Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जो नेपालमै छैनन्, उसले शपथ कसरी लिन्छ? सबै पत्रिका यसरी चिप्लिए

Posted on October 15, 2017October 15, 2017 by Salokya


चिन्नुभो माथिको फोटोमा को? म्याद सकिएको संसदमा सांसद थिइन् उनी। संसदमा संस्कृत श्लोकसँगै मन्तव्य व्यक्त गर्ने कान्ता भट्टराई राप्रपाकी सांसद थिइन्। उनलाई राप्रपाले राज्यमन्त्रीमा सिफारिश गरे अनुसार प्रधानमन्त्रीले नियुक्त गरेका थिए शुक्रबार नै। राज्यमन्त्रीको शपथ सिंहदरबारमा प्रधानमन्त्रीको सामु हुने गर्छ। मन्त्रीको शपथ भने शितल निवासमा राष्ट्रपति सामु हुने गर्छ। राष्ट्रपतिले निर्वाचन आयोगसित परामर्श गरेपछि शनिबार राति शपथ गराइन्। त्यसलगत्तै प्रधानमन्त्रीले पनि सिंहदरबारमा राज्यमन्त्रीहरुलाई शपथ गराए। कान्ता भट्टराई भने अमेरिकामा भएको कारण शपथ लिन उपस्थित भएनन्। तीन राज्यमन्त्रीले मात्रै शपथ लिए। तर आइतबारका लगभग सबै पत्रिकामा नेपालमै नभएकी कान्ताले पनि शपथ लिएको समाचार छापिएको थियो। हेर्नुस् समाचारहरु।

अन्नपूर्ण पोस्टको समाचार

कान्तिपुरको समाचार

राजधानीको समाचार

नेपाल समाचारपत्रको समाचार

मन्त्री भएको खबर पाएसँगै उनी भोलि नै अमेरिकाबाट फर्कँदै छिन्। फर्किसकेपछि प्रधानमन्त्रीले शपथ खुवाउने छन्। यो शपथको समाचार चाहिँ कसरी यी पत्रिकाहरुले छाप्छन् होला हगि, किनभने आजकै पत्रिकामा नलिएको शपथ लिइसकेको भनेर समाचार जो छापिसकेको छ।

त्यसो त शपथ ग्रहण कार्यक्रमको फोटोमै पनि तीन जना मात्र देखिन्छन्-

बिना विभागीय राज्यमन्त्री कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा शपथ लिँदै। फोटो : रासस

8 thoughts on “जो नेपालमै छैनन्, उसले शपथ कसरी लिन्छ? सबै पत्रिका यसरी चिप्लिए”

  1. Rupesh Acharya says:
    October 16, 2017 at 1:57 pm

    हिजो को दि हिमालयन टाइम्सले प्रष्ट लेखेकै छ । नपत्याए नजिकको पत्रिका पसलमा सम्पर्क राख्नुस्

    Reply
  2. Db Malla says:
    October 16, 2017 at 7:03 am

    सपथ को कुनै मान्य भएपो सपथ खानु

    Reply
  3. Prem Karki says:
    October 16, 2017 at 3:50 am

    सेरेको चर्ती काल।

    Reply
  4. Surendra Malla says:
    October 16, 2017 at 2:25 am

    किन खानु पर्यो सपथ?? सपथ खाए अनुसार काम गर्ने भएपो?

    Reply
  5. GK Tamu says:
    October 16, 2017 at 2:51 am

    हाम्रो देशमा चाहि जनताको “Rights of wrong information” कुन नौलो कुरा भो र!

    Reply
  6. Dil Subba says:
    October 15, 2017 at 7:47 pm

    Nepalko rajnitik sb pagl tati

    Reply
  7. Bhagwan Ghimire says:
    October 15, 2017 at 6:44 pm

    माइ संसार लाइ मात्रै फेरी कसले भनेछ सुटुक्क ?????

    Reply
  8. Keshbir Shrestha says:
    October 15, 2017 at 4:09 pm

    सबै पत्रिकाका सँबाददाताहरुको दृष्ट्रीभ्रम भएछ तर mysansar को चाँहि तगडा रहेछन्

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme