Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनको लफडा : डोल्माको नाममा उठेको ३२ लाख रुपैयाँ अझै दिइएन

Posted on October 24, 2017October 24, 2017 by Salokya


१० वर्षअघि एक फिलिपिनो युवतीको कुवेतमा हत्या भयो। आरोप लाग्यो नेपाली युवती डोल्मा शेर्पा माथि। त्यहाँको अदालतले डोल्मालाई मृत्युदण्ड सुनायो। त्यहाँको कानुन अनुसार पीडितले ब्लडमनी पाएमा आरोपीलाई माफ गर्न सक्छ। अर्थात् मृत्युदण्डबाट नेपाली युवती जोगिन सक्छ। यही आधारमा ब्लडमनी जुटाउन संसारभरबाट रकम उठाउन थालियो। यसका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नै पहल गर्‍यो। ‘डोल्मा शेर्पा बचाउ अभियान’ नाममा एनआरएनकै पहलपछि थुप्रै रकम जम्मा भयो। ५० लाख रुपैयाँ जति उठेको अनुमान मिडियामा आएको छ। तर हिसाब पारदर्शी भएन। ब्लड–मनी, वकिल खर्चसहितमा लागेको हिसाब कटाएर पनि झन्डै ३२ लाख रुपैयाँ बाँकी रहेको भनी एनआरएनकै भित्रियाहरुले कुरा खुस्काए पनि जानकारी दिने कोही भएन। डोल्माका नाममा उठेको पैसा एनआरएनको कल्याणकारी कोषमा राखिएको भनिन्थ्यो। पछि आएर आधिकारिक रुपमा थाहा भयो, पैसा सानिमा बैंकमा राखिएको रहेछ। त्यो पनि १० बर्षदेखि ब्याजको हिसाबकिताबै छैन।

गएको असोज २८ देखि काठमाडौंमा भएको एनआरएनको आठौं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा डोल्माका नाममा उठेको रकम उनलाई हस्तान्तरण गर्ने गरी निर्णय हुँदै गरेको जानकारी एनआरएनका तत्कालीन अध्यक्ष शेष घलेले कान्तिपुरलाई पत्र लेख्दै भनेका थिए। घलेले पाँच तथ्य जानकारी गराएका थिए-

१. सन् २०१० जनवरी ३१ तारिखसम्म सो खातामा ३१ लाख ४९ हजार ७ सय ४१ रुपैयाँ रहेको देखिन्छ । त्यसयता सो रकमले आर्जन गरेको ब्याज हिसाव गर्न बाँकी छ ।
२. संकलित रकममध्ये ब्लड मनीका लागि ३ लाख र १० लाख परराष्ट्र मन्त्रालयलाई दुई वटा चेक काटिएकोमा एउटा तीन लाखको सटही गरिएको तर १० लाख चेक मन्त्रालयले सटही नगरेका कारण रकम खातामै रहेको ।
३. डोल्माको छोराका नाममा तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको ।
४. बाँकी रहेको ३१ लाख ४९ हजार ७ सय ४१ रुपैयाँ एनआरएनको इमर्जेन्सी रिलिफ फण्डमा ट्रान्सफर गरिएको र सो रकम संघको सानिमा बैंकस्थित खातामा सुरक्षित रहेको छ ।
५. सो रकमले आर्जन गरेको ब्याजसमेत जोडेर हुन आउने रकम आगामी बिश्व सम्मेलनमा डोल्मा शेर्पालाई हस्तान्तरण गर्नेगरी अन्तराष्ट्रिय समन्वय परिषद्ले चाँडै निर्णय गर्ने जानकारी गराउँछु ।

आठौँ सम्मेलनबाट पदाधिकारीहरु निर्वाचित भएको समाचार आयो। तर अहँ, डोल्मा शेर्पालाई रकम हस्तान्तरण गरेको समाचार कतै पनि आएन। अहँ, आउँदै आएन। किन त ?

एनआरएनको अाइसीसी मिटिङ बस्नै सकेन। पदाधिकारीको मिटिङमा यो विषयमा कुरै मिल्न सकेन। झण्डै ३२ लाख रुपैयाँ एनआरएनकै नाममा ब्याज जम्मा हुँदै बसेको बस्यै छ। कसैको नाममा रकम उठाउने र त्यसपछि हिसाबै दिन नपर्ने यो काइदा गजबको छ। एनआरएनकै पारा यस्तो छ भने अरु ऐरे गैरै नत्थु खैरे संस्थाहरुले जेसुकै नाममा उठाउने चन्दा र सहयोगको हालत के होला, आफै विचार गर्नुस् अब।

15 thoughts on “एनआरएनको लफडा : डोल्माको नाममा उठेको ३२ लाख रुपैयाँ अझै दिइएन”

  1. MaheshS says:
    October 26, 2017 at 8:25 pm

    त्यो पैसा डोल्मा को ज्यान जोगाउन संकलन गरियको हो, उहाको घर ब्यबहार चलाउन होइन। ज्यान जोगी हाल्यो, अब बाक़ी पैसा त्यस्तै आपत परेका नेपाली नागरिक लाई सहयोग को निम्ति प्रयोग हुनुपर्छ।

    Reply
  2. Sunil, London says:
    October 26, 2017 at 6:35 pm

    संखुवासभा तिर का एक जना अनिश खालिंग राई, भन्नेलाई पनि मृत्युदण्ड तोकिएको थियो र ब्लड मनीको लागि चाहिने भन्दा बढी पैसा उठाइएको थियो , हाल उ सजाय बाट मुक्त भएर नेपाल फर्की सकेको र बढी भएको पैसा कुनै संस्था का लागि भनेर आफ्नै बैंक खातामा राखेर ब्याज खाइरहेको कुरो नेपाली पत्रिकाहरुमा पढेको थिए , यस्ता मान्छेहरुलाई बचाउन हामी जस्ता ले कतिपटक पैसा दिनुपर्ने हो ? ज्यान बच्नु नै ठुलो कुरा हैन र , अझै उनीहरुलाई जीविकोपार्जन गर्ने पैसा पनि हामीले नै दिनु पर्ने ?मृत्युदण्ड पाउदा रोइकराई गर्छन तर नेपाल फर्केपछि उनीहरुकै स्वर ठुलो हुन्छ !

    Reply
  3. SUSHIL says:
    October 25, 2017 at 8:22 pm

    काठमाडौँमा जाँड र भात खाने पैसा त सरकार संग माग्ने मगन्ते संस्थाले तेत्रो पैसा तेसै छोड्ला र?

    Reply
  4. Kamal Dhakal says:
    October 25, 2017 at 10:03 am

    सहयोग कि सहयोगको नाम फोटो दुख पिडाका कथाहरु बिमोचन गराइ थकाइ लागुन्जेल बकाइ सहयोगीहरुका सह + योग = ३२ करोड रकम पिडितलाई यो करोडको सहयोग कि अरु थप कोटि पीडा सायद अब उनिले के गर्लिन र सहयोगमा पनि राजनितिको आशा ,,,सोझा साधा सिधा भुक्तभोगीले बुझ्दैनन टर्दै टार्दै लगिएको जस्तो भाषा ,,,,कि कसो त पासा ,,,,? आउदादिनहरुमा एस्ता सहयोग रासी चिस्याएर राख्दै बाशी नगरौ होला आशा ,, भन्छु म त यि धासा आफ्नो उमेरले काट्दै छ नेटो के को झण्झट हो या कानुनी लेठो सहयोगीका हातहरु एति छिटै लम्किन्छन कि दुनियाँमै एसमानेमा नेपाली जेठो तर काम गराइमा भने लाग्छ अल्लारे केटो ,,!

    Reply
  5. Gopi Sharma says:
    October 25, 2017 at 8:05 am

    लुटेरा हरु को मन्परी भएको ब्यबस्था गणतन्त्र ! उन्लाइ फाँसी बाट बचाउन को लागि नेपाली बालक देखि बृद्ध ड्राइबर देखि कलाकार हरु ले हात थाप्दै डोल्मा बचाउँ अभियान गरेर जम्मा गरेको पैसा लुटेरा पार्टी लाई चुनाब खर्छ दिएको छ यो स्पस्ट भै सकेको छ

    Reply
  6. Amit Karki says:
    October 25, 2017 at 7:54 am

    कुवेतमा १० वर्ष आजीवन कारावास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसिरहेकी छन् । तर उनको नाममा उठाइएको लाखौं रकम कहाँ छ, कसैलाई थाहा छैन ।

    फिलपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुनअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्माको सजाय ‘ब्लडमनी’ बुझाएर आजीवन कारावासमा झारिएको थियो । दस वर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि राजधानी फर्किएकी हुन् ।

    डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाइएपछि ‘डोल्मा शेर्पा बचाऊ अभियान’ भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । अहिले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौं रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । ‘डोल्माले कुवेतको जेलबाट छुटकारा पाउने भएपछि हामीले पनि उनका नाममा गैरआवासीय नेपाली संघबाट उठेको रकमको खोजबिन गर्‍यौं,’ गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियाको लेगोसबाट कान्तिपुरसँग भने, ‘उनका नाममा उठेको झन्डै ३२ लाख रुपैयाँ अहिले पनि संघको कल्याणकारी शाखामा छ । यो रकम संघको काठमाडौं केन्द्रीय कार्यालयबाट प्रक्रिया पुर्‍याएर डोल्माले लिन सक्नेछिन् ।’

    थापाका अनुसार डोल्मा बचाउ अभियानअन्तर्गत २००८ को सुरुआतदेखि उठेको अन्तर्राष्ट्रिय सहयोगबाट त्यही वर्ष अप्रिलमा १ हजार डलर (१ लाख रुपैयाँ) ‘साउदी एकाउन्ट’ मा प्रत्यक्ष डिपोजिट गरिएको देखाए पनि यो एकाउन्ट कहाँ, कसको नाममा छ, स्पष्ट हुन सकेको छैन । साउदी अरेबियाको रियादस्थित दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको जनाए पनि संकलित कुनै रकम दूतावासको खातामा देखिन्न ।

    Reply
  7. किरण (देशभक्त) says:
    October 25, 2017 at 12:14 pm

    यो पैसा हामी नेपाली NRN ले , डोल्मा जिबन-बाचाउन दिएको हो। उनको जीवन बचेँको छ, अझै उनिलाई फेरी “पैसा को लोभ” पो जागेछ। हामी हरुले उनको ज्यान , मृत्‍यु-सैया बाट जोगाइ दिएको मा धन्यवाद छैन, उल्टो “पैसा को लोभ” ????!!!!!
    जुन हामीहरुले उठाएको पैसा बाँकी छ अर्को, “आपत्-बिपत को लागि कोष”, मा राखिनु पर्छ।
    “यो पैसा उनको कदापी होइन। यो पैसा हामी हरुको हो।। कृपया यो पैसा हामीहरुले, कुनै “डोल्मा” को जस्तै आपत को बेलामा सदुपयोग गर्नु पर्छ। “

    Reply
  8. bibek says:
    October 25, 2017 at 7:58 am

    She was accused of murder and she already had been rescued from death penalty. Now, i dont understand why that 32 lakhs should be given to her? She doesn’t deserve 32 lakhs just for killing someone else. Let her work and earn that much money on her own hard works. If that money is used for earthquake victims or any other good reasons that makes sense.

    Reply
    1. Aakash says:
      October 25, 2017 at 9:06 pm

      I agree with bibek ji.
      I don’t understand why we are collecting peoples’ hard earned money to rescue a murderer (proven guilty by the court). Such amount of money can be utilised in many ways to benefit a lot of needy people.

      Reply
    2. Sam grg says:
      October 26, 2017 at 6:34 am

      Tapai aafaiharu milera khau bt kasai ko dukha dekhayera paisa feri collection Nagara??????
      Jai hos…

      Reply
  9. Deepak Subedi says:
    October 25, 2017 at 12:25 am

    Nothing new.. we are used to of these things in NRNA

    Reply
  10. Ngawang Nima Sherpa says:
    October 24, 2017 at 9:16 pm

    करप्टेड हरू को संगठन हो एन आर ऐन ए .

    Reply
  11. Gita Poudel says:
    October 24, 2017 at 7:57 pm

    Name matra nrn ho hajur yestai cachhh

    Reply
  12. Yam Bahadur Pun says:
    October 24, 2017 at 6:16 pm

    अदालत मा रिट हलौ। कसैको नाउँ मा पैसा उठाएर ऐसा गर्नु पाईन्छ?

    Reply
  13. Roshan Karki says:
    October 24, 2017 at 5:14 pm

    त्यो रकम NRN का आफ्न्त हरुको तिज दशै आदि कर्यक्रम मा खर्च हुन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme