सरकारी अफिसहरु हैरान हुने गरी ‘माग्नेहरु’बाट सताइँदा रहेछन्। केही दिनअघि एउटा कामले नापी कार्यालय पुग्दा त्यहाँको सूचना पाटीमा यस्तो एउटा सूचना रहेछ।
आर्थिक सहयोग र विज्ञापनका कुरा त सुनिएकै थियो। इन्धन अर्थात् पेट्रोल, डिजेल माग्नेहरु पनि हुँदा रहेछन्। नापी कार्यालय आयल निगम हैन। आयल निगमै भए पनि सित्तैमा पेट्रोल डिजेल दिने कुरा आउँदैन। तर यस्तो कार्यालयमा पनि इन्धनको कूपन मागेर हैरान गर्नेहरु हुँदा रहेछन्। त्यही भएर सूचना नै टाँस्नुपर्यो।
यो सूचना देखेपछि माग्नेहरु कम भए कि भएनन् होला त?
भिखारी त तिनै कर्मचारीहरु हुन् नी, कुरा बुझ्नु भएन!
यो ईन्धन चाॅही गाडी वाला भिखारीहरूको लागि हो ।