीको अनुसन्धान पूरा भएपछि मात्रै पाउन सकिएला।

तर फेला परेको उनीहरु चढेको गाडीको नम्बर PB10FS7449 भने पन्जाबकै हो। भारतीय गाडीको नम्बरबाट कसको नाममा दर्ता भएको सजिलै खोज्न मिल्ने रहेछ। खोज्दा यसको मालिक पनि पन्जाबतिरकै भेटियो- गगनदीप सिंह।

7 thoughts on “किन आएछन् ‘पाजी’हरु बन्दूक बोकेर काठमाडौँ? सार्पसुटर भए किन हाने होलान् हचुवामा हावामा गोली?”

  1. Hari Ghimire says:
    November 6, 2017 at 7:33 pm

    देशलाइ उदार वाद देखाउनेहरु को हरकत होनि । भारतीय गाडीहरू किन छिर्न दिने खुला नेपालमा ।।

    Reply
  2. नवीन says:
    November 2, 2017 at 5:22 pm

    हैन के हो यो “सार्प सुटर ” भनेको ? मेरोसंसार र अरु नेपाली अनलाइन पत्रिका ले निकै पल्ट अंग्रेजी भाषा को बलात्कार गर्छन् र आफ्नै वाइयात शब्द निर्माण गर्छन र सयौं पल्ट प्रयोग गर्छन / “sharpshooter” भन्ने शब्द प्राय जस्तो युद्ध मा sniper वा marksman को लागि प्रयोग हुन्छ त्यो पनि लामो राइफल (rifle) प्रयोग गर्ने सैनिक लाई / पेस्तोल प्रयोग गर्ने लाई भाडा को हत्यारा लाई होइन

    https://en.wikipedia.org/wiki/Sharpshooter

    तपाई ले शायद asssasin वा ” भाडा का हत्यारा” वा “पेशेवर हत्यारा” भन्ने शब्द प्रयोग गरेको भए ठिक हुन्थ्यो / सार्पसुटर, सार्पसुटर, सार्पसुटर, सार्पसुटर , सार्पसुटर —– हजार पल्ट यो हुँदै नभएको शब्द प्रयोग गरेर प्रचलन मा किन ल्याउनु पर्यो ??? अंग्रेजी प्रयोग गर्न त्यस्तो रहर लाग्छ भने ठिक संग प्रयोग गरौ

    Reply
  3. ramrari gaire says:
    November 2, 2017 at 3:40 pm

    प्रचन्न लाइ मार्न आको भन्ने गाइगुइ सुनियो, ‘र’ ले इ लुधियाना मा आजन्म कारावास सजाए भोगी रहेका लाइ फर्के पछि सजाय माफी दिने सर्त मा पठाको भन्ने कुरा पनि आयो, प्रचन्न आफ्नै पाल्तु कुकुर भएको तर अहिले आएर बामे-गठबन्दन बनाएर चिन को दलाली गर्न लाको भएर, भारत सारै रिसाछ रे,, बाबुराम ले नुन को शोझो गर्छ, भनेको मान्छ रे, तेही भएर कांग्रेश लाइ भनेर गोर्खा मा चुनाब जिताइदिने रे भारत ले, प्रचान्ने को पुत्रले पनि बा लाइ थ्रेट छ भन्दै थियो रे, हरे के हुने हो नेपाल मा ,

    Reply
  4. Sunil, London says:
    November 2, 2017 at 2:55 pm

    पन्जाबी मा “पाजी” को अर्थ दाई हुन्छ ! नेपाली मा “पाजी” शव्द को अर्थ अर्कै हुन जान्छ ! तसर्थ यिनीहरु नेपाली “पाजी” हुन् ! भारतीय हरुलाई थाहा छ नेपालको स्थितिको बारेमा , देश नै उनीहरुले चलाएका छन् भन्ने कुरा उनीहरुले राम्ररी बुझेका छन् ! अझ नेपालको राजदूत नै हाल “पाजी” (भारतीय) छन् , उनीहरुले सोचे होलान जे गरे पनि हाम्रा “पाजी” ले हाम्लाई बचाई हाल्छन नि !

    Reply
  5. Shankar says:
    November 2, 2017 at 12:02 pm

    प्रयाश पाजी हरु साचिकै पाजी नै हुन्छन | तेसैको एउटा ज्वलन्त उदाहरण यो घटना पनि हो |

    Reply
  6. Navin Rayamajhi says:
    November 2, 2017 at 4:11 am

    मेरो बिचारमा यिनीहरु शर्प शुटर होइनन, उनीहरु यस्तो मुर्ख्याई गर्दैनन्.

    Reply
  7. Rigjin Sherpa Mongol says:
    November 1, 2017 at 6:23 pm

    Nepal ko kamjor taha paye paxi indian le nepal mathi najar lagauna thaleko ho

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme