Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गर्नुगर्‍यौ बाबुराम उडन्ते वाचा गरेर : काठमाडौँदेखि सगरमाथामुनिसम्म केवल कारको सपना देखाएर

Posted on October 28, 2017October 28, 2017 by Salokya

चुनावको बेला घोषणापत्रमा अनेकन पत्यार नलाग्ने कुराहरु लेखिनु नयाँ कुरा हैन। रेलमार्गको गफ २०४६ सालको चुनावमै भइसकेको थियो। ३० वर्ष हुन लाग्दा पनि त्यो पूरा हुन सम्भव देखिएको छैन। अब अहिले नयाँ संविधान अनुसार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले उडन्ते वाचाको हदै पार गरेको छ। पार्टीले शुक्रबार सार्वजनिक गरेको प्रतिवद्धता पत्रको १३ औँ बूँदामा भनिएको छ- काठमाडौँदेखि सगरमाथा बेसक्याम्पसम्म केवल कार।

वाम गठबन्धनमा केपी ओली छन् पानीजहाजदेखि नाक चुच्चे रेल र भान्सामा पाइपबाट ग्यास पठाउनेसम्मका कुरा गर्ने। अब त्यो गठबन्धनमा नअटाएर लोकतान्त्रिक गठबन्धनमा छिरेपछि हावा गफ दिने एक जना त चाहियो यो गठबन्धनमा भनेर हो कि के हो यस्तो गफ प्रतिवद्धता पत्रमा छापेको?

काठमाडौँदेखि सगरमाथा बेसक्याम्पसम्म केवल कार रे। चाहिने कुरा हो त यो? पत्याउने कुरा हो त यो?

चन्द्रागिरी केवल कार बन्दै गर्दा यो सब प्रोजेक्टको अनुगमन गर्ने जिम्मेवारी रहेका एक जनासँग हामीले भेटेका थियौँ। त्यतिबेला काठमाडौँ उपत्यकामा वैकल्पिक यातायातका रुपमा केवल कार चलाउन सकिने बारे अध्ययन भएको समाचार आएको थियो। त्यो समाचार सुनाउँदा उनी मरीमरी हाँसेका थिए। हामीलाई यहाँ थानकोटदेखि चन्द्रागिरीको डाँडोसम्म केवल कारको लट्ठा र तार अनि गोन्डोला बिछ्याउन त कति गाह्रो भो, काठमाडौँभरी केवल कार रे। कहाँ पोल गाड्ने होला?

अब उनले झन् यो काठमाडौँदेखि सगरमाथा बेसक्याम्पसम्म केवल कार पुर्‍याउने कुरा सुने भने के गर्लान्? शायद् मूर्च्छा पर्ने गरी हाँस्लान्। कति पछि होश आउने होला !

सगरमाथा बेसक्याम्पसम्म केवल कार पुर्‍याउन दूरी कति लाग्ने होला? कति ठाउँमा पोल गाड्नु पर्ने होला? कसरी गाड्ने होला? अनि त्यो केवल कारमा चढ्ने को होला? २४ सै घण्टा चल्ने होला कि यात्रु आएपछि मात्र चल्ने होला? कसैले यो बारेमा सोचेको पनि छ कि यत्तिकै गफ हान्देको?

नाम्चेदेखि सगरमाथा बेसक्याम्पसम्म भनेको भए पनि तैबिसेक अलि हुने कुरा गरेको भन्ने हुने थियो होला। काठमाडौँदेखि पो रे। काठमाडौँदेखि नै चाहिँ किन होला हगि ! ठाउँ ठाउँमा स्टप पनि हुने हो कि?

गफै दिनुपरेपछि किन बेसक्याम्पसम्म मात्र भन्नु, सगरमाथासम्म नै भने पनि हुने। अझ सगरमाथा पार गरेर काठमाडौँबाट तिब्बतसम्म केवल कार भनेको भए अझ बढी पो भोट आउँथ्यो कि!

हावा गफको क्रम यतिमा सीमित हुन्न। १४ नम्बरको बुँदामा अरु पनि धेरै ठाउँको केवल कारको गफ जोतिएको छ। दिपायलबाट खप्तड हुँदै रारा रे। पोखराबाट जोमसोम रे। हैट। उस उस उस।

संविधानसभाको निर्वाचन ताका एउटा पार्टीले सगरमाथाको फेदीबाट रेल कुदाउने कुरा घोषणापत्रमा लेखेको थियो। बाबुराम भट्टराई जस्तो नेताको पार्टीले पनि त्यही स्तरको घोषणापत्र आउनु तीन छक्क बनाउने खालको छ। गफ दिँदा पनि अलि मिलाएर दिए हुन्थ्यो भन्ने मात्र गुनासो। गफ त सबैले दिएकै छन्।

22 thoughts on “गर्नुगर्‍यौ बाबुराम उडन्ते वाचा गरेर : काठमाडौँदेखि सगरमाथामुनिसम्म केवल कारको सपना देखाएर”

  1. Dpa says:
    October 30, 2017 at 8:13 pm

    Permanent Head Damage (PHD) मान्छेले गर्ने कामनै तेही हो ।

    Reply
  2. Janak Man Dangol says:
    October 30, 2017 at 9:04 am

    डाक्टर खोप्लांगेले जानेकै गफ दिन हो !

    Reply
  3. हेम says:
    October 29, 2017 at 2:44 pm

    होइन यो केबुलकारको के जरुरत छ र अहिले? बाबुराम किताबी किरो मात्रै रछन् व्यवहारिक ज्ञानको कमी प्रशस्तै छन्।

    Reply
  4. Raj says:
    October 28, 2017 at 8:29 pm

    I will not ride this cable car to EBC. I don’t want to get altitude sickness.

    Reply
  5. raj says:
    October 28, 2017 at 8:01 pm

    प्रचण्ड लाई नेता नमानेर हिंड्याै , उपेन्द्र लाई नेता मान्न तयार भयाै । हिजाे माउवादी कङ्रेस सङ मिलेर सरकार जान्दा उछित्ताे काट्याै । आज आफै उसै सङ मिल्यौ। अस्ति सभगृहमा वर्खर हात उठाएर लाल् सलम गर्यो,आज जय नेपाल तिर ,। जनताले कसरी पत्याउने ? तिम्रो सरकार चै कहिले बन्छ र घोषणा पत्र लागु गर्छौ ?कतै यो सब दक्षिण को आदेश मा त होइन?

    Reply
  6. Shambhu says:
    October 28, 2017 at 4:31 pm

    कुन्डकुन्ड पानी मुन्डमुन्ड बुद्धि भन्यै यै होला कि ? बाउराम कामरेड !

    Reply
  7. बल बहादुर says:
    October 28, 2017 at 3:42 pm

    भन्नलाई जे भनिदिए पनि भो, सुन्ने भेडा छदैछ| ओलिओकराइसिस भन्ने रोग पनि सरुवा नै रैछ, आँखामै पनि सरेछ|
    हाम्लाई कति हसाउन सकेको हौ?

    Reply
  8. Shankar says:
    October 28, 2017 at 8:10 am

    मुग्लिङ्ग , नारायण गढ़ को सडक मर्मत गर्न थालेको कति भो , तेही त् पुरा गर्न सकेको छैन , अब केवल कार को कुरा गरेर किन जोक्कर बन्छौ?

    Reply
  9. Sharada Sharma says:
    October 28, 2017 at 7:04 am

    आफ्ना जिल्ला बासी हरु भूकम्प को मार मा पर्दा गम्छा काध मा राखेर अन्तै हिडने ब्यक्ती ऐले फेरी गोर्खा बाट चुनाब मा उठने रे बिचारा गोर्खा बासी ।

    Reply
  10. नवीन says:
    October 28, 2017 at 4:10 am

    केवल कार मात्रै किन ? हिसिलाका परिवारजन लाई धनी बनाए सर्वहारा बाबुराम उर्फ मारु बाबु ले

    पानीजहाज र गैंडा पुराण बके ओली ले

    सगरमाथा चढे कि के चढे कुन्नि छविलाल को छोटा राजकुमार छोरा ले तर हिमाल बाट तल ओर्लंदा त अर्काकी श्रीमती पो साथ मा व्यभिचार गरेका रहेछन

    अब हत्यारा छविलाल को त कुरै नगरौं / मुखमा जे आयो त्यही लततत भततत पसारी हाल्ने / के खाएको मुख हो कुन्नि , इनको मुखबाट पसारिंदा वरिपरी शौचालय जस्तो पो गन्ध आउने

    यसतै रहेछ अ अ अ यहाँको चलन

    घिचने लाई मासु अ अ अ

    थिचिने लाई क्यै न क्यै अ अ अ

    हत्यारा र खाओवादी को कसलाई गुनासो

    Reply
  11. Khodanath Chapagain says:
    October 28, 2017 at 3:13 am

    विश्वको सबैभन्दा लामो केबल कार नै सात किलोमिटर रहेछ; http://www.cnn.com/travel/article/most-thrilling-cable-cars/index.html

    Reply
  12. Mishra Bharat says:
    October 27, 2017 at 8:48 pm

    प्रतेक घर घरमा केबल कार toilet to kitchen मलाइ प्रधानमन्त्री मात्र हुन दिनुस न।

    Reply
  13. Niraj says:
    October 28, 2017 at 2:21 am

    काठमाण्डु केन्द्रित भयो योजना चाहि । तर कुनै सुगम र मनोरम region जुन base camp वाट नजिक छ, त्यहा बाट केबलकार राम्रो idea होला । मैले देख्या नेपालको लागि प्रमुख स्रोत/सम्पदा पर्यटन पनि हो ( जलस्रोत पछाडि )। र केबलकार is not a bad idea.

    Reply
  14. Eka Raj Agasti says:
    October 27, 2017 at 8:08 pm

    बाबुराम धर्मकर्म मा बिस्वास नगर्ने भौतिकबादि परे र मात्रै, नत्र 81 प्रतिशत हिन्दु र थोर बहुत मुस्लिम पनि बसोबास गर्ने देश, पर्यटन को पनि तेत्तिक्कै सम्भाबना बोकेको, एक अरब हिन्दु र पचास करोड भन्दा बढि मुस्लिम छिमेक मै भएको र ती सबैले हिन्दुले चन्द्र देवता भन्दै पुजा गर्छन, मुस्लिम को त चन्द्रमा उनिहरुको धर्मको मुख्य चिन्ह नै हो क्यार, ती सबै लाई पशुपति नाथ को मन्दिर अगाडि बाट केबल कार चढाएर चन्द्र्मा सम्म पुर्याउने योजना छ भनेर चै कसो लेखेनछन नि!

    Reply
  15. Avi Magar says:
    October 27, 2017 at 8:02 pm

    Hahah bachchalai mithai ko lalach hahah PhD ko Vision ko kamaAl haripai rahex vaisi paler…hehe

    Reply
  16. संजय गुरुङ says:
    October 27, 2017 at 7:05 pm

    Kura mattra haina baburam jee garera dekhaunu janata sab hajurko paxi xau

    Reply
  17. Yogesh Thapaliya says:
    October 27, 2017 at 6:58 pm

    WAIYAT…………. GARNE KAM MATRA VANNU NI.. .. JE PANI BOLNE

    Reply
  18. Chhantyal SaNu says:
    October 27, 2017 at 6:52 pm

    Bidhdha sindar shakya lai jitne bhaye gaf garnu ma !

    Reply
  19. Naba Lamichhane says:
    October 27, 2017 at 6:52 pm

    किन उडाउन परो बाबुराम लाई गर्नी भने असम्भव के छ र ?

    Reply
    1. bijay says:
      October 28, 2017 at 4:15 am

      गर्ने हो भने जे पनि सम्भब छ ..तर चाहिने कुरा हो र त्यो ?? अनि मान्छेहरु लाइ उल्लु बनौन खोज्नुको पनि यौटा हद हुञ्छ नि ..
      त्यसो जति सुकै चुनाब भए पनि जितेर प्रधान मन्त्रि हुने कि देउबा..प्रचण्ड..ओली..वा त्यै बबुरा हुन् क्यारे..अनि फेरी अर्को गिनिस रेकर्ड राख्ने जम्बो मन्त्रि मण्डल

      त्यसैले जे भने पनि हुन्छ ..त्यस्तै परे साँझ तिर भट्टीमा चिरेर रक्सीको सुरमा बनाए पनि हुञ्छ एस्तो घोसना पत्र

      Reply
  20. Gambhir Ghimire says:
    October 27, 2017 at 6:47 pm

    PHD …त्यसै गरेको हैन नी ।त्यति त भन्नै पर्यो नी

    Reply
  21. Deepak Paudel says:
    October 27, 2017 at 6:43 pm

    काठमान्डु बाट कतार केबलकार पनि थपे हुने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme