Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवा मन्त्रिपरिषद्को अर्को रेकर्ड : १७ मन्त्री बिना विभागीय, मन्त्री नचिन्दा एक जना जोगिइन्

Posted on October 17, 2017October 17, 2017 by Salokya

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले आज अर्को रेकर्ड राखेको छ। यसअघि नै ६४ जनाको मन्त्रिपरिषद् बनाएर कीर्तिमान राखिसकेका देउवाले माओवादी मन्त्रीहरुको खोस्दा अर्को कीर्तिमान बन्न पुगेको हो। माओवादीका सब मन्त्रीहरु जिम्मेवारीविहीन हुँदा यो मन्त्रिपरिषद्‍मा कूल १७ जना मन्त्री बिना विभागीय भएका छन्। खासमा चाहिँ १८ जना हुनुपर्ने थियो। तर देउवाले मन्त्रीको भिडमा माओवादी मन्त्री नचिन्दा एक जना बिना विभागीय हुनबाट जोगिएकी हुन्। देउवाको नजरमा नपरेकी मन्त्री हुन् जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरी। उनी नेकपा संयुक्तबाट मन्त्री बनेकी हुन्। नेकपा संयुक्त असोज २५ गते माओवादी केन्द्रमा समाहित भइसकेको छ। यसको अर्थ उनी पनि अहिले माओवादी मन्त्री नै हुन्। तर उनको मन्त्रालय खोसिएन।

हाल बिना विभागीय भएकाहरुको सूची यस्तो छ। नेपालको इतिहासमा अहिलेसम्म यति धेरै मन्त्री बिना विभागीय भएका थिएनन्-

उपप्रधानमन्त्री
कृष्णबहादुर महरा बिना विभागीय

मन्त्रीहरु
गिरिराजमणि पोखरेल बिना विभागीय
जनार्दन शर्मा बिना विभागीय
टेकबहादुर बस्नेत बिना विभागीय
शिवकुमार मण्डल केवट बिना विभागीय
महेन्द्रबहादुर शाही बिना विभागीय
आशा कोइराला बिना विभागीय
सन्तकुमार थारु बिना विभागीय

राज्यमन्त्रीहरु

मोहम्मद जाकिर हुसेन बिना विभागीय
रामसिंह यादव बिना विभागीय
श्यामकुमार श्रेष्ठ बिना विभागीय
शम्भुलाल श्रेष्ठ बिना विभागीय
कर्णबहादुर बि.क. बिना विभागीय
छमबहादुर गुरुङ बिना विभागीय
गोमा कुवर बिना विभागीय
वाङदी शेर्पा बिना विभागीय

अझ रमाइलो त के छ भने ९ मन्त्री र ८ राज्यमन्त्रीहरु बिना विभागीय भए पनि प्रधानमन्त्रीसित गृह र परराष्ट्रका अतिरिक्त पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुननिर्माण र सामान्य प्रशासन मन्त्रालय गरी ६ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ।

यो ऐतिहासिक मन्त्रिपरिषद्को वरियता क्रमसहितको सूची हेरौँ न त फेरि एक पटक-

प्रधानमन्त्री
१ शेरबहादुर देउवा गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुननिर्माण र सामान्य प्रशासन

उपप्रधानमन्त्री
२ विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ कमल थापा ऊर्जा
४ कृष्णबहादुर महरा बिना विभागीय
५ गोपालमान श्रेष्ठ शिक्षा

मन्त्री
६ गिरिराजमणि पोखरेल बिना विभागीय
७ ज्ञानेन्द्रबहादुर कार्की अर्थ
८ फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
९ जनार्दन शर्मा बिना विभागीय
१० दीपक बोहरा स्वास्थ्य
११ प्रभु शाह बिना विभागीय
१२ सुनिलबहादुर थापा उद्योग
१३ जयन्त चन्द आपूर्ति
१४ बिक्रम पाण्डे वन तथा भू-संरक्षण
१५ दिलनाथ गिरी सहरी विकास
१६ जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७ गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१८ मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१९ रामकृष्ण यादव कृषि विकास
२० महेन्द्र यादव खानेपानी तथा सरसफाई
२१ अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
२२ वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
२३ मीनबहादुर विश्वकर्मा वाणिज्य
२४ यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
२५ भीमसेनदास प्रधान रक्षा
२६ सञ्जयकुमार गौतम सिँचाइ
२७ राजेन्द्रकुमार के.सी. युवा तथा खेलकुद
२८ टेकबहादुर बस्नेत बिना विभागीय
२९ शिवकुमार मण्डल केवट बिना विभागीय
३० महेन्द्रबहादुर शाही बिना विभागीय
३१ आशा कोइराला बिना विभागीय
३२ सन्तकुमार थारु बिना विभागीय
३३ मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण
३४ विक्रमबहादुर थापा महिला बालबालिका तथा समाजकल्याण

राज्यमन्त्री
३५ कुन्तीकुमारी शाही सहरी विकास
३६ मोहम्मद जाकिर हुसेन बिना विभागीय
३७ रामसिंह यादव बिना विभागीय
३८ श्यामकुमार श्रेष्ठ बिना विभागीय
३९ शम्भुलाल श्रेष्ठ बिना विभागीय
४० कर्णबहादुर बि.क. बिना विभागीय
४१ छमबहादुर गुरुङ बिना विभागीय
४२ गोमा कुवर बिना विभागीय
४३ वाङदी शेर्पा बिना विभागीय
४४ सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात
४५ सरिता प्रसाई कृषि विकास
४६ शेषनाथ अधिकारी शिक्षा
४७ नरबहादुर चन्द वाणिज्य
४८ अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई
४९ तप्तबहादुर विष्ट सूचना तथा सञ्चार
५० अमरसिंह पुन सिँचाइ
५१ दिलमान पाख्निन कानुन, न्याय, तथा संसदीय मामिला
५२ उदयशम्सेर राणा अर्थ
५३ डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार
५४ तेजुलाल चौधरी युवा तथा खेलकुद
५५ चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण
५६ जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास
५७ सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
५८ यसोदा कुमारी लामा भूमिसुधार तथा व्यवस्था
५९ रेशम लामा उद्योग
६० विराज विष्ट विज्ञान तथा प्रविधि
६१ कमला देवी शर्मा वन तथा भू-संरक्षण
६२ भाष्कर भद्रा ऊर्जा
६३ शुशीलकुमार श्रेष्ठ आपूर्ति
६४ कान्ता भट्टराई महिला बालबालिका तथा समाजकल्याण

4 thoughts on “देउवा मन्त्रिपरिषद्को अर्को रेकर्ड : १७ मन्त्री बिना विभागीय, मन्त्री नचिन्दा एक जना जोगिइन्”

  1. Shankar says:
    October 18, 2017 at 2:31 pm

    एत्रा बिधि जुका ले चुस्दा देश मा अब के बाँकी रहला ?

    Reply
  2. Navaraj Pandey says:
    October 18, 2017 at 2:27 am

    Nice joke

    Reply
  3. Rajendra Tamrakar says:
    October 17, 2017 at 7:16 pm

    Dhanya. Mero desh

    Reply
  4. Tarak Kisor Thapa says:
    October 17, 2017 at 6:19 pm

    Yo k ho mantiri nai nachhine Pardanmantari hami jasto lai ta Nepali vanna saram lagne banaisake yaso padeka vanauda bujekale ta k k vanlan bidesi le

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme