Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यति खोज्न जाने अमेरिकीलाई दूतावासले स्मरण गराएको तीन नियम, ५८ वर्ष पुरानो कागजात

Posted on October 27, 2017 by Salokya


अहिले उति कुरा हुँदैन। त्यतिबेला यतिको कुरा खुब हुन्थ्यो। यति अर्थात् हिम मानव। यति छ कि छैन भन्ने बारेमा ठूलै बहस भएको छ। ५८ वर्षअघि पनि यति खोज्न निकै चासो हुन्थ्यो।

त्यतिबेला यति खोज्न नेपाल आउने माउन्टेनियरिङ र साइन्टिफिक एक्सपिडिसनका लागि नेपाल सरकारले तीन वटा नियम राखेको थियो। सन् १९५९ को नोभेम्बर ३० तारिखमा काठमाडौँस्थित अमेरिकी दूतावासले
यति खोज्न नेपाल आउनेहरुलाई यो स्मरण गराउँदै अमेरिकाको विदेश मन्त्रालयलाई लेखेको पत्र अहिले सार्वजनिक गरिएको छ। के थियो त नियम?

नियम रोचक छ।

पहिलो नियममा यति खोज्नका लागि अनुमति लिन ५ हजार भारु रोयल्टी श्री ५ को सरकारलाई तिर्नुपर्ने उल्लेख छ।

दोस्रो नियममा यदि यति भेटियो भने फोटो खिच्न वा जिउँदै समात्न पाइने तर मार्न र गोली हान्न नपाइने उल्लेख छ। अपवादका रुपमा आत्मरक्षाका लागि आपतकालीन अवस्था छुट्टै। फोटो खिचेको भए वा जिउँदै वा मारेर समातेको भए त्यसलाई तु नेपाल सरकारलाई बुझाउनु पर्ने पनि उल्लेख छ।

तेस्रो नियममा यति छ भन्ने कुनै प्रमाण भेटिए पाउने बित्तिकै नेपाल सरकारलाई बुझाउनु पर्ने उल्लेख छ। नेपाल सरकारको अनुमति बिना प्रेस वा पत्रकारलाई यो सूचना दिन नहुने पनि उल्लेख छ।

2 thoughts on “यति खोज्न जाने अमेरिकीलाई दूतावासले स्मरण गराएको तीन नियम, ५८ वर्ष पुरानो कागजात”

  1. नवीन says:
    October 29, 2017 at 7:05 am

    १९५९ मा कांग्रेसी राज थियो / आजका खाओवादी जसरी दक्षिण मा लुकेर दस बर्स सम्म नेपालमा हत्या र आतंक मचाउदै दक्षिणी प्रभुको पाऊमा लम्पसार परेर दासता देखाउँछन त्यसै गरी कांग्रेस ले पनि त्यसै हिजो गर्थे र आज पनि गर्छन / पाए त देश नै प्रभु लाई हस्तान्तरण गर्छन इ नेता भनाउदा ले /

    Reply
  2. pradip says:
    October 27, 2017 at 2:02 pm

    किन भारतीय रुपैयामा भनेर नियम राखियो? के तेतिबेला नेपाली रुपैयाको कारोबार सुरु भएको थिएन र ???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme