Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

थाहा पाउनु भो? पोखरामा रातारात उखेलिएको लखन थापाको शालिक त्यही ठाउँमा राखिसकेको रैछ नि

Posted on October 31, 2017 by Salokya

गएको महिना पोखरामा नौटंकी नै भएको थियो। मध्यरातमा महानगरपालिकाले डोजर चलाएर पहिलेको पृथ्वीचोक अहिलेको लखन चोकमा रहेको शहिद लखन थापाको शालिक र आइल्यान्ड उखेलिदियो। बिहान चोकमा पुग्नेहरु तीनछक्क। बाटो फराकिलो, गायब शालिक। पहिले पृथ्वीनारायण शाहको शालिक रहेको तर लोकतान्त्रिक आन्दोलनका क्रममा तोडफोड गरिएको यो ठाउँमा पछि लखन थापाको शालिक ठड्याइएको थियो। तर बाटो साँघुरो भएको नाममा यसलाई हटाउँदा महानगरपालिकाले नसोचेको विरोधको सामना गर्नुपर्‍यो। अन्ततः क्षमा मागी फेरि पहिलेकै स्वरुप र आकारमा प्रतिस्थापन गर्ने भनी सिडिओ र मेयरले १० बुँदे सम्झौता गर्नुपर्‍यो। (थप जानकारी पढ्न यहाँ क्लिक गर्नुस्) यो हप्ता पोखरा पुग्दा पो थाहा भयो, शालिक त्यही ठाउँमा ठडिसकेको रहेछ।

पहिलेको जस्तो संरचना चाहिँ अहिले छैन। जस्ताले बेरिएको रहेछ चारैतिर।

अनि नजिकै एउटा सूचना पनि रहेछ पोखरा महानगरपालिकाको जसमा शालिकलाई सुरक्षित स्थानमा राखिएको छ लेखिएको रहेछ। शायद् शालिक उखेलिँदाको सूचना होला यो। खासमा शालिक त त्यहीँ माथिपट्टी छ।

लखन थापाको शालिक पुनस्थापित भए पनि अरु ठाउँको शालिक भने उखेलिएको अवस्थामा नै रहेछ। अमर सिंह चोकमा रहेको शालिक रहेको ठाउँ यस्तो रहेछ-

जिरो किमीको शालिक पनि उखेलिएको रहेछ।

3 thoughts on “थाहा पाउनु भो? पोखरामा रातारात उखेलिएको लखन थापाको शालिक त्यही ठाउँमा राखिसकेको रैछ नि”

  1. kancha says:
    November 3, 2017 at 9:51 pm

    लखन थापा नै हो नाम ,थापा थर कसैको पेवा होइन मगर नि उत्तिकै थापा हो जत्ति कि खस . अनि लखन थापा नेपालको पहिलो शहिद होइनन, सुदुरपश्चिमका जगदेव शाही ‘बंकाबिर’ हुन् नेपालको पहिलो शहिद .

    Reply
  2. SUSHIL says:
    November 1, 2017 at 7:51 pm

    नेकपा (एनजीओ) होस् कि नेकपा (रअ), नेपाली कम्युनिस्टहरुको धर्म भनेकै नेपालको इतिहास मेटाउने हो, पृथ्वी नारायण हुन् कि अमरसिंह, या त मेयरको दिमाग छैन भन्नुपर्यो! नेपालको राज्य संयन्त्र गलत होइन, नेपालको दुर्भाग्य इसाई दलाल कम्युनिस्टहरुको उपस्थिति हो.

    Reply
  3. Arun Ale says:
    November 1, 2017 at 12:44 pm

    लखन थापा हाेइन प्रथम सहिद लखन थापा मगर ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme