Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडियाले बनाएका गृहमन्त्री र परराष्ट्रमन्त्री

Posted on October 26, 2017 by Salokya


मिडियाको कुरा पत्याउने हो भने कात्तिक ७ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिसके। अनि गृह मन्त्रालयको जिम्मा मोहनबहादुर बस्नेत र परराष्ट्र मन्त्रालयको जिम्मा ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइसके। एउटा मात्र हैन, अनेक मिडियाले लेखेको समाचार हो यो। एउटा झुठ पनि अनेक पटक गरेपछि सत्य जस्तो लाग्छ। यहाँ त मिडियाकै कुरा पर्‍यो। कात्तिक ७ गते यस्तो समाचार आए पनि आज कात्तिक ९ गते भइसक्दा पनि देउवाले गृह र परराष्ट्र मन्त्रालय आफैसित राखेका छन्। प्रधानमन्त्री देउवाका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारसित आज दिउँसो बुझ्दा उनले भने, ‘सब फेक न्युज हुन्। कसैलाई गृह र परराष्ट्रको जिम्मेवारी दिइएको पनि छैन र दिने तयारी पनि छैन।’ अर्थात् गृहमन्त्री र परराष्ट्र मन्त्री मिडियाले आफै बनाएका रहेछन्। अचम्म त के छ भने, समाचार झुटो भइसक्दा पनि न सच्याउनु पर्छ भन्ने लागेको छ मिडियालाई, न साँचो कुरा के हो भनेर बताउनै पर्ने भएको छ। हेरौँ मिडियाले बनाएका गृहमन्त्री र परराष्ट्र मन्त्रीको नमूना।







यी त केही नमूना मात्र हुन्। अरु पनि धेरै मिडियाले यसैगरी गृहमन्त्री र परराष्ट्र मन्त्री बनाइदिएका छन्।

अहिले फेरि अर्को हल्ला चलेको छ- गगन थापालाई नेपाली कांग्रेसले प्रवक्ता बनायो भनेर। कतै पनि आधिकारिक रुपमा नआएको र गगन थापा स्वयंले पनि हो भनेर नभनिसकेको यो कुरा पनि मिडियाले आफै घोषणा गरेको हो। गजब छ। यस्तै चलिरहेको छ।

3 thoughts on “मिडियाले बनाएका गृहमन्त्री र परराष्ट्रमन्त्री”

  1. Lok Raj Senehang says:
    October 27, 2017 at 7:00 am

    एस्ता लाई चाहिँ cyber law कानुन छैन कि!?? रास्ट्रपतिको बारेमा लेख्ने फेसबुके साथीहरूको लागि मात्र cyber law लाग्ने हो नेपालमा!!!???

    Reply
  2. Bhuwan Tripathee says:
    October 27, 2017 at 3:06 am

    नेपाल हल्लैहल्लाको देश हो भन्ने कुराको पुष्टि हुन्छ … नेपालको पत्रकारिताको हालत कस्तो छ भन्ने बुझिन्छ ।।। खुरापातीहरूको जमघट ….

    Reply
  3. Ishwar Pyakurel says:
    October 26, 2017 at 5:23 pm

    New of Nepal, where and who does sensor !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme