Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सीमा, सुनिमाया, हिमा, टंकमाया, सन्तोष वा भरतको नाममा फेसबुकमा कसैले मेसेज पठाएको छ? सावधान !

Posted on October 16, 2017 by Salokya

भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्की।

के तपाईँलाई यी नामबाट फोनमा वा फेसबुकमार्फत् सम्पर्क गरेको छ? सम्पर्क गरेर तपाईँलाई पार्सल परेको छ भनी रकम पठाउन लगाएको छ?

छ भने तपाईँका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को एउटा अनुरोध छ- कृपया तुरुन्त ब्युरोमा सम्पर्क राख्नुस्। ९८५१०१६३१३ सम्पर्कका लागि नम्बर दिइएको छ। खासमा तपाईँलाई जस्तै धेरैलाई रकम पठाउन लगाई ठगी गर्ने एउटा गिरोह फन्दामा परेको छ।

मोरङ उर्लाबारी गा.वि.स. ७ मोरङ घर भई हाल बुढानिलकण्ठ नगरपालिका १० बालुबाखानी बस्ने बर्ष ३६ को पवन न्यौपाने
भोजपुर हतुवाघडी गाउँपालिका ७ घर भई हाल बुढानिलकण्ठ नगरपालिका १० बालुबाखानी बस्ने वर्ष २५ को सन्तोष बस्नेत

यी दुई जनालाई प्रहरीले असोज २७ गते शुक्रबार पक्राउ गरी सोधपूछ गर्दा मुख्य योजनाकार अर्कै भन्ने बुझियो। मुख्य योजनाकार थिए- मोरङ, सुन्दर हरैचा-६ बस्ने वर्ष ४५ का प्रदीप सुब्बा। उनलाई आइतबार काकडभिट्टाबाट पक्राउ गरियो।

यिनीहरुले खासमा गर्ने के रहेछन् भने एउटा बेलायती नागरिकको नाममा फेसबुकमा प्रोफाइल बनाउने। झट्ट हेर्दा विदेशी जस्तो देखिने। अनि त्यो प्रोफाइलबाट नेपालका विभिन्न व्यक्तिहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउने। साथी भइसकेपछि विभिन्न बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाइदिन्छु भन्ने।

नेपालीहरु सित्तैमा सामान आउने भयो भनेर दङ। ठगिन लागेको होसै नहुने।

पार्सल भारतको राजश्व कार्यालयमा रोकिएको र लिनलाई भारत सरकारको नियम अनुसार विभिन्न कर तिर्नु पर्ने भनी आइएमई मार्फत रकम पठाउन लगाउने। रकम पठाए पछि रकम पनि झ्वाम्म। पार्सल त पठाएकै छैन के आउनु।

त्यसरी पठाएको रकम सन्तोष बस्नेत, सिमा गुरुङ , सुनिमाया गुरुङ, भरत कार्की, हिमा माझी र टकमाया कार्की लगायतका मानिसहरुको नागरिकताबाट विभिन्न मितिमा आई.एम.ई. मार्फत रकम भुक्तानी लिई करोडभन्दा बढी ठगी उनीहरुले गरेका रहेछन्।

अहिले सिआइबी अरु कसैलाई पनि त्यसरी नै ठगी गरिएको छ कि भनेर अनुसन्धान गरिरहेको छ। लौ है, तपाईँ पनि ठगीमा परेको भए सम्पर्क गरिहाल्नुस्। दोषीलाई कानुनको कठघरामा पुर्‍याउनुस्। ताकि उनीहरुले अरुलाई ठग्न नपाउन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme